Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
आजको पत्रिका
  • Home
  • आजको पत्रिका
  • राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत
नयाँ पत्रिका
नयाँ पत्रिका शुक्रबार, पुस ८, २०७९

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने सहमतिमा पुगेको छ । 

राष्ट्रपति आफैँले राख्ने र सरकारको नेतृत्वमा खुला रहने विकल्पसहित कांग्रेसले सत्तागठबन्धनका अन्य दलहरूसँग संवाद अघि बढाएको हो । आलोपालो प्रधानमन्त्रीमा पहिलो कार्यकालका लागि खुला रहने कांग्रेसको प्रस्ताव छ । तर राष्ट्रपति भने उसको मुख्य बटमलाइन छ । 

स्रोतका अनुसार सरकारको नेतृत्वबारे कांग्रेसले दुई विकल्प अघि सारेर छलफल चलाएको छ । पहिलो विकल्पमा सुरुका दुई वर्ष सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने, त्यसपछिका दुई वर्ष माओवादी अध्यक्ष प्रचण्ड र अन्तिम एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव छ । त्यस्तै, दोस्रो विकल्पमा सुरुका दुई वर्ष प्रचण्ड, त्यसपछिका दुई वर्ष देउवा र अन्तिम एक वर्ष नेपाललाई प्रधानमन्त्री बनाएर जान सकिने प्रस्ताव कांग्रेसको छ । 

आफूले राष्ट्रपति राख्दा माओवादीलाई सभामुख र उपराष्ट्रपति तथा एकीकृत समाजवादीलाई राष्ट्रिय सभाको अध्यक्ष र उपसभामुख दिने कांग्रेसको प्रस्ताव छ । यसबाहेक गठबन्धनमा रहेका लोसपा र सरकारमा सहभागी हुन तयार नागरिक उन्मुक्ति पार्टी तथा जनमत पार्टीलाई मन्त्री दिएर सत्तासमीकरणको टुंगो लगाउने गरी छलफल गरिरहेको छ ।

अन्य विषयमा करिब–करिब सहमति जुटे पनि मुख्य विषय रहेको प्रधानमन्त्रीमा पहिलो दुई वर्ष कांग्रेस या माओवादी भन्नेमा मात्रै निष्कर्ष निकाल्न बाँकी रहेको प्रधानमन्त्री देउवानिकट कांग्रेसका एक नेताले बताए । ‘दुई विकल्पमाथि छलफल भइरहेको छ । टुंगो लाग्न बाँकी प्रमुख विषय भनेको प्रधानमन्त्रीमा देउवा कि प्रचण्ड पहिला भन्ने नै हो,’ संवादमा सहभागी ती नेताले भने ।  

कांग्रेसको प्रस्तावमा सहमत गराउन सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता डा प्रकाशशरण महत, नेता एनपी साउदलगायतले अध्यक्ष प्रचण्ड, अध्यक्ष नेपाल र सरकारमा जाने तयारीमा रहेका दलहरूसँग निरन्तर छलफल गरिरहेका छन् । 
सांसदहरूको शपथसँगै पार्टी र गठबन्धनमा छलफल सुरु भएको नेता निधिले बताए । निधिले सरकार निर्माण र शक्ति बाँडफाँडका विषयमा औपचारिक प्रस्ताव भने तयार भइनसकेको दाबी गरे । सरकारमा सहभागी हुने दलहरूसँग पनि सम्पर्क भइरहेको उनले बताए । 

नेता साउदले गठबन्धनकै नेतृत्वमा अन्य दल र स्वतन्त्र सांसदलाई समेटेर सरकार बनाउने गृहकार्य भइरहेको बतए । 

कांग्रेस नेताहरूका अनुसार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने तयारीमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसमेत सहकार्यका लागि इच्छुक रहेको उनीहरूको दाबी छ । 

सभापति देउवाले भने अध्यक्ष प्रचण्डसँग पहिलो कार्यकालमा नै राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले पाउने गरी मनाउने प्रयास गरिरहेका छन् । कांग्रेसले राष्ट्रपतिका लागि भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्विकल्प रूपमा अगाडि सारेको छ । 


प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप आजको पत्रिका
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा आइतबार, फागुन १४, २०७९
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य 
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य  शनिबार, माघ २१, २०७९
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने 
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने  सोमबार, माघ ९, २०७९
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी 
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी  शनिबार, पुस २३, २०७९
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य 
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य  बुधबार, पुस २०, २०७९
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा  सोमबार, पुस १८, २०७९
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान आइतबार, पुस १०, २०७९
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ? 
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ?  शनिबार, पुस २, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्