Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • नेपाल बल्ल  तुइनमुक्त, १४२ वटा तुइन विस्थापित गरि झोलुङ्गेपुल निर्माण 
नेपाल बल्ल  तुइनमुक्त, १४२ वटा तुइन विस्थापित गरि झोलुङ्गेपुल निर्माण 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, भदौ ५, २०७९

काठमाडौँ । नेपाल  तुइनमुक्त भएको छ । 

भौगोलिक विकटताले गर्दा खोलाखोल्सी तथा ठूला नदी तर्न देशभरका विभिन्न स्थानमा बनाइएका तुइन विस्थापित गरी ती स्थानमा झोलुङ्गेपुल निर्माण गरिएका छन् । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागका अनुसार देशभर १४३ वटा तुइन रहेकोमा अहिलेसम्म १४२ वटा विस्थापित भएका छन् । ती ठाउँमा अहिले झोलुङ्गेपुल बनाइएका छन् ।  झोलुङ्गेपुलद्वारा तुइन विस्थापित गर्नुपर्ने नेपाल–भारत सिमानामा बैतडीको पञ्चेश्वरघाटमा रहेको अन्तिम तुइन पनि हटाइएको छ तर झोलुङ्गेपुल भने बनिसकेको छैन । भारत सरकारद्वारा निर्माण सहमति प्राप्त हुनेबित्तिकै झोलुङ्गेपुल निर्माण गरिने विभागले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार २८ वर्षयता तुइनबाट खसेर दार्चुलामा मात्र २५ जनाको मृत्यु भइसकेको छ । तुइनबाट दुर्घटनाको जोखिम बढी हुने र धेरै जनको क्षति पनि भएपछि तुइन हटाउन थालिएको हो । २०६७ सालमा इन्जिनियर राजेन्द्र न्यौपानेको मृत्यु भएपछि तुइन हटाउन दबाब बढेको थियो ।

पछिल्लो पटक गत वर्ष ३३ वर्षीय जयसिंह धामी नेपाल–भारत सीमामा महाकाली नदीको तुइनबाट महाकालीको भेलमा पर्नुभएको थियो । सरकारले गत दुई वर्षअगाडि नै तुइन विस्थापित गरी कठिनपूर्ण यात्रा गर्नुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्य लिएको थियो तर लक्ष्य पूरा हुन सकेको थिएन । 

२०७२ असोज २५ गते केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापित गरी सो स्थानमा झोलुङ्गेपुल निर्माण गर्ने निर्णय भएको थियो । तर उहाँको दोस्रो कार्यकालमा पनि सबै तुइन विस्थापित हुन सकेनन् । 

तैपनि नेपाल तुइनमुक्त बन्नुको प्रमुख जस केपी ओलीलाई नै दिइएको छ । 
२०७२ मा केपी ओलीले आफू प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै फेरि दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने भनी गर्नुभएको थियो । तर उहाँ दोस्रो पटक प्रधानमन्त्री भएको तीन वर्षमा पनि विस्थापन हुन नसकी बल्ल अहिले आएर १४२ वटा तुइन विस्थापन भएका हुन् ।

स्थानीय पूर्वाधार विभागका उपमहानिर्देशक एवं प्रवक्ता महेश अर्यालले बल्ल अहिले आएर पहिचान भएजति सबै स्थानमा तुइन विस्थापित गरी सो स्थानमा झोलुङ्गेपुल निर्माण भइसकेको बताउनुभयो । तर कतिपय स्थानमा अझै पनि तुइन रहेको भन्ने कुरा पनि आउने गरेको छ । प्रवक्ता अर्यालले भने त्यसलाई अस्वीकार गर्नुभयो । तुइन विस्थापित गरिएका कतिपय स्थानका दायाँबायाँ तुइनका लठ्ठा हुन सक्ने र त्यस्ता लठ्ठालाई स्थानीयले अस्थायी तुइन बनाएर चढ्ने गरेका पनि हुन सक्ने उहाँको भनाइ छ ।  

सर्वसाधारणलाई पुलसम्म हिँडेर जान बाटो घुम्नुपर्ने भएकाले कतिपय स्थानमा स्थानीयले अस्थायी तुइन बनाएर खोला तर्ने गर्ने गरेको हुन सक्ने उहाँको भनाइ छ। तर स्थायी तुइन कतै नभएको उहाँले दाबी गर्नुभयो । 

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर गौरी श्रेष्ठले बल्ल आएर पहिचान भएका सबै तुइन विस्थापित भइसकेको बताउनुभयो । उहाँले अझै पनि कहीँ कतै तुइन विस्थापित गरी सो स्थानमा झोलुङ्गेपुल बनाउनुपर्ने भए विभागलाई जानकारी गराउन आग्रह गर्नुभएको छ । 


प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा आइतबार, फागुन १४, २०७९
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य 
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य  शनिबार, माघ २१, २०७९
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने 
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने  सोमबार, माघ ९, २०७९
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी 
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी  शनिबार, पुस २३, २०७९
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य 
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य  बुधबार, पुस २०, २०७९
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा  सोमबार, पुस १८, २०७९
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान आइतबार, पुस १०, २०७९
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत शुक्रबार, पुस ८, २०७९
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ? 
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ?  शनिबार, पुस २, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्