Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • भोट माग्न उम्मेदवार गाउँगाउँमा, दैनिक सयौं नेपाली काम खोज्न मुग्लानमा 
भोट माग्न उम्मेदवार गाउँगाउँमा, दैनिक सयौं नेपाली काम खोज्न मुग्लानमा 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं । मंसिर ४ मा हुने निर्वाचनका लागि मत माग्न उम्मेदवारहरु गाउँगाउँ पुगिरहेका छन् । तर सुदरपश्चिम र कर्णालीका जिल्लाहरुबाट दैनिक सयौंको संख्यामा नेपालीहरु कामको खोजीमा भारत गइरहेका छन् । 

कैलालीको गौरीफन्टा नाकाबाट मात्र दैनिक एक हजार २०० भन्दा बढी नेपाली भारतका विभिन्न सहरमा कामको खोजीमा गइरहेका छन् । भारत जानेमा खेतीपाती गरेर, दशैँ, तिहार मनाउन आएकाहरू र मतदानमा रुचि नभएकाहरू धेरै छन् । सुदूरपश्चिम क्षेत्रबाट हरेक वर्ष हिउँदे खेती गरेर कामको खोजीका लागि भारत जाने प्रचलन रहेको समाचारलाई गोरखापत्र दैनिकले शुक्रवार मूख्य समाचार बनाएको छ । 

सीमा क्षेत्रमा रहेको सशस्त्र प्रहरी डेस्कमा कार्यरत सहायक निरीक्षक मीनबहादुर ऐरका अनुसार भारतबाट आउनेको तुलनामा भारत जानेको सङ्ख्या निकै बढिरहेको बताउनुहुन्छ । भारत जाने एक हजार हुँदा आउनेको सङ्ख्या चार सयसम्म रहने गरेको उहाँले बताउनुभयो । दशैँ सकिएपछि भारत जानेको सङ्ख्या बढिरहेको प्रहरीको तथ्याङ्क छ । 

बैतडीको झुलाघाटबाट पनि भारत जानेको सङ्ख्या बढ्दै गएको छ । गाउँमा कुनै रोजगारी नहुँदा परिवार पाल्ने चिन्ताले बैतडीका ग्रामीण क्षेत्रबाट कात्तिक १ गतेदेखि २२ गतेसम्म झुलाघाट नाका भएर ५३३ पुरुष र १२१ महिला गरेर ६५४ जना रोजगारीका लागि भारत गएका छन् । 

भारतसँग सीमा जोडिएको झुलाघाट नाका भएर कात्तिक महिनामा मात्रै ६५४ जना सर्वसाधारण नेपाली भारत गएको झुलाघाटस्थित प्रहरी चौकीको तथ्याङ्क छ । चौकी इन्चार्ज योगेशबहादुर पालका अनुसार तिहारका बेला झुलाघाट नाका भएर २८० जना महिला र एक हजार पुरुष स्वदेश फर्किएका थिए । 

चुनाव नजिक आएको भए पनि परिवार पाल्ने आधार नहुँदा मतदान छोडेर भारत जानुपर्ने बाध्यता रहेको भारत जाने सर्वसाधारणले गुनासो गरेका छन् । झुलाघाट नाका भएर बैतडी, बझाङ, डोटी र कर्णाली प्रदेशका अधिकांश जिल्लाका सर्वसाधारण रोजगारीका लागि भारत जाने गरेका छन् ।  भारतको पिथौरागढ जिल्लामा यतिबेला खर काट्ने, धान भित्र्याउने र खेत जोत्ने काम पाइने भएकाले भारत जाने नेपालीको सङ्ख्या बढेको  छ । 

गाउँमा कुनै रोजगारी नहुँदा खर काट्ने कामका लागि भारतको पिथौरागढ पुग्नुभएका बैतडीको सिगास गाउँपालिका–६, जडानीकोटका ३२ वर्षीय हरिभान धामीको यही कात्तिक १८ गते अरिङ्गालले चिलेर मृत्युसमेत भएको छ । गाउँमा रोजगारी नहुँदा घरखर्च टार्न उहाँ खर काट्ने काम खोज्दै भारत जानुभएको थियो ।   भारतमा काम गर्न जाने नेपाली मजदुरको बीमा नहुँदा मृतक धामीको घरमा श्रीमती र दुई छोराको बिचल्ली भएको छ । कमाउनेको मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ । चुनाव जितेर पनि नेताले गाउँगाउँमा आफ्नै डोजर किनेर सडक खन्ने काम गर्दा रोजगारी खोसिएका कारण काम खोज्न भारत जाने गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।  

व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता रहिआएको सिगास गाउँपालिका–१ का लोकेन्द्र विकले बताउनुभयो ।  स्थानीयस्तरमा रोजगारी सिजनमा कुनै काम नहुँदा अधिकांश नागरिक रोजगारीका लागि भारत पस्ने गरेको उहाँले बताउनुभयो । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा आइतबार, फागुन १४, २०७९
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य 
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य  शनिबार, माघ २१, २०७९
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने 
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने  सोमबार, माघ ९, २०७९
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी 
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी  शनिबार, पुस २३, २०७९
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य 
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य  बुधबार, पुस २०, २०७९
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा  सोमबार, पुस १८, २०७९
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान आइतबार, पुस १०, २०७९
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत शुक्रबार, पुस ८, २०७९
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ? 
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ?  शनिबार, पुस २, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्