Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने 
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, माघ ९, २०७९

काठमाडौं । घोषणा भएर पनि वितरण नभएका करिब तीन सय विभूषण सरकारले रद्द गर्ने भएको छ । 

त्यस्ता विभूषण रद्द गर्दा करिब दुई करोड रुपैयाँ बचत हुने गृह मन्त्रालयले जनाएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गरिएका विभूषण लामो समयसम्म उनीहरूले लिएका छैनन् । विभूषण छनोट निष्पक्ष र पारदर्शी नहुँदा यसको ओज नै घटेपछि अस्वीकार गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसरी अस्वीकार गरिएका विभूषण रद्द गर्न लागिएको हो । 

एक वर्षभन्दा धेरै समय भएर पनि लिन नआएका विभूषण रद्द गर्ने विषयमा प्रक्रिया अघि बढेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताउनुभयो । गृहले विभूषण नियमावली संशोधन गरी यसरी रद्द गरिएका विभूषण पुनः प्रयोग गर्ने प्रावधान राख्न लागेको छ । 

त्यस्ता विभूषणमा सुन प्रयोग हुने भएकाले राज्यको ठूलो लगानी छ । तीन सय विभूषण रद्द गरी त्यसलाई पुनः प्रयोग गर्दा करिब दुई करोड रुपैयाँ बचत हुने गृहको आकलन छ । गृहले विभूषण नियमावली संशोधनका लागि कानुन मन्त्रालयमा मस्यौदा पठाएको छ । 

एक वर्षसम्म पनि विभूषण लिन नआएमा रद्द हुने प्रावधान अहिले पनि छ । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन । अर्कोतर्फ रद्द गरेपछि त्यस्ता विभूषण के गर्ने भन्ने प्रावधान छैन । नियमावली संशोधन गरी रद्द गरिएका विभूषणको सुनलगायतका सामग्री नयाँ बन्ने विभूषणमा प्रयोग गर्न लागिएको हो । 

हरेक वर्ष विवादित व्यक्तिहरूलाई समेत दिन थालिएपछि छनोटको निष्पक्षताप्रति प्रश्न उठाउँदै कतिपयले लिने गरेका छैनन् । त्यस्ता विभूषण गृह मन्त्रालयमै थन्किएका छन् । विभूषण नलिनेमा कलाकार तथा खेलाडीको संख्या ठूलो छ । कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रेखा थापा, सीताराम कट्टेल, कुञ्जना घिमिरे, गायक पशुपति शर्माले विभूषण लिएका छैनन् । 

खेलाडीहरू पारस खड्का, सन्दीप लामिछाने, शक्ति गौचन, क्रिकेट प्रशिक्षक जगत टमटा, मीरा राई, विमला तामाङ, निता घर्तीमगर, आङ्बाबु लामा, विनिता महर्जन, गंगा अधिकारी, विनोद शाक्य, सुनील लामा पनि घोषणा भएको विभूषण नलिनेमा पर्दछन् । अन्य खेलाडीहरू नेरी थापा, शैलेश राणा, सविता चौधरी, विश्वरूपा बुढा, विमल घर्तीमगर, रमिला तण्डुकार, दाक्छिरी शेर्पा, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले पनि विभूषण नलिएको गृहको तथ्यांक छ । केही पत्रकारहरूले पनि विभूषण अस्वीकार गरेका छन् । 

पूर्वसभामुख दमननाथ ढुंगाना, मानव अधिकारवादी पद्मरत्न तुलाधर, संगीतकार अम्बर गुरुङ, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वप्रमुख निर्वाचन आयुक्त वीरेन्द्र मिश्र, वरिष्ठ अधिवक्ता शम्भु थापा, मानव अधिकारकर्मी सुबोध प्याकुरेल, प्राध्यापक, पुष्पराज शर्मा, पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीलगायतले विभूषण लिएका छैनन् । 

०६९ सालमा सरकारले दिने निर्णय गरेकामध्ये रामेश श्रेष्ठ, सिके लाललगायतले लिएका छैनन् । ०७० सालको विभूषण नलिनेमा तत्कालीन न्यायाधीश रामकुमार साह, संयुक्त राष्ट्रसंघका तत्कालीन उपमहासचिव ज्ञानचन्द्र आचार्य, प्राध्यापक प्राडा बालकृष्ण पोखरेललगायत छन् । राज्यले नागरिकलाई दिने सर्वोच्च सम्मान मानिने विभूषणको वितरणमा झन् विकृति बढेको छ । संविधान दिवसको अवसरमा सरकारले विभूषणको घोषणा गर्दै आएको छ । यो वर्ष एकैपटक नौ सय ९३ जनालाई विभूषण दिने निर्णय गरिएको थियो । जुन अहिलेसम्मकै धेरै हो । विभूषणमा ठूलो खर्च हुँदै आएको भन्दै महालेखा परीक्षकको कार्यालयले यसको संख्या तोक्न सुझाव दिँदै आएको छ । 

विभूषण वितरणमा सुधार गर्न सरकारले नयाँ मापदण्ड र कार्यविधि बनाउन लागेको छ । गत बुधबारको मन्त्रिपरिषद्को बैठकले समिति बनाउने निर्णय गरेको छ । विभूषणको विषयमा सुधारका लागि पटक–पटक कार्यविधि र मापदण्ड संशोधन गरिएका छन् । 


प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ०८:००
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा आइतबार, फागुन १४, २०७९
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य 
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य  शनिबार, माघ २१, २०७९
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी 
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी  शनिबार, पुस २३, २०७९
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य 
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य  बुधबार, पुस २०, २०७९
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा  सोमबार, पुस १८, २०७९
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान आइतबार, पुस १०, २०७९
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत शुक्रबार, पुस ८, २०७९
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ? 
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ?  शनिबार, पुस २, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्