Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • सरकार गठनका लागि दलहरुबीच सहकार्य हुने १० विकल्प
सरकार गठनका लागि दलहरुबीच सहकार्य हुने १० विकल्प
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, मंसिर २०, २०७९

काठमाडौँ ।  आमनिर्वाचन २०७९ को प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। 

योसँगै राजनीतिक दलले सरकार गठनको कसरत तीव्र पारेका छन्। तर प्रत्यक्षतर्फको पूर्ण र समानुपातिकको प्रारम्भिक नतिजाले प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नहुने देखाएको छ। त्यसैले बहुमतको सरकार गठनका लागि दलहरूले विभिन्न समीकरण नै गर्नुपर्ने अवस्था रहेको छ। २७५ सदस्य रहने प्रतिनिधि सभामा बहुमतको सरकार गठनका लागि आवश्यक न्यूनतम सङ्ख्या १३८ हुनेछ। संसद्मा १२ राजनीतिक दलले प्रतिनिधित्व गर्ने सुनिश्चित भएको छ। पाँच जना स्वतन्त्र उम्मेदवार पनि निर्वाचित भएका छन् । तर कुनै पनि दलले स्पष्ट बहुमत नल्याएको अवस्थामा सरकार गठनका लागि कम्तीमा दुई ठूला दल र बढीमा सात दलबीच सहकार्य हुने १० विकल्प देखिन्छन् । 

विकल्प १

सत्तामा रहेका र चुनावमा पनि गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस), लोसपा र राष्ट्रिय जनमोर्चाबीच नै तालमेल भए पाँच दलबाट निर्वाचित सांसदको सङ्ख्या १३६ पुग्नेछ। यो गठबन्धनलाई बहुमतका लागि न्यूनतम थप दुई सांसद आवश्यक पर्छ। यस अवस्थामा स्वतन्त्र निर्वाचित पाँच जना सांसद निर्णायक हुन सक्छन्। जसमध्ये तीन जना मधेश प्रदेशबाट निर्वाचित छन्। पाँच स्वतन्त्रमध्ये कुनै दुईले समर्थन गरे यस विकल्पमा बहुमत पुग्न सक्छ तर वर्तमान सत्ता गठबन्धनमा जोडिन अन्य दलसमेत इच्छुक देखिएका छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुने बताउनुभएको छ । यस्तो अवस्थामा स्वतन्त्रको समर्थनबाहेकको विकल्पसमेत रहनेछ। 

विकल्प २

निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा (एमाले)लेसमेत सरकार गठनका लागि आवश्यक अभ्यास गर्दैछ। वाम गठबन्धनको सरकारले मूर्तरूप पाए नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र राप्रपाबीच तालमेल हुनसक्छ। यद्यपि सो अवस्थामा चार सांसद अपुग हुनेछन् र सम्भावित गठबन्धन पनि स्वतन्त्र सांसदमै निर्भर रहनुपर्ने देखिन्छ। 

विकल्प ३

नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र राप्रपासँगै जनता समाजवादी पार्टीलाई पनि ल्याउन सके स्पष्ट बहुमतको सरकार गठन हुनसक्छ तर जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको सहकार्य चुनावसम्मका लागि मात्रै रहेको बताउनुभएको छ। नेकपा (माओवादी केन्द्र)सँग नजिक रहँदै आएको जसपा सरकार गठन हुने सम्भावनामा गठबन्धनमा सहभागी हुनसक्छ। 

विकल्प ४ 

राष्ट्रिय स्वतन्त्र पार्टी आम निर्वाचनबाट चौथो ठूलो शक्तिका रूपमा अनुमोदित छ। रास्वपाका अध्यक्ष रवि लामिछानेले निर्वाचित लगत्तै राष्ट्रिय हितको सवाललाई प्राथमिकतामा राखेर गठन हुने सरकारमा सहभागी हुने बताउनुभएको थियो। प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकतर्फ करिब १४ गरी २१ सिट जित्ने अनुमान गरिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य भएको अवस्थामा १६५ जना सांसद पुग्ने छन्। यो सङ्ख्या सरकार गठनका लागि पर्याप्त हो। 

विकल्प ५

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको खरो आलोचना गर्दै आउनुभएको छ। यद्यपि सत्ता सहकार्यका लागि राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमतसँगै राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहमतिमा ल्याएको अवस्थामा १३४ सङ्ख्या पुग्छ। चार जना स्वतन्त्रको सहयोगमा सरकार गठन हुने सम्भावना रहन्छ। यस्तो अवस्थामा वर्तमान सत्ता गठबन्धनका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एस) बाहिर रहने छन्। 

विकल्प ६

साना दलहरूसँग सहकार्य गर्न नसकिने अवस्थामा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एस)को समर्थन मात्रै पाए पनि सहजै बहुमतका लागि आवश्यक सङ्ख्या पुग्छ। यी चारवटै दलबीच सहकार्य भए सांसदको सङ्ख्या १५२ पुग्नेछ। यस्तो अवस्थामा वर्तमान सत्ता गठबन्धनका लागि घटक दल राष्ट्रिय जनमोर्चा र चुनावी तालमेल गरेको लोसपासमेत सहभागी हुने सम्भावना रहन्छ। 

विकल्प ७

नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)को समर्थन नरहे पनि नेपाली कांग्रेसलाई बहुमतको सरकार गठनका लागि विकल्प रहिरहन्छ। यसमा रास्वपा, राप्रपा, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन आवश्यक हुनेछ। 

यस्तो अवस्थामा प्रतिनिधि सभा सदस्य सङ्ख्या १४३ पुग्नेछ तर नेकपा (एमाले)सँग सहकार्य गरेर चुनावी प्रतिस्पर्धा गरेको राप्रपा कांग्रेस नेतृत्वको गठबन्धनमा आउने सम्भावना देखिँदैन। यस्तो अवस्थामा नेपाली कांग्रेसलाई जनमत पार्टी र स्वतन्त्र सांसदको सहयोग आवश्यक पर्नेछ। यस प्रकारको समीकरण बने गैरकम्युनिस्ट सरकार गठन हुनेछ। 

विकल्प ८ 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एस) र जसपाबीच सहकार्य हुने अवस्थामा समेत सरकार गठनका लागि आवश्यक बहुमत पुग्नेछ। यी चार दलबीच सहकार्य भए सिट सङ्ख्या १४३ पुग्नेछ।

विकल्प ९ 

आम निर्वाचन हुनुअघि संसद्का दुई ठूला दलले दुई ध्रुवको नेतृत्व गरे। निर्वाचनपछि दुवै दल आ–आफ्नो नेतृत्वमा सरकार गठनका लागि आवश्यक सङ्ख्या पु-याउन अभ्यास गर्दैछन् तर आम निर्वाचनबाट पहिलो र दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेस र नेकपा (एमाले)बीच पनि सत्ता सहकार्यको झिनो सम्भावना छ। यस प्रकारको सहकार्य भए दुई ठूला दलको प्रतिनिधि सभा सदस्य सङ्ख्या १६७ पुग्नेछ। 

विकल्प १०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) गठन हुँदादेखि नै तीव्र आलोचना गर्दै आउनुभएको छ। नेकपा (एमाले)ले आफ्नै नेतृत्वमा बहुमत पु-याउन नेकपा (एस)को समर्थन अपरिहार्य भने होइन। नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबीच तालमेल भएको अवस्थामा समेत बहुमतका लागि आवश्यकभन्दा बढी सिट पुग्छ।

-गोरखापत्रबाट


प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  ०७:४१
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा आइतबार, फागुन १४, २०७९
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य 
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य  शनिबार, माघ २१, २०७९
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने 
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने  सोमबार, माघ ९, २०७९
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी 
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी  शनिबार, पुस २३, २०७९
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य 
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य  बुधबार, पुस २०, २०७९
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा  सोमबार, पुस १८, २०७९
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान आइतबार, पुस १०, २०७९
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत शुक्रबार, पुस ८, २०७९
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ? 
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ?  शनिबार, पुस २, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्