Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • सुमितको उडान: पेप्सीकोलाको सानो मैदानदेखि अष्ट्रेलियाको मेलबर्न बास्केटबल लिगसम्म
सुमितको उडान: पेप्सीकोलाको सानो मैदानदेखि अष्ट्रेलियाको मेलबर्न बास्केटबल लिगसम्म
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, चैत २४, २०७८

 मेलबर्न। काठमाडौंको पेप्सीकोलामा दाइहरुले बनाएको कोर्टमा पहिलो पटक खेल्दा सुमित थापालाई कुनै दिन अष्ट्रेलियामा प्रतिष्ठित लिगमा खेल्नेछु भन्ने लागेको थिएन। १४ वर्षको उमेरदेखि बास्केटबल खेल्न थालेका ती सुमित अहिले अष्ट्रेलियावासी नेपाली समुदायका लागि गर्व बनिरहेका छन्। थापा मेलबर्नको प्रतिष्ठित लिग (एमबीएल लिग) मा फाइनलसम्म पुग्ने पहिलो नेपाली बनेका छन्। यसलाई आफ्नो ठूलो उपलब्धि नठान्ने उनको सपना छ, फाइनलमा जितेर गोल्ड मेडल सहित नेपाल जाने। 

नेपालमा खेल्न सुरु गर्दाका ती दिन सम्झिँदै सुमित भन्छन्,"हाम्रो टोलका आदरणीय दाइहरु व्यापक थापा, सविन थापा, राधेश्याम थापा, प्रकाश थापा, विकेश के सी, राज थापाले खाली ठाउँको उपयोग गर्दै बास्केटबल कोर्ट बनाउनुभयो। त्यसपछि त्यहाँ साथीहरुसंग खेल्दा खेल्दै मलाई बास्केटबल खेल्ने रुची जागेको हो। यदि दाइहरुले त्यो खाली जग्गालाई त्यसरी उपयोग नगर्नुभएको भए, सायद म आज यो ठाउँमा हुन्नथें होला। दाइहरुको त्यो काम, खेल्नका लागि हामीलाई दिनुभएको प्रेरणाले मलाई अहिले पनि हौसला मिल्छ "। 

पेप्सीकोलाको सानो कोर्ट हुँदै सुमित विद्यालय स्तरीय, क्षेत्र स्तरिय प्रतियोगितामा खेल्न थाले। २०१२/१३ मा उनले भारतमा समेत खेल्ने अवसर पाए। खेल प्रतियोगिताको आकारसंगै उनको सपनाको आकार पनि बढिरहेको थियो। विकसित देशमा हुने ठूला प्रतियोगिता टेलिभिजनमा देख्दा उनका आँखा ती ठूला प्रतियोगितामा आफू खेलिरहेको दृश्य छाउँथ्यो। 

यसैबीच सुमित थापा २०१५ मा अष्ट्रेलिया आए। साहसी, मेहनती र दृढ स्वभावका उनले अष्ट्रेलियामा पनि आफ्नो सपनालाई पछ्याए। यहाँ आएर उनले बास्केटबल खेल यात्राको अगाडीको बाटो खन्न थाले। सुरुमा उनी साना-साना प्रतियोगिता खेल्ने गर्थे, उनलाई थाहा थियो, माथि चढ्नका लागि उनले आधार बनाउनु छ। साना-साना प्रतियोगितामा खेल्दै गर्दा उनी बास्केटबल खेलाडी तथा खेलप्रेमीहरुको नजरमा पर्न थाले।

त्यसपछि सुमितले २०१७ मा भिक्टोरियन लिगमा रेभिन्सबाट खेल्ने अवसर पाए। त्यसपछि २०१९ मा ब्ल्याकबर्न ग्रिफिन्सबाट खेल्न थाले। टिमको क्याप्टेन बनेका सुमितले सेमीफाइनलमा हार व्यहोर्नुपर्यो, तर उनको मेहनत र नेतृत्वदायीदायी क्षमताका कारण २०२०/२०२१ मा क्यापटेन अफ द इयर बन्न सफल भए। आफ्नो क्षमता, मेहनत र त्यो हारबाट सिकेको अनुभवलाई उपयोग गर्दै सुमित यो वर्ष फाइनलमा प्रवेश गरेका छन्। फाइनल खेल आगामी अप्रिल १०, आइतबार दिउँसो २:४५ देखि सुरु हुनेछ। रभिल्ले स्टेडियम, कोर्ट १ मा हुने उनको खेल रेडब्याक्स विरुद्ध हुनेछ। 

अबको योजना के छ त भन्ने हाम्रो प्रश्नमा सुमित भन्छन्, "अहिले तत्काल भन्नुपर्दा, फाइनलमा जितेर गोल्ड मेडल लिएर नेपाल जाने पहिलो सपना हो। र, त्यहाँ गएर आफू खेलेको बास्केटबल कोर्टलाई अझ राम्रो बनाउनुपर्छ। दिर्घकालिन योजना भन्नुहुन्छ भने, नेपाल फर्केर बास्केटबल एकेडेमी खोल्न चाहन्छु, त्यहाँबाट राम्रा खेलाडी र उनीहरुका लागि राम्रो अवसर सिर्जना गर्न चाहन्छु। देश र मेहनत सानो कहिल्यै पनि हुँदैन। मेहनत गर्दा सकिने रहेछ भन्ने म आफै उदाहरण बनेको छु। अब युवाहरु पैसा कमाउन मात्र विदेश जाँदैनन् भन्ने उदाहरण बन्नु छ "। 

सुमितले आफूले खेलेको पेप्सीकोलाको बास्केटबल कोर्टको जिर्णोद्दार गरेका छन्। अब गोल्ड मेडल जित्ने पहिलो सपना पूरा गरेर त्यो बास्केटबल कोर्टलाई अझै राम्रो बनाउने सपना पूरा गर्न उनी आतुर छन्। 


 


प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्