Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • अष्ट्रेलियामा दिवंगत छोरीको सम्झनामा बनाइएको नेपाली शैलीको मन्दिर: दर्शनार्थी बढ्दै 
अष्ट्रेलियामा दिवंगत छोरीको सम्झनामा बनाइएको नेपाली शैलीको मन्दिर: दर्शनार्थी बढ्दै 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, वैशाख ४, २०७९

मेलबर्न। सन्तान गुमाउनुको पीडा जीवनभर रहिरहन्छ। तर श्रेष्ठ परिवारको मन अहिले केही हलुका बनेको छ। मन्दिरसंगै मुस्कुराइरहेकी छिन् जस्तो लाग्छ, छोरी ब्रिष्टि श्रेष्ठ। नेपाली मात्र नभई भारतीय समुदायका बीच पनि प्रसिद्ध भइरहेको गणेश मन्दिरले मनमा धेरैसमय पछिको उज्यालो ल्याइदिएको छ। 

नेपालको पाटन पुर्ख्यौली घर भई हाल मेलबर्नमा बसोवास गर्दै आउनुभएका श्रेष्ठ दम्पत्ति उमेश श्रेष्ठ र जस्मिन श्रेष्ठकी छोरी ब्रिष्टिको सानो उमेरमा नै निधन भएको थियो। ६ वर्षको कलिलो उमेरमै ब्रेनक्यान्सर भएपछि उनको निधन भएको थियो। दुई छोरी सहितको सुखी परिवारमा आएको त्यो पीडादायी क्षणले उहाँहरुलाई विक्षिप्त बनायो। 

शोकलाई शक्तिमा रुपान्तरण गर्दै श्रेष्ठ दम्पत्तिले बेन्डिगो भन्ने ठाउँमा नेपाली शैलीको गणेश मन्दिर निर्माण गर्नुभएको छ। यो गणेश मन्दिरमा नेपालीपनको झल्को दिनका लागि लागि मन्दिरको टुँडाल, मूर्ति, सिंह नेपालबाट ल्याइएको थियो। त्यस्तै, सिड्नीबाट एक सहयोगीले मण्डला र पानस दान गर्नुभएको थियो। श्रेष्ठ दम्पत्तिका अनुसार, मन्दिर निर्माण गरेको ठाउँ त्यहाँ मुखमा अर्थात् शुरुमा पर्छ। हिन्दु धर्म अनुसार, शुरुमा सधै गणेश भगवानको पूजा गरिने हुँदा गणेश मन्दिर निर्माण गरिएको हो।

मन्दिर निर्माणको उद्देश्यबारे पेशाले इलेक्ट्रिकल इन्जिनियर उमेश श्रेष्ठ बताउनुहुन्छ, "छोरीको सम्झनामा, उनको नाममा हामीले विभिन्न ठाउँमा डोनेसन दियौं। बाल अस्पतालमा समेत सहयोग गर्यौं। तर हामीलाई त्यो ‘कनेक्सन’ महसुस भएन। हामी हाम्री छोरी भौतिक रुपमा जीवित नभए पनि उसको आत्मा महसुस गर्न सकौं, उसको नाम जीवित रहोस् भन्ने चाहन्थ्यौं। त्यसैक्रममा हामीलाई पिस पार्कमा ठाउँ उपलब्ध भयो। संयोग कस्तो रह्यो भने, त्यही ठाउँमा छोरीको अस्तु राखिएको थियो। त्यहाँ विभिन्न धर्म तथा समुदायका मठ, मन्दिर, गुम्बा रहेका छन्। तर नेपाली शैलीमा बनेको मन्दिर भने थिएन। त्यसैले हामीलाई नेपाली शैलीको मन्दिर बनाउने प्रस्ताव आयो। छोरीको नामको कनेक्सन जुन महसुस गर्न चाहन्थ्यौं, त्यो हामीले यस कार्यबाट मिल्छ भन्ने महसुस गर्यौं। श्रीमती र मैले परिवार, आफन्त, साथीहरुसंग कुराहरु राख्यौं। उहाँहरुको पनि सकारात्मक प्रतिक्रिया आयो। त्यसपछि मन्दिर निर्माण गर्नेको योजना अगाडी बढाएका थियौं "। 

छोरीको सम्झनामा निर्माण गरिएको यो मन्दिरले एक वर्ष पूरा गरेको छ। गत अप्रिल १० तारिखमा मन्दिरको वार्षिकोत्सव कार्यक्रम समेत आयोजना गरिएको थियो। उक्त वार्षिकोत्सव कार्यक्रममा बेन्डिगो आसपासका नेपाली तथा अन्य समुदायका हिन्दु धर्मावलम्बीहरुको उल्लेख्य सहभागिता रह्यो। कार्यक्रममा पूजारीहरुद्वारा विशेष पूजा समेत गरिएको थियो। अब हरेक वार्षिकोत्सवमा यसरी पूजा सहितको कार्यक्रम राखिने श्रेष्ठले जानकारी गराउनुभयो। 

वार्षिकोत्सव कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, " वार्षिकोत्सवमा बेन्डिगो आसपासका नेपाली, भारतीय, श्रीलंकाली लगायत  समुदायका दर्शानार्थी आउनुभएको थियो। उहाँहरुले यो मन्दिर निर्माण भएका कारण आफूहरु मन्दिर दर्शनका लागि टाढा-टाढा जानु नपरेको बताउँदा अत्यन्तै खुसी लाग्यो। भारतीय समुदायका दर्शार्थीहरु हरेक साता जाने गर्न थाल्नुभएको छ। उहाँहरुको त्यो उत्साहजनक सहभागिता देख्दा, दर्शन गर्न निरन्तर जाने गरेको प्रतिक्रिया सुन्दा मन आनन्दित बन्यो। जुन उद्देश्यले मन्दिर निर्माण गरेका थियौं, त्यो उद्देश्य पूरा भएको जस्तो लागिरहेको छ। " 

मन्दिरलाई अझ सुन्दर र नेपाली प्रतिनिधित्व सहितको बनाउनका लागि श्रेष्ठ दम्पत्तिले स्तुपा, ढुंगेधारा निर्माणको योजना अगाडी बढाउनुभएको छ। यसका लागि प्रयासरत उहाँहरुले गणेश अंकित टोपी बिक्रि समेत गरिरहनुभएको छ। उक्त टोपी बिक्रिबाट आएको रकम मन्दिरको आगामी योजना अगाडी बढाउन प्रयोग हुनेछ। टोपी बिक्रिका लागि समेत समुदायबाट सहयोग मिलिरहेको उल्लेख गर्दै मन्दिर निर्माणको कार्यदेखि निरन्तर सहयोग गरिरहनुभएका सबैप्रति आभार व्यक्त गर्नुभयो। 

मन्दिर निर्माण पछिका आफ्ना अनुभव सुनाउंदै उहाँ भन्नुहुन्छ," मन्दिर संचालनमा आउँदा मलाई अर्कै महसुस भयो। फुर्सदमा त्यहाँ जान्छु, सफा गर्छु, केहीछिन बस्छु। छोरीको समिपमा पुगेको महसुस हुन्छ। छोरीका लागि केही त गर्न सकें भन्ने भयो। र, त्यसमा पनि अझ नेपालको परिचय पनि जोडिंदा निकै आनन्द लागेको छ "। 

श्रेष्ठ दम्पत्तिकी छोरी वृष्टि बिरामी हुँदा उनले डिज्नेल्याण्ड जाने इच्छा व्यक्त गरेकी थिइन्। त्यतिबेला त्यो उनको सपना थियो। बिरामी छोरीको सपना पूरा होस् भनेर उहाँको अफिसले ८ हजार डलर तथा रोटरी क्लबले ५ हजार डलर दिएका थिए। तर छोरीलाई प्लेनमा लैजानको लागि डाक्टरहरुले नदिएपछि छोरीको त्यो सपना पूरा हुन पाएन। र, त्यो रकम अफिस तथा रोटरी क्लबले फिर्ता लिन मानेनन्। सन्तानको गुमाएको पीडा कम हुन्छ भनेर त्यो रकमबाट घुम्न जाने सुझाव दिए। तर श्रेष्ठ दम्पत्तिको मनले मानेन। र, त्यही रकम उहाँहरुले मन्दिर निर्माणमा लगाउनुभयो। 

त्यो रकम पनि पर्याप्त थिएन। नेपालमा भूकम्प गएको समयमा नेपाली हुनुका नाताले नेपालप्रतिको कर्तव्य महसुस गरेर बेन्डिगोमा बसोवास गर्ने नेपालीहरुले अस्-नेपाल फाउन्डेसन भन्ने संस्था स्थापना गरेका थिए। भूकम्प पिडितको सहयोगका लागि संस्थामा दाताहरुबाट सहयोग आएको थियो। त्यो रकम संस्थाले धादिङ्गमा प्राथमिक स्कुल निर्माणको लागि सहयोग गर्यो र त्यसपछि पनि केही रकम बाँकी रहेको थियो। संस्थाका पदाधिकारीहरुले उक्त बाँकी रकम यो गणेश मन्दिर निर्माणको लागि प्रदान गर्ने निर्णय गर्नुभयो। त्यसैगरी अन्य दाताबाट पनि प्राप्त सहयोग जम्मा गरेर हामीले निर्माण कार्य सम्पन्न भएको थियो।

अहिले यो गणेश मन्दिर नेपालीहरुको पहिचान, श्रेष्ठ दम्पत्तिको मन बिसाउने ठाउँ र दर्शनार्थीहरुको धार्मिक स्थल बनिरहेको छ। 


प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्