Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमबार, जेठ १५, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
ब्लग/विचार
  • Home
  • ब्लग/विचार
  • खत
खत
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, पुस ३०, २०७९

कतार एयरवेजको विमानले कतार र काठमाडौँबीचको दूरी कतिखेर पूरा गरिसकेछ, बिर्खबहादुरले मेसोसम्म पाएन । एकैचोटि अब विमान काठमाडौँ विमानस्थलमा अवतरण गर्न लागेको सुनेपछि ऊ झस्कियो । 

‘झ्या काठमाण्डु नै पो आइपुगिसकिएछ’, उसले मनमनै बोल्यो । बीस मिनेटपछि विमान काठमाडौँ विमानस्थलमा उत्रियो । अरू यात्रुहरू जस्तै बिर्ख पनि ‘अनबोर्ड’ भयो । अरूलाई के थियो कुन्नि, बिर्खलाई भने अलि हतारो नै थियो किनभने उसले आजै दिउँसो ३ बजे धनगढीको अर्को विमान चढ्नु थियो । 

बल्ल बल्ल ३६ प्रतिशत ब्याजमा ऋण खोजेर बिर्ख कतार गएको १३ महिना पुग्दै थियो । यसबीचमा उसले मुस्किलले आधा ऋण मात्र तिर्नसकेको थियो । गाउँमा आमा सिकिस्तै भएको खबर पाएपछि बिर्खले नफर्की सुखै पाएन किनकि ७० वर्ष टेकिसकेकी आमा मनमतीको ऊ एक्लो छोरो थियो । दस वर्षको हुँदा नै उसका बाबु बितेका थिए । यो घटना बिर्खलाई सपना हो कि विपनाजस्तो लाग्छ अझै लाग्छ । उसकी आमाले चार सन्तानलाई जन्म दिएकी हुन् तर बिर्ख मात्र बाँच्यो । बाल टुहुरो बिर्खलाई आमाले निकै दुःख गरेर हुर्काइन् । आफू अनपढ भए पनि कक्षा ८ सम्म पढाइन् पनि । त्यसपछि पढ्न तीन घण्टा आउजाउ गरेर छिमेकी गाउँको हाईस्कुल जानुपथ्र्यो । बिर्खलाई खै किन हो अल्छी लाग्यो र पढ्न छोडिदियो । 

बिर्खले झन्डै पाँच वर्ष बरालिएरै बितायो । हुन त एक पटक गाउँका दौंतरीहरूको लहैलहैमा लागेर ऊ दाम कमाउन लखनउसम्म नपुगेको होइन । तर लखनउको बसाइमा खासै कमाइ हुने छाँट नदेखेपछि बिर्ख सात महिनामै घर फर्कियो । बिर्खको उमेर चढ्दो थियो । आमा मनमतीको चाहिँ दिन घट्दो थियो । मनमतीलाई बुढ्यौलीले छोइसकेको थियो । विभिन्न रोगले ग्रस्त पनि थिइन् । सम्पत्तिका नाममा खरले छाएको एउटा सानो घर, एक हल गोरु लाग्ने बारीबाहेक केही थिएन । मनमतीको आफन्तका नाममा त्यही एउटा छोरा बिर्ख मात्र थियो । मनमतीले सकी नसकी छोरा बिर्खलाई हुर्काएकी थिइन् । छोरा आफूसँगै भएकोमा उनी खुसी थिइन् । 

Pay_ru Remit

एकदिन बिर्खले भन्यो, ‘आमा अब म पनि विदेश जान्छु । पासपोर्ट निकाल्नु प¥यो । पैसा जोहो गरिदिनु है ।’ छोराको मुखबाट यस्तो कुरा सुनेपछि मनमती छाँगाबाट खसेजस्तै भइन् । 

‘पर्दैन विदेश जान । यही गाउँमै केही गर्लास्’, छोराको मुखबाट विदेश भन्ने शब्द सुन्नासाथ मनमतीको मन अत्तालियो ।

‘कहाँ त्यसो भनेर हुन्छ ? सबै दौंतरीहरू विदेश गइसके । म पनि जाने हो । मलाई रोक्ने कोसिस गर्नुभयो भने आजै भागिदिन्छु नि’, बिर्खले आमालाई धम्की दियो । छोराको धम्की सुनेर आमा मनमतीको मन भित्रभित्रै कहालियो । सके यसै वर्ष नभए अर्को वर्ष छोरोको बिहे गरिदिने मनमतीको भित्री योजना थियो । अनि सासूबुहारी मिलेर र छोरासँग हातमा हात, तालमा ताल मिलाएर देउडा खेल्ने धोको थियो । छोराको विदेश जाने प्रस्ताव उनका लागि अप्रत्यासित थियो । 

छोराले जिद्दी गरेपछि मनमतीले ठूलै दुःखले राहदानी निकाल्न पैसाको जोहो गरिदिइन् । त्यसपछि विदेश जाने सबै काम फटाफट भए । हुन त बिर्ख अरूभन्दा अलि बुझक्की र आज्ञाकारी थियो । आफ्ना लागि आमाले कति त्याग र सङ्घर्ष गरेकी छिन्, त्यसको पूरै हेक्का थियो उसलाई । त्यसैले ऊ कहिलेकाहीँ आमालाई भन्ने गथ्र्यो, ‘आमा अब तिम्रा दुःखका दिन सकिए । अब मेरो पालो हो । म दुःख गरेर भए पनि तिमीलाई खुसी दिन्छु ।’ छोराको यस्तो कुरा सुनेर मनमतीको हृदय भरिन्थ्यो र आँखाबाट आँसु बनेर बग्थ्यो । बुझक्की छोरा पाएकोमा मसिनो कदको उसको छाती गर्वले चौडा हुन्थ्यो । 

०००

यति एयरको फुच्चे विमान धनगढीमै छोडेर बिर्ख लोकल जीप चढेर सरासर बैतडी जिल्ला अस्पतालतिर लाग्यो । मुस्किलले १२ जनाका लागि बस्न पुग्ने जीपमा बिर्खसहित १८ जना सवार थिए । एक घण्टा कुरेको भए उसले अर्को जीपमा बस्ने सिट पाउँथ्यो । तर कुर्ने धीरता उसमा थिएन । जीप आफ्नो गतिमा गुडिरहेको थियो । मन हतारिएर होला, बिर्खलाई भने जीपको गति असाध्यै ढिलो लाग्यो । 

बिर्ख चुपचाप जीपबाट देखिने वरिपरिका दृश्य नियालिरहेको थियो । अस्पताल पुगेर बिर्ख बेड नम्बर १०९ खोज्दै गयो । उसकी आमा बेडमा लम्पसार थिइन् । छेउमा कुरुवा बसेका थिए छिमेककै दाजु जङ्गमान । बिर्खलाई देखेर जङ्गमानले लामो सास फे¥यो । ‘आमालाई के भएको हो जङ्ग दाइ ?’, बिर्खले सोध्यो ।

‘खै डाक्टरले हामीलाई केही भनेका छैनन् । छोरोलाई छिटो खबर गर्नु मात्र भने’, जङ्गको कुरा सुनेर बिर्खको मनमा चिसो पस्यो । बिर्खले बेहोस् आमालाई नियाली मात्र रह्यो । एक वर्षमै आमाको नापनक्सा सबै फेरिइसकेछ । कपाल अझ सेतै फुलिसकेछ । गालामा चाउरी परेका रेखाबाहेक अरू केही थिएन । ओठ कलेटी परेको थियो । उसले सानोछँदा समाउँदै हिँड्ने आमाका हातका औँला हे¥यो, ती सिन्का हुन् कि औँला ? छुट्याउन नसकिने बनिसकेका रहेछन् । केही समयपछि नियमित चेकजाँचका लागि डाक्टर आयो । डाक्टरलाई बिर्खले आमाको रोगका बारेमा सोध्यो ।  ‘ए तपार्इं नै हो यी आमैका छोरा । केस अलि जटिल छ, त्यसैले तपाईंलाई बोलाउन मैले नै भनेको’, डाक्टरले भन्यो । 

‘कस्तो जटिल डाक्टर ?’ बिर्खको मन अत्तालियो । 

‘आइ एम सरी भाइ । आमाको अब बढीमा छ महिना मात्र समय होला । त्यसैले उपचार गर्नुभन्दा घर लैजाउनु बेश होला’, डाक्टरले सबै कुरा एकै सासमा भनिदियो । 

‘तपाईंहरूले त बिरामीलाई उपचार गरेर निको पारिदिने हो । उल्टै यस्तो कुरा गर्ने ? तपाईंले सक्नुहुन्न भने म अर्को अस्पताल लैजान्छु’, बिर्ख झोक्कियो ।  ‘त्यो त तपाईंको आफ्नो कुरा हो’, यति भनेर डाक्टर हिँड्यो । 

केही समयपछि मनमतीको होस आयो । बिर्खले आमालाई आफू आइपुगेको बतायो । छोराको आवाज सुनेर आमाले रुँदै बिर्खलाई मुसारिरहिन् । बिर्खलाई थाहा भयो आमाले राम्रोसँग आँखा देख्न मात्र होइन, पूराना कुरा सम्झना पनि छाडिसकेकी रहिछन् । 

भोलिपल्टै बिर्खले आमालाई थप उपचारका लागि नेपालगञ्ज अस्पताल लग्यो । सुरुका केही दिन त्यहाँका डाक्टरले ठूलो आशा र भरोसा देखाएर आमाको उपचार गरे । त्यो उत्साह त्यहाँ पनि धेरै दिन टिकेन । एक साता बसेपछि त्यहाँका डाक्टरले पनि पहिलेकै डाक्टरको जस्तो कुरो सुनाए । 

दुईवटा अस्पतालको बिल तिर्दा बिर्खले कतारबाट ल्याएको पैसा लगभग सक्यो । गोजीमा पैसा नभएपछि आत्मबल पनि घट्दो रहेछ शायद । बिर्खले अब आमालाई नेपालगञ्जबाट चितवन, काठमाडौँ वा दिल्ली कतै लैजानेबारे सोच्नसमेत सकेन । त्यसैले लाचार भएर ऊ बिरामी आमालाई बोकेर गाउँ फर्कियो । 

पहिले आमाले आफ्ना लागि जेजे गर्नुहुन्थ्यो, त्यो सबै अहिले बिर्खले गर्न परिरहेको थियो । आमालाई समयमा खान पकाएर खुवाउने, समय समयमा नुहाइधुवाइ गर्ने, लुगा धोइदिने र फेरिदिनेसम्म उसैले गर्नुपथ्र्यो । उसको सेवाभाव देखेर गाउँका सबै चकित थिए । कतिले त उसलाई श्रवणकुमार पनि भने । तर यस्ता कुरा बिर्खका लागि अर्थहीन थियो । 

आमाकै लागि उसले कतारको काम समय नपुग्दै छोडेर आएको थियो । साहुको ऋण आधाआधी अझै बाँकी थियो । खेतबारीको काम गर्ने, वस्तुभाउ हेर्ने र बिरामी आमा स्याहर्ने काम ऊ एक्लैले गर्नु प¥यो । गाउँका एक दुई जना शुभचिन्तकले विवाह गर्न नसुझाएका पनि होइनन् बिर्खलाई ? तर बेहाल परिवारमा छोरी दिन कुन बाबुआमा तयार हुने र ? जहाँ गाह्रो, त्यहीँ साह्रो भने झैँ सबै कुरा जगजाहेर हुँदाहुँदै पनि नातामा काका पर्ने गाउँकै हरेराम आएर बिर्खलाई थर्काउनु थर्काए । विदेश जाँदा सापटी लिएको बाँकी १५ हजार रुपियाँ तिर्न नसक्दा मुखमा आएजति सबथोक भनेर गए । त्यतिसम्म त सहेकै थियो बिर्खले तर हरेरामले बिरामी आमाका बारेमा समेत भन्नु नभन्नु भने । त्यसपछि भने उसको रिसले आँखा देख्न छोड्यो । उसले रिसको आवेगलाई थाम्नै सकेन । उसको सामुन्ने आमा मात्र थिइन् । सबै रिस उसले बिरामी आमामाथि नै खन्यायो, ‘मलाई दुःख मात्र दिन कति बाँच्छाैँ बूढी ?’ नभन्दै त्यसको तेस्रो रातमै बिर्खको आमाले अन्तिम सास फेरिन् । 

चितामा बिर्खकी आमाको शव दन्किरहेको थियो । उसको मन पनि भत्भती जलिरहेको थियो । शायद जीवनभर सम्झिरहनु पर्ने खतको रूपमा उसले यस घटनालाई लियो । मनभित्रको यो पीडा र मातृवियोगमा छटपटिएको बिर्खले आँसुको मुहान रोक्न सकेन । ऊ भक्कानिएर रुन थाल्यो । मलामीहरूको आवाज उसको कानमा ठोक्किरहेको थियो– यो कलियुगमा पनि श्रवणकुमार जन्मिदो रहेछ ।  


प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप ब्लग/विचार
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  शुक्रबार, पुस २२, २०७९
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? शुक्रबार, पुस १, २०७९
काउकुती लगाउने त्यो सपना
काउकुती लगाउने त्यो सपना बिहीबार, मंसिर २२, २०७९
“नो मिन्स नो ”
“नो मिन्स नो ” शुक्रबार, मंसिर १६, २०७९
आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश
आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश बिहीबार, मंसिर ८, २०७९
लघुकथा : नुनकाे साेझाे
लघुकथा : नुनकाे साेझाे मंगलबार, कात्तिक ८, २०७९
यस्तो हुन्थ्यो ५० वर्षअघिको दसैं
यस्तो हुन्थ्यो ५० वर्षअघिको दसैं बिहीबार, असोज १३, २०७९
नागरिकता विधेयक: जुँगाको लडाइँ, अचानामा विधेयक
नागरिकता विधेयक: जुँगाको लडाइँ, अचानामा विधेयक बिहीबार, असोज ६, २०७९
मायामा पर्नु भो ! लौ त्यसो भए मर्नुभो 
मायामा पर्नु भो ! लौ त्यसो भए मर्नुभो  आइतबार, असोज २, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्