विश्वभरका विद्यार्थीहरुका लागि करियर हब बनिरहेको अष्ट्रेलियामा तास्मानिया पछिल्लो समय आकर्षणको केन्द्र बनिरहेको छ। गुणस्तरीय शिक्षा संगै करियरका धेरै अवसर तथा सरकारी सुविधाहरुले गर्दा तास्मानियामा नेपाली विद्यार्थीहरुको पनि वसोवास बढिरहेको छ।
यसैबीच स्टडी तास्मानियाले विभिन्न देशका कन्सल्टेन्सी तथा माइग्रेसन एजेन्टहरुलाई तास्मानियाको अवलोकन भ्रमण गराएको छ। तास्मानियाको शैक्षिक क्षेत्र, आर्थिक, सामाजिक पक्षहरु लगायत समग्र तास्मानियाको बारेमा जानकारी तथा त्यहाँका अवसरहरु देखाउने उद्देश्यले ११ देशका प्रतिनिधिहरुका लागि भ्रमणको आयोजना गरिएको हो। जसमा नेपालका तर्फबाट कँडेल कन्सल्टेन्सीका प्रबन्धक राज कँडेल सहभागी हुनुभएको थियो। विगत १८ वर्षदेखि मेलबर्न तथा सिड्नीमा सेवा दिंदै आइरहेको कँडेल कन्सल्टेन्सीको विश्वसनीयताको सम्मान गर्दै प्रशंसा पत्र समेत प्रदान गरिएको छ।
![IMG-20231119-WA00011700814893.jpg](https://www.saralrekha.com/uploads/posts/IMG-20231119-WA00011700814893.jpg)
भ्रमणबाट नेपाली विद्यार्थीका लागि तास्मानिया एक उत्कृष्ट गन्तव्य रहेको महसुस गरेको उल्लेख गर्दै कँडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कँडेल भन्नुहुन्छ," उक्त अवलोकन भ्रमणमा मैले नेपाली मार्केटको प्रतिनिधित्व गर्ने अवसर पाएँ, जसमा हामीलाई युनिभर्सिटी अफ तास्मानिया, TasTAFE, भोकेसनल कोर्स पढाइ हुने निजि क्याम्पसहरु लगायत तास्मानियाका विभिन्न सहरमा रहेका शैक्षिक संस्थाहरुको भ्रमण गराइएको थियो। तास्मानिया शैक्षिक क्षेत्रमा नभई वातावरणीय हिसाबले पनि नेपाली विद्यार्थीहरुका लागि एकदमै उचित ठाउँ भएको मैले महसुस गरें। करियरका लागि भन्नु पर्दा, पर्यटन, रियल स्टेट देखि विभिन्न व्यवसायिक क्षेत्रमा तास्मानिया राज्य द्रुत गतिमा अगाडी बढिरहेको हुँदा करियर विकासका लागि प्रशस्त अवसरहरु रहेका छन्।"
उहाँले तास्मानियामा करिब एक सय देशका १० हजार विद्यार्थीले आफ्नो भविष्य बनाइरहेको जानकारी गराउँदै, त्यहाँको सरकार, शैक्षिक संस्थाहरु, बहुसांस्कृतिक समाज र स्वयम् नेपाली समुदायले नेपाली विद्यार्थीहरुलाई न्यानो स्वागत गरिरहेको उल्लेख गर्नुभयो। डाइरेक्टर कँडेलले यी विविध कारणले गर्दा तास्मानियामा नेपाली विद्यार्थीले व्यवसायिक मात्र नभई आफ्नो व्यक्तिगत विकास गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।
युनिभर्सिटी अफ तास्मानिया अण्डरग्राजुएट, पोस्टग्राजुएट तथा रिसर्च डिग्री तहमा पढाइ हुन्छ। आफ्नो गुणस्तरीय शैक्षिक सेवाका कारण विश्वभर परिचित यस युनिभर्सिटीमा बिजनेस एण्ड ल, साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ्ग, इन्भायरोमेण्ट, आर्ट्स, डिजाइन, सोसल साइन्स, एजुकेशन लगायत विधाका कोर्सहरु पढ्न सकिन्छ।