Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • भिक्टोरियावासी नेपालीका लागि फुटी टुर्नामेन्ट खेल मात्र होइन, सुन्दर अवसर हो: सुरेश महर्जन 
भिक्टोरियावासी नेपालीका लागि फुटी टुर्नामेन्ट खेल मात्र होइन, सुन्दर अवसर हो: सुरेश महर्जन 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, चैत १८, २०७८

मेलबर्न। भिक्टोरियाको नेपाली समुदायले यसपटक एउटा इतिहास रच्ने भएको छ। भिक्टोरियामा वसोवास गर्न थालेको तीन दशकमा नेपाल पहिलो पटक फुटी वर्ल्ड कपमा सहभागी हुनेभएको हो। फुटी खेललाई भिक्टोरियामा एउटा परम्पराको रुपमा लिइन्छ। त्यसैले विभिन्न समुदायबीच आपसी सद्भावको उद्देश्य सहित अष्ट्रेलियन फुटी इन्टरनेशनलले फुटी वर्ल्ड कपको आयोजना गर्दै आएको छ। यसपटकको टच फुटी वर्ल्डकप २०२२ मा आयोजक संस्थाले नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) मार्फत नेपाली समुदायलाई निमन्त्रणा गरेको हो। 

प्रतियोगितामा नेपालसंगै फिलिपिन्स, मेक्सिको, मलावी, स्विजरल्याण्ड, ब्राजिल, न्यूजील्याण्ड, वेल्स गरी ८ टिमको सहभागिता रहनेछ। नेपाल टिमको सहभागिताका लागि न्याभले नेतृत्व गरिरहेको छ भने रोयल वेस्टर्न क्लबले सहकार्य गरेको छ र एनआरएनए भिक्टोरिया सपोर्टरका रुपमा रहेको छ। 

यसै सन्दर्भमा रहेर आज हामीले व्यवसायी तथा सामाजिक अगुवा सुरेश महर्जनसंग विशेष कुराकानी गरेका छौं। सुरेश महर्जन आइआरएम(IRM) रियाल्टिका डाइरेक्टर हुनुहुन्छ। आइआरएम रियाल्टि यो फुटी वर्ल्ड कपमा नेपाली टिमका लागि मूख्य प्रायोजक संस्था मध्ये एक हो। 

फुटी वर्ल्ड कपमा नेपाली टिमको सहभागिताले कत्तिको उत्साहित हुनुहुन्छ ?
जित-हार पछिको कुरा हो, अहिलेका लागि यो सहभागिता नै हाम्रा लागि महत्त्वपूर्ण छ। अहिलेसम्म नेपाली टिम सहभागी हुने अवसर मिलेको थिएन। यो अवसर अहिले मिलेको छ। हाम्रा लागि खुसीको क्षण, ऐतिहासिक क्षण हो। मलाई लाग्छ, म मात्र नभएर सिंगो समुदाय अहिले उत्साहित छ। 

फुटी टुर्नामेन्टको सहभागिताले नेपाली समुदायलाई कस्तो सहयोग पुर्याउनेछ भन्ने अपेक्षा राख्नुभएको छ ?
अष्ट्रेलियामा फुटीलाई निकै महत्त्व दिइन्छ। फुटी भनेको यहाँको परम्परा जस्तै हो। त्यसैले यहाँको बहुसांस्कृतिक समाजमा नेपाली समुदायलाई चिनाउनका लागि यसले धेरै ठूलो मद्दत गर्नेछ। यसबाट हामीलाई सम्बन्ध विस्तार गर्न, स्थानिय तथा सरकारी तहसम्म पहुँच पुर्याउनु पनि सहज हुनेछ। त्यसैले अहिलेको सहभागिताबाट सिक्दै, अनुभव लिंदै आगामी टुर्नामेन्टमा सहभागी हुने तयारी गर्नुपर्छ। अर्कोतिर, समुदायलाई एकताबद्ध गर्नका लागि खेल सबैभन्दा बलियो माध्यम हो। फरक विचार र आस्था राख्नेहरुका बीचमा पनि खेलले एकता ल्याउँछ। 

फुटी टुर्नामेन्टमा प्रायोजकका रुपमा कसरी जोडिनुभयो ?
म समाजमा धेरै घुलमिल हुन, सामाजिक काममा सक्रिय हुन मन पराउने मान्छे हूँ। नेपालमा म पेशाले फोटो पत्रकार थिएँ। राष्ट्रिय दैनिकहरुमा फोटो पत्रकारिता गर्थें। त्यसले मलाई समाज बुझायो। न्याभसंगको सहकार्यको कुरा गर्दा, हाम्रो सोलाङ्ग्चर टिम छ, जसले यहाँ नेपाली पहिचानको प्रबर्द्धन गर्ने किसिमका सांस्कृतिक लगायत विभिन्न कार्यक्रम गर्दै आएको छ। विदेश आएरपनि नेपाली संस्कृति /परम्परालाई कसरी जोगाउन सकिन्छ भन्ने ध्येयले काम गरेका छौं। त्यसैक्रममा, हामीले न्याभसंग सहकार्य गरेर तीज लगायत विभिन्न नेपाली सांस्कृतिक कार्यक्रम गर्यौं, जुन निकै मन पराइयो। त्यसैले म न्याभसंग सधै नजिक रहें। अहिले आइआरएमद्वारा जोडिने मौका मिल्यो। टुर्नामेन्टका लागि यसरी प्रायोजकको रुपमा रहन पाउँदा निकै खुसी लागिरहेको छ। यसका लागि न्याभ र संयोजक प्रेम राज उप्रेतीजीप्रति आभारी छु। र, न्याभ तथा प्रेमजीले नेपाली समुदायको खेल क्षेत्रलाई अगाडी बढाउन जुन प्रयास गरिरहनुभएको छ, अत्यन्तै सह्रानीय छ। 

फोटो पत्रकारिता, इभेन्ट, कला-संस्कृतिमा रमाउनुभएको व्यक्ति रियल स्टेट क्षेत्रमा चाहिं कसरी आउनुभयो ?
अष्ट्रेलिया आएपछि पनि म फोटोग्राफीमै रमाइरहेको थिएँ। सन् २००८ मा अष्ट्रेलिया आएँ। म अष्ट्रेलिया आएको ८औं दिनमा नेपाल फेस्टिवल थियो। त्यहाँ मैले स्टल लिएर फोटो प्रदर्शन गरेको थिएँ। केही समय निरन्तर मैले फोटो प्रदर्शन गरें। नेपाली प्रकृति र संस्कृति वास्तविक झल्किने फोटोहरु सबैले मन पराउनुभयो। पछि घर खोज्ने, किन्ने क्रममा मलाई रियल स्टेट क्षेत्रको काम के हुनेरहेछ, कसरी काम हुनेरहेछ भन्ने केही थाहा भयो, त्यसपछि मैले त्यस बारेमा झन् बुझ्न थालें। २०१४ देखि मैले रियल स्टेटमा करियर सुरु गरेको हूँ। त्यस दौरान यहाँका ठूला कम्पनीहरुमा काम गर्ने अवसर मिल्यो। त्यो अनुभव र सिकाई लिएर आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरें। आइआरएम रियाल्टिमा हाम्रो सात जनाको टिम रहेको छ। २०२० देखि सुरु गरेका हौँ र हालसम्म सबैको साथ मिलिरहेको छ, अब पनि मिल्नेछ भन्नेमा आशावादी छौं। 

आइआरएमको लक्षित बजार र यसले दिंदै आएका सेवा के-के हुन् ?
हाम्रा सेवाग्राही नेपाली समुदाय मात्र नभएर, यहाँको स्थानीय तथा अन्य समुदायका पनि हुनुहुन्छ। हामीले अहिले खरिद, बिक्री, निर्माण, भाडा  लगायत काम गर्दै आएका छौं। हाम्रो सेवामा हाम्रो समुदाय सधै प्राथमिकतामा पर्छ। केही सल्लाह लिनु छ भने, निर्धक्क हामीसंग सम्पर्क गर्नुस्। हतार गरेर घर किन्ने काम नगर्नुस्। त्यसको हालको स्थिति, भविष्यको मूल्य सबै हेरेर मात्र किन्नुपर्छ। त्यसैगरी, पहिलो घर किन्नेलाई सरकारले विभिन्न सुविधा दिइरहेको हुन्छ, त्यसको पनि लाभ लिन सक्नुहुन्छ। 

नेपाली व्यवसायीहरुलाई अष्ट्रेलियामा व्यवसाय गर्न कत्तिको चुनौतीपूर्ण देख्नुहुन्छ ?
यो अवसरको देश हो। यसो भन्दैमा बिना तयारी केही सुरु गरेर माथि पुगिन्छ भन्ने होइन। आफ्नो क्षमता र लक्ष्यलाई बुझेर मेहनत गर्नुपर्छ। यहाँ अहिले हरेक क्षेत्रमा नेपालीले प्रगति गरिरहेका छन्। नयाँ आउन चाहनेका लागि पनि एकदमै राम्रो छ। 

अन्त्यमा, नेपाली समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउनका लागि कस्ता प्रयास हुनु जरुरी छ ?
अहिले पहिलेभन्दा नेपाली समुदायले धेरै प्रगति गरिरहेको छ। समुदायमा बृहत टुर्नामेन्टहरु भइरहेका छन्। राज्य तहका खेल समेत आयोजना भइरहेका छन्। क्लब बढिरहेका छन्। क्लब तथा खेलाडीको प्रदर्शन पनि राम्रो हुँदै गइरहेको छ। तर हामीले यो ख्याल गर्नुपर्छ कि, त्यहाँ खेल्ने खेलाडीहरुमा धेरै खेलाडीहरु विद्यार्थी हुन्छन्। उनीहरुले आफ्नो काम छोडेर तालिम र खेललाई समय दिनुपर्छ। र, समुदायलाई खेलमा अगाडी बढाउनका लागि खेलाडीलाई प्रोत्साहन गर्नु जरुरी छ। त्यसैले विद्यार्थीलाई हौसला प्रदान गर्न खेलका लागि उनीहरुले गरेको त्यागको सही मूल्यांकन गर्दै सहयोग गर्नुपर्छ। यो जिम्मेवारी क्लब, संस्था, सामाजिक अगुवा र हामी सबैको दायित्त्व हो।


प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्