Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतबार, असोज ७, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
आर्थिक पत्रिका
  • Home
  • आर्थिक पत्रिका
  • सरकारका पदाधिकारी र कर्मचारीको भत्तामा मात्र वार्षिक नौ अर्ब खर्च 
सरकारका पदाधिकारी र कर्मचारीको भत्तामा मात्र वार्षिक नौ अर्ब खर्च 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, पुस १, २०७९

काठमाडौं । संघीय सरकारका पदाधिकारी र कर्मचारीको भत्तामा मात्रै एक वर्षमा ढुकुटीबाट झन्डै नौ अर्ब खर्च भएको छ । ०७८/७९ मा उनीहरूले विभिन्न आठ शीर्षकमा आठ अर्ब ९७ करोड २४ लाख ७४ हजार भत्ता बुझेको महालेखानियन्त्रकको कार्यालयको आन्तरिक लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । 

सार्वजनिक खर्च कम गर्ने तथा मितव्ययिता कायम गर्ने सम्बन्धमा सरकारले धेरैपटक नीति, निर्देशिका, मापदण्ड र मार्गदर्शन जारी गर्दै आएको छ । बजेटमार्फत नै पनि मितव्ययी हुने घोषणा सरकारले गर्दै आएको छ । तर, कार्यान्वयन पक्ष भने फितलो छ ।

सबैभन्दा धेरै खर्च महँगी भत्तामा भएको छ । यो शीर्षकमा पाँच अर्ब ५९ करोड ५२ लाख ६१ हजार खर्च भएको छ । सरकारले महँगी भत्ताबापत कर्मचारीलाई मासिक दुई हजार दिन्छ । आव ०७८/७९ मा सरकारले सबै कर्मचारीको तलब मासिक दुई हजारका दरले बढाएको थियो । चालू आवमा पनि सबै कर्मचारीको एकमुस्ट १५ प्रतिशतका दरले तलब वृद्धि गरेको थियो । प्रधानमन्त्री, मन्त्रीदेखि राजनीतिक नियुक्ति लिएकाहरू पदाधिकारीमा पर्छन् । 

अन्य भत्ता शीर्षकमा एक अर्ब ६२ करोड ८६ लाख खर्च भएको देखिन्छ । वैदेशिक भत्तामा ७८ करोड ३७ लाख ९४ हजार खर्च भएको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । स्थानीय भत्तामा ७५ करोड पाँच लाख ३० हजार खर्च भएको छ । पदाधिकारीको बैठक भत्तामा ४८ करोड ६६ लाख र कर्मचारीको बैठक भत्तामा १६ करोड ८१ लाख २२ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, फिल्ड भत्तामा एक करोड ३१ लाख ८६ हजार र पदाधिकारीको अन्य भत्तामा दुई करोड ८१ लाख १४ हजार खर्च भएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

Pay_ru Remit

सार्वजनिक खर्च पुनरावलोकन आयोगका पूर्वअध्यक्ष डा डिल्लीराज खनालले चालू खर्च अकासिनुमा भत्ताको पनि भूमिका रहेको बताउनुभयो । तर, यससम्बन्धी विधि, परिपाटी र प्रक्रियाको अभावले भत्ता वितरण झन् बढ्दै गएको उहाँको विश्लेषण छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त डा गणेशराज जोशीले सबैलाई एकमुस्ट भत्ता दिनु गलत भएको टिप्पणी गर्नुभयो। योगदानका आधारमा मात्रै भत्ता वितरण गर्नुपर्ने उहाँको सुझाव छ । 

प्रतिवेदन अनुसार सरकारी सेवाका कर्मचारीको खाद्यान्नमा १६ अर्ब १८ करोड ८२ लाख ९९ हजार खर्च भएको छ । त्यस्तै, पोसाकमा चार अर्ब २० करोड ८२ लाख ३४ हजार खर्च भएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । औषधि उपचारमा २८ करोड ६० लाख ११ हजार, कर्मचारीको प्रोत्साहन तथा पुरस्कारमा २६ करोड ३४ लाख ३१ हजार, पदाधिकारीको अन्य सुविधामा ३७ करोड १९ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ । 

पदाधिकारीको इन्धन सुविधामा १२ करोड ९६ लाख ३५ हजार खर्च भएको छ । त्यस्तै, भ्रमण खर्चमा दुई अर्ब ३० करोड ५३ लाख ७५ र अन्य भ्रमण खर्च शीर्षकमा पाँच करोड ८८ लाख ४२ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ । 

कार्यक्रम र तालिम शीर्षकअन्तर्गत पनि ठूलो खर्च भएको छ । कार्यक्रम खर्चमा ११ अर्ब ५२ करोड ८७ लाख ९७ हजार, विविध कार्यक्रम खर्चमा पाँच अर्ब २५ करोड ३३ लाख ६६ हजार, सीप विकास, तालिम तथा गोष्ठीअन्तर्गत दुई अर्ब १४ करोड ८४ लाख ५७ हजार र कर्मचारी तालिम खर्चमा ९१ करोड ३६ लाख तीन हजार सकिएको छ । 

प्रतिवेदनमा उल्लेख भएअनुसार अनुगमन मूल्यांकन खर्चमा एक अर्ब १३ करोड ८४ लाख ४१ हजार खर्च भएको छ । सेवा तथा परामर्श खर्च शीर्षकमा एक अर्ब ७४ करोड एक लाख १९ हजार खर्च देखिन्छ । 

गत आर्थिक वर्षमा कर्मचारीको पारिश्रमिकमा एक खर्ब चार अर्ब ५७ करोड २८ लाख २२ हजार र पदाधिकारीको पारिश्रमिकमा एक अर्ब १६ करोड एक लाख ७६ हजार खर्च भएको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । नयाँ पत्रिका दैनिकमा यो समाचार प्रकाशित छ । 


प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक पत्रिका
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा आइतबार, फागुन १४, २०७९
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो 
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो  बिहीबार, माघ १२, २०७९
सुनको भाउ यो वर्षकै उच्च, तोलाको मूल्य १ लाख ५ हजार बढी
सुनको भाउ यो वर्षकै उच्च, तोलाको मूल्य १ लाख ५ हजार बढी मंगलबार, माघ १०, २०७९
गैरआवासीय नेपालीको लगानी बढाउन अनुकुल वातावरण निर्माण गर्न सरकारलाई आग्रह 
गैरआवासीय नेपालीको लगानी बढाउन अनुकुल वातावरण निर्माण गर्न सरकारलाई आग्रह  शनिबार, माघ ७, २०७९
घरजग्गाको कारोबारमा सकरात्मक सुधार, पुस महिनामा तीन अर्ब ७१ करोड रूपैयाँ राजस्व संकलन  
घरजग्गाको कारोबारमा सकरात्मक सुधार, पुस महिनामा तीन अर्ब ७१ करोड रूपैयाँ राजस्व संकलन   बिहीबार, माघ ५, २०७९
आजदेखि इलाम–काठमाडौँ उडान सुरु, कति छ भाडा ? 
आजदेखि इलाम–काठमाडौँ उडान सुरु, कति छ भाडा ?  आइतबार, माघ १, २०७९
आउँदो माघदेखि बैङ्कहरूको ब्याजदर घट्ने 
आउँदो माघदेखि बैङ्कहरूको ब्याजदर घट्ने  बिहीबार, पुस २८, २०७९
आन्तरिक हवाई भाडा दर घट्यो, कुन रुटमा नयाँ भाडादर कति ? 
आन्तरिक हवाई भाडा दर घट्यो, कुन रुटमा नयाँ भाडादर कति ?  सोमबार, पुस २५, २०७९
सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च 
सुनको मूल्य यो वर्षकै सबैभन्दा उच्च  बुधबार, पुस २०, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्