Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
आजको पत्रिका
  • Home
  • आजको पत्रिका
  • यसरी भएको थियो ७५ वर्षअघि काठमाडौंको स्थानीय निर्वाचन
फ्ल्यासब्याक यसरी भएको थियो ७५ वर्षअघि काठमाडौंको स्थानीय निर्वाचन
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, वैशाख १६, २०७९

काठमाडौँ । काठमाडौँ सहरको स्वास्थ्य र सफाइको मुख्य उद्देश्यका निम्ति २००४ साल जेठ २९ गते पहिलो स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो । त्यसबखत काठमाडौँ म्युनिसिपलिटी नामकरण गरिएको थियो । म्युनिसिपलिटी गोश्वाराले निर्वाचन सम्पन्न गरेको थियो । हुन त छेभडेल सफाइ अड्डाले सरसफाइ गर्ने गरेको थियो तर तत्कालीन प्रधानमन्त्री पद्मशमशेर राणाले गर्नुभएको सुधारको घोषणाअन्तर्गत स्थानीय तह निर्वाचन गरिएको थियो र त्यसलाई सरसफाइको जिम्मेवारी दिइएको थियो । 

२००४ साल जेठ २७ गते गोरखापत्रले म्युनिसिपलिटी निर्वाचन शीर्षकमा सम्पादकीय लेखेको थियो, ‘स्वास्थ्य र सफाइ नै जीवनको सुखशान्तिको जग हुनाले मुलुकको सुख र शान्ति पनि म्युनिसिपलिटीकै जिम्मामा छ ।’

२००३ साल फागुन २ र २००४ साल जेठ ३ गते तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले ऐतिहासिक भाषण गरी सुधारको घोषणा गर्नुभएको थियो । सुधार समितिले २००४ साल वैशाख १५ गतेबाट काम थालिसकेको थियो । जेठ २४ गते इस्तिहार प्रकाशित गरिएको थियो– आगे जागिरे ढाक्रे साहु महाजन रैती दुनियाँ गै¥हके यथोचित, उप्रान्त हाम्रो मुलुकको सुधारबारे २००४ साल जेठ ३ गते हामीबाट बक्सेको भाषणबमोजिम सुधारको पहिला किस्तास्वरूप भरमुलुकमा निर्वाचित म्युनिसिपलिटीहरू खडा गर्ने निकासा बक्सेको छ ।

सबै ठाउँमा एकै चोटी निर्वाचनको काम गर्न नभ्याउने र मुस्किल पर्ने समेत हुनाले पहिले काठमाडौँ म्युनिसिपलिटीको निर्वाचन अर्थात प्रतिनिधि छान्ने गरिबक्सेको छ । उत्तर महाराजगन्ज, दक्षिण बागमती, पूर्व धोवीखोला र पश्चिम विष्णुमती हाल तोकिएका यी चार किल्लाभित्र काठमाडौँ म्युनिसिपलिटी रहने भएकोले सो चार किल्लाभित्रको क्षेत्रफल यो पहिलापटक साविकबमोजिम २१ वडामा विभाजित गरी सो १÷१ वडाबाट दुनियाँले १र१ सदस्य छान्ने गरिबक्सेको हुनाले सदस्य छान्दा २५ वर्ष पुगिसकेका लोग्ने मानिसहरूलाई मात्र छान्ने र सो छान्ने मानिसहरूमा पनि २१ वर्ष नाघिसकेका लोग्ने मानिसहरूले मात्र भोट गर्न पाउनेछन् ।

काठमाडौँ म्युनिसिपलिटीको निर्वाचन गर्ने काम यही जेठ २९ गते बुधबारका दिन ११ बजेदेखि ३ बजेतह गर्ने मुकर्रर भएको छ । यस काममा तिमीहरूका मद्दतका निमित्त खटिएका कर्मचारीहरूको रेखदेखमा म्युनिसिपलिटीको काम गर्नसक्ने तिमीहरूको प्रतीतको असल, लायक, अनुभवी प्रतिनिधि छानी पठाउने काम गर । निज छानिएका प्रतिनिधिहरूले हालसाललाई अहिले भैराखेको नियम सवालबमोजिम काम चलाइ निर्वाचनसम्बन्धी नियम म्युनिसिपलिटीका इलाका र वडा छुट्याउने भोटरहरूको नामावली तयार गर्ने र अरू चाहिएका आधुनिक नियमसमेत तयार गरी जाहेर गर्नेछन् । 

त्यसबखत काठमाडौँ नगरमा १३ हजार ४४९ घरधुुरीको जनसङ्ख्या ६८ हजार ११८ थियो । सबैभन्दा बढी घर वडा नम्बर ९ मा ९५८ र सबैभन्दा बढी जनसङ्ख्या वडा नम्बर ११ मा छ हजार ६०३ थियो । वडा नम्बर १ मा थापाथली, डिल्लीबजारलगायत टोल, वडा नम्बर २ मा त्रिपुरेश्वर, पचली, टेकुदोभानलगायत टोल, वडा नम्बर ३ मा मुसुबहाल, गोफले, नायपाचोलगायत टोल, वडा नम्बर ४ मा ज्याबहाल, लगनटोल, इतुनतीलगायत टोल, वडा नम्बर ५ मा वसन्तपुर, झोछेँ, चिकमुगललगायत टोल, वडा नम्बर ६ मा जुद्धसडक, टेबहाल, खिचापोखरीलगायत टोल, वडा नम्बर ७ मा मरुटोल, जैसीदेवल, लाखेननीलगायत टोल, वडा नम्बर ८ मा मखन, यट्खा, प्युखा, इन्द्रचोकलगायत टोल, वडा नम्बर ९ मा केलटोल, असन, बाङ्गेमुढा, नरदेवीलगायत टोल, वडा नम्बर १० मा भोटाहिटी, महाबौद्ध, वटु, दुगम्बहिललगायत टोल पर्थे ।

त्यस्तै, वडा नम्बर ११ मा कमलाक्षी, ठमेल, ट्यौड, ज्याठा आदि टोल, वडा नम्बर १२ मा न्हैकतला, न्ह्योखा, नघल, क्षेत्रपाटी आदि टोल, वडा नम्बर १३ मा धोबीचौर, कुस्लेचौर, नौमुगल आदि टोल, वडा नम्बर १४ मा मरुप्याफल, दमाई टोल, मरुबहिल आदि टोल, वडा नम्बर १५ मा पकनाजोल, नयाँबजार, कालधारा, खुसिबुँ आदि टोल, वडा नम्बर १६ मा गल्कोपाखा, लैनचौर आदि टोल, वडा नम्बर १७ मा लाजिम्पाट, टङ्गाल, बालुवाटार, महाराजगञ्ज आदि टोल, वडा नम्बर १८ मा लैनपानीपोखरी, धोबीधारा, लैनरानीबारी आदि टोल, वडा नम्बर १९ मा भाटभटेनी, विशालनगर, नक्साल, हाँडीगाउँ, मालीगाउँ आदि टोल, वडा नम्बर २० मा कमलपोखरी, ज्ञानेश्वर, नारायणहिटी आदि टोल र वडा नम्बर २१ मा बागबजार, धोबीधारा, टुँडिखेल आदि टोललाई समावेश गरिएको थियो ।

२००४ साल जेठ २४ गते शुक्रबार सरकारले अर्को सूचना गोरखापत्रमा सार्वजनिक गरेको थियो– काठमाडौँ म्युनिसिपलेटीको सदस्यहरू छान्ने बारे प्रकाशित भएको इस्तिहारबमोजिम सदस्यहरूको निर्वाचन बुधबार जेठ २९ गते हुने भएकाले आगामी सोमबार ४ बजेसम्म हर एक वडाबाट खडा हुने उम्मेदवारहरू चार जनासम्मको नाम वडाको प्रतिष्ठित मानिसहरूको राय मिलाइ म्युनिसिपल गोश्वारामा पेस गर्नु । सो कागतमा उम्मेदवारको मन्जुरी र प्रतिष्ठित मानिसहरू १५ जनासम्मको सही छाप हुनुपर्छ । २१ वडाबाट १/१ सदस्यका हिसाबले छानिनेछ । जस सदस्यले सबभन्दा बर्ता भोट पाउनेछन् उही सदस्य मुकर्रर हुनेछन् । सदस्यका निर्वाचनमा भोट दिन पाउनेहरूलाई घरघरमा टिकट बाँड्न सोमबार मंगलबार विहान ७ बजेदेखि १० बजेसम्म र साँझमा ३ बजेदेखि ७ बजेसम्म सर्कारी कर्मचारीहरू आउनेछन् ।

जेठ २९ गते निर्वाचन सम्पन्न भयो । ठाउँ–ठाउँमा ट्याङ्कर ९मतपेटिका० राख्ने व्यवस्था गरिए । जेठ ३१ गते निर्वाचन परिणाम सार्वजनिक गरियो । निर्वाचन रेखदेख गर्न अर्थात् निर्वाचन अधिकृतका रूपमा त्रिचन्द्र क्याम्पसका प्राध्यापक वा विद्यालयका शिक्षकलाई मात्र खटाइयो । वडा नम्बर १ मा. गेहेन्द्रनाथ पण्डित, वडा नम्बर २ मा पं। भेषराज शर्मा, वडा नम्बर ३ मा मोहनबहादुर डङ्गोल, वडा नम्बर ४ मा मा. विष्णुलाल डङ्गोल, वडा नम्बर ५ मा हरिकृष्ण श्रेष्ठ, वडा नम्बर ६ मा त्रिपुवरसिंह प्रधान, वडा नम्बर ७ मा कर्णबहादुर श्रेष्ठ, वडा नम्बर ८ मा पन्नाप्रसाद जोशी, वडा नम्बर ९ मा पूर्णबहादुर श्रेष्ठ, वडा नम्बर १० मा साहु उदयलाल श्रेष्ठ, वडा नम्बर ११ मा भुवनलाल प्रधान निर्वाचित हुनुभयो । 

त्यस्तै, वडा नम्बर १२ मा पुष्करलाल मास्के, वडा नम्बर १३ मा कृष्णबहादुर मानन्धर, वडा नम्बर १४ मा शेषराज दली, वडा नम्बर १५ मा प्रो. यदुनाथ खनाल, वडा नम्बर १६ मा प्रकाशमान प्रधान, वडा नम्बर १७ मा ईश्वरीप्रसाद रिमाल, वडा नम्बर १८ मा तेजशङ्कर उपाध्याय, वडा नम्बर १९ मा शारदाप्रसाद उपाध्याय, वडा नम्बर २० मा रामजीप्रसाद शर्मा र वडा नम्बर २१ मा पं. शङ्करदेव पन्त निर्वाचित हुनुभयो ।

सरकारका तर्फबाट चिकित्सक, इन्जिनियर, साहुमहाजन आदिबाट १० जना मनोनीत सदस्य थप गरियो । काठमाडौँ म्युनिसिपलिटीको चेरयरम्यानमा मनोनीत गरिनुभएका लेफ्टिनेन्ट कर्णेल गेहेन्द्रशमशेर थापालाई बनाइयो भने भाइस चेयरम्यान जनताबाट निर्वाचित शङ्करदेव पन्त बन्नुभयो । साउन ३ गते प्रधानमन्त्री पद्मशमशेरले भाषण गर्नुभयो– यो निर्वाचनको सिद्धान्त नेपालमा पहिलो पटक प्रयोग भएकाले पूरा सन्तोषजनक भयो होला भन्ने विश्वास छैन तापनि जुनसुकै कामको पनि एक पटक सुरु गराइदिएपछि सिलसिला बस्दै जाने बुझेकै छौ ।साउन ६ गते काठमाडौँ म्युनिसिपलिटीको पहिलो बैठक सम्पन्न भयो । साताको एक दिन बैठक बस्ने, विधान उपसमिति गठन गर्नेलगायतका आठ निर्णय बैठकले गरेको थियो ।

(गोरखापत्र दैनिकका लागि पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको समाचार)


प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  २१:२२
प्रतिक्रिया दिनुहोस्
थप आजको पत्रिका
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा आइतबार, फागुन १४, २०७९
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य 
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य  शनिबार, माघ २१, २०७९
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने 
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने  सोमबार, माघ ९, २०७९
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी 
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी  शनिबार, पुस २३, २०७९
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य 
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य  बुधबार, पुस २०, २०७९
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा  सोमबार, पुस १८, २०७९
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान आइतबार, पुस १०, २०७९
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत शुक्रबार, पुस ८, २०७९
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ? 
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ?  शनिबार, पुस २, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्