Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतबार, असोज ७, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
सरल विशेष
  • Home
  • सरल विशेष
  • मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, पुस १८, २०७९

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौताविपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । 

पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौताविपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएको छ ।

धर्मशाला सञ्चालन गर्ने सम्झौता भए पनि सेवा समितिले काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिरको जग्गामा होटल, रेस्टुरेन्ट, लजसहितको व्यापार व्यवसाय सञ्चालन गरेको पशुपति क्षेत्र विकास कोषले आरोप लगाएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार विसं २०६० जेठ १२ गते भएको सम्झौताविपरीत सेवा समितिले धर्मशालामा व्यवसाय सञ्चालन गरिरहेको हो । 

सम्झौताअनुसार सेवा समितिले वार्षिक ५१ हजार रुपियाँ कोषलाई बुझाउनुपर्छ । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो । तर समितिले पशुपतिनाथ मन्दिरको जग्गामा ‘मोहियानी हक’ भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गर्दै आएको छ । उल्टै थप संरचना बनाएर सम्पत्ति हत्याएको छ । उहाँले भन्नुभयो, “कोष र मारवाडी सेवा समितिबीच भएको सम्झौताबमोजिम गौशाला धर्मशालाभित्र निर्माण गरिने संरचनाहरूमा कोषको स्वीकृति लिनुपर्ने हुन्छ । तर समितिले नियमको पालना नगरी पक्की संरचना खडा गरी व्यवसाय सञ्चालन गरेको छ ।”

Pay_ru Remit

उहाँले कोषसँगको सम्झौताअनुसार गौशाला धर्मशाला परिसरमा मारवाडी सेवा समितिले पसल सञ्चालन गर्न नपाउने बताउँदै जर्सी गाईपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्न नपाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तर सम्झौताविपरीत गौशालाभित्रै अस्पताल सञ्चालन गरेपछि हामीले जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाएका हौँ ।”

मारवाडी सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले मानवीय सेवाकै लागि धर्मशाला प्रयोग भइरहेको दाबी गर्नुभएको छ । 

विसं २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी र मारवाडी सेवा समितिबीच नौ बुँदे सम्झौता भएको थियो । सम्झौतापत्रमा अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिव भगवान् अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतापत्रमा पशुपतिनाथ अमालकोट कचहरीको नाममा मालपोत कार्यालयमा दर्ता स्रेस्ता कायम भइरहेको साबिक पशुपति वडा नं २ (क) कि नं ८३ को ४–१५–२–० र सोही स्थानको कि।नं। ८५ को ४–१०–०–० क्षेत्रफल जग्गा दुवै कित्तामा गौशाला धर्मशालाको उद्देश्यअनुसार सेवा समितिले आफैँले वा आफूअन्तर्गतको सञ्चालक समितिमार्फत साबिकबमोजिम गौशाला धर्मशालाका नामबाट पूर्ण जिम्मेवारी लिएर सञ्चालन गर्ने उल्लेख छ ।

गौशाला धर्मशाला सञ्चालित कित्ता नं ८३ र ८५ पशुपति गुठीको जग्गा तथा सो जग्गामा बनेका धर्मशालासमेतका स्थायी संरचना कुनै व्यक्तिको निजी सम्पत्ति नहुने, बेचबिखन, दानदातव्य आदि गैह्र हक छाडा गर्न नपाइने उल्लेख छ । साथै निषेध गरिएका मांस, मदिरा आदि बिक्रीवितरणका पसल राख्न नपाउने र गौशाला धर्मशाला सञ्चालन गरेबापत निर्धारित गरेको भू–बहाल गौशाला धर्मशालाकै नामबाट तिर्नुपर्ने सम्झौतामा उल्लेख छ । साथै गौशाला धर्मशाला आफ्नो उद्देश्यअनुसार सञ्चालन हुनुपर्ने र सञ्चालन नभई बन्द भएमा गौशाला धर्मशालाको सम्पूर्ण भौतिक संरचना जग्गाधनी पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीको हुनेछ भनिएको छ । गौशाला धर्मशाला सञ्चालन गर्दा प्रचलित ऐन, नियम तथा स्वीकृत मापदण्डविपरीत कार्य सेवा समितिले नगर्ने उल्लेख रहेको समाचार गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

सम्झौतापत्रमा सेवा समितिले वार्षिक ५१ हजार रुपियाँ तिर्ने र रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने, श्री पशुपतिनाथमा पर्वपर्वमा छाडिएका साँढेहरूलाई परम्पराअनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने र गौशाला धर्मशालाको तल्ला थप तथा अन्य निर्माण सम्बन्धमा संरक्षित क्षेत्रमा तोकिएको मापदण्ड अनुकूल हुने गरी मात्र निर्माण गर्नुपर्ने भनिएको छ । सम्झौतापत्रमा उल्लेखित कुराहरू सेवा समितिले उल्लङ्घन गरेमा अमालकोट कचहरीले छुट्टै व्यवस्था गर्न सक्ने र दुवै पक्षको पूर्ण सहमतिमा यो सम्झौता कुनै पनि बेला रद्द गर्न सकिने भनिएको छ ।

प्रवक्ता अधिकारीले सम्झौताका अधिकांश बुँदा सेवा समितिले पालना नगरेको बताउँदै जग्गा कब्जा गर्ने नियतसाथ काम भइरहेकाले ती संरचना हटाउने तयारी पशुपति क्षेत्र विकास कोषले गरेको जानकारी दिनुभयो । मानवीय सेवा भनेर व्यवसाय सञ्चालन गर्न नदिइने बताउदै उहाँले विधिविधानमा रहेर पशुपतिनाथ मन्दिरको नाममा रहेको सम्पत्ति फिर्ता गरिने जिकिर गर्नुभयो । 


प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा, कसको पक्षमा कति मतभार ?
राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा, कसको पक्षमा कति मतभार ? आइतबार, फागुन १४, २०७९
प्रमुख विपक्षी दलमा काँग्रेस र नेमकिपाको दावी, प्रतिपक्षी दलका नेताले पाउने सुविधा के छ ? 
प्रमुख विपक्षी दलमा काँग्रेस र नेमकिपाको दावी, प्रतिपक्षी दलका नेताले पाउने सुविधा के छ ?  आइतबार, माघ ८, २०७९
हिउँदमै हिमालमा हिउँ छैन, हिमशृंखला कालापत्थरमा रुपान्तरण
हिउँदमै हिमालमा हिउँ छैन, हिमशृंखला कालापत्थरमा रुपान्तरण शनिबार, माघ ७, २०७९
यस्तो छ संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै गर्नुभएको सम्बोधन (पूर्ण पाठ)
यस्तो छ संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै गर्नुभएको सम्बोधन (पूर्ण पाठ) मंगलबार, पुस २६, २०७९
शुक्रबारदेखि स्वस्थानी ब्रतकथा शुरु, शालीनदीमा स्वस्थानी मेला
शुक्रबारदेखि स्वस्थानी ब्रतकथा शुरु, शालीनदीमा स्वस्थानी मेला शुक्रबार, पुस २२, २०७९
के घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्न लाग्नुभएको हो ? 
के घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्न लाग्नुभएको हो ?  बिहीबार, पुस २१, २०७९
नासाले सेयर गरेको सूर्यको लोभलाग्दो तस्बिरको विशेषता के छ ? 
नासाले सेयर गरेको सूर्यको लोभलाग्दो तस्बिरको विशेषता के छ ?  मंगलबार, पुस १९, २०७९
आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस, यस्तो छ नेपाली टोपीको साइनो 
आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस, यस्तो छ नेपाली टोपीको साइनो  आइतबार, पुस १७, २०७९
गृहमन्त्री लामिछानेको अर्को एक्सन, नियमविपरित राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन
गृहमन्त्री लामिछानेको अर्को एक्सन, नियमविपरित राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन मंगलबार, पुस १२, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्