Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • 'भिक्टोरियाको नेपाली समुदायमा न्याभ अवार्डले सकारात्मक प्रभाव पार्नेमा आशावादी छु' 
'भिक्टोरियाको नेपाली समुदायमा न्याभ अवार्डले सकारात्मक प्रभाव पार्नेमा आशावादी छु' 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, चैत १७, २०७८

मेलबर्न। आफ्ना सपनाहरु बोकेर अष्ट्रेलियाको भिक्टोरियामा २०१० मा पाइला टेक्नुभएका सुनिल भण्डारी हाल यहाँको नेपाली समुदायमा स्थापित व्यक्तित्व हुनुहुन्छ। सामुदायिक कार्यमा सधै सक्रिय उहाँ अष्ट्रेलियाको नेपाली समुदायमा प्रतिष्ठित अवार्डहरुको प्रयाय जस्तै बन्नुभएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अवार्ड कमिटीमा रहेर तीन वर्ष उहाँले काम गरिसक्नुभएको छ भने नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को अवार्ड समितिमा उहाँ २०१४ देखि निरन्तर हुनुहुन्छ। 

भिक्टोरियावासी नेपालीहरुको सबैभन्दा पूरानो संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले हरेक वर्ष न्याभ एक्सिलेन्स अवार्ड कार्यक्रम गर्दै आएको छ। विगत दुई वर्ष भने कोभिडका कारण स्थगित भएको अवार्ड कार्यक्रमको यस वर्षको नोमिनेसन अवधि सकिएको छ। न्याभले उक्त नोमिनेसन तथा मूल्यांकनका आधारमा आगामी अप्रिल ३ मा अवार्ड वितरण गर्ने बताएको छ। न्याभले अप्रिल ३ मै आफ्नो रजत जयन्ती विशेष समारोह समेत गर्दैछ। 

यसै सन्दर्भमा आज हामीले यो वर्ष पनि न्याभ एक्सिलेन्स अवार्ड समितिमा रहेर संयोजकको भूमिका निर्वाह गरिरहनुभएका सुनिल भण्डारीसंग विशेष कुराकानी गरेका छौं। 

न्याभको नोमिनेसन कस्तो रह्यो र मूल्यांकन प्रक्रिया कसरी अगाडी बढिरहेको छ भन्ने बारे बताइदिनुहोस् न! 
नोमिनेसन गत ६ मार्चसम्मका लागि खुल्ला रहेको थियो।  अवार्डका लागि ५ वटा विधा छुट्टाइएको थियो। भाषा तथा संस्कृति, व्यवसायिक या शैक्षिक उपलब्धि, नेतृत्व, वकालत तथा सामाजिक सक्रियता र नेपाली समुदायका लागि सह्रानीय काम गरी चार विधा र यी विधा बाहेकमा पर्नेहरुका लागि विकल्प स्वरुप 'अन्य'भनेर पाँच विधा रहेका छन्। सबै विधामा नोमिनेसन परेको छ। र, मूल्यांकन प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ। अवार्ड समितिबाट मूल्यांकन भइसकेको छ। 

न्याभ एक्सिलेन्स अवार्डको सुचना सबै समक्ष पुग्न सकेन भन्ने गुनासा आइरहेका छन् नि ! 
यो गुनासो जायज हो। पहिलो कुरा त, आयोजक संस्था न्याभले रजत जयन्ति मनाउँदै छ। न्याभ यहाँका हामी नेपालीका लागि अभिभावक संस्था  हो, यहाँको सबैभन्दा पूरानो संस्था। यसले मेलबर्न मात्र नभएर समग्र भिक्टोरियाका नेपालीलाई जोड्ने प्रयास गर्दै आएको छ। यसले गर्दा आयोजक समितिहरु, शुभेच्छुक तथा भिक्टोरियावासीको ध्यान रजत जयन्ति विशेष कार्यक्रममा परेको छ। यसले अवार्डलाई छायाँमा पार्यो। दोस्रो कुरा भनेको कोभिड पछिको समय भएकोले अनिश्चित समय रह्यो र पहिलेदेखि नै पर्याप्त तयारी गर्न नपाउँदा नोमिनेसनको अवधि छोटो हुन पुग्यो। यति हुँदाहुँदै पनि नोमिनेसन उत्साहजनक रहेको छ। यो उत्साहजनक सहभागिता र अहिलेका कमीकमजोरीलाई आउँदा दिनमा पक्कै पनि ध्यानमा राखिनेछ। 

यो सहभागिताले भिक्टोरियावासी समग्र समुदायलाई समेट्छ भन्ने कुरामा पनि कत्तिको विश्वस्त हुनुहुन्छ?
नेपाली समुदायको हित तथा नेपाली भाषा, कला तथा संस्कृतिको प्रबर्द्धनका लागि योगदान दिएका व्यक्तित्वहरुलाई अवार्ड मार्फत सम्मान गरौँ, राम्रो काम गरिरहेकाहरुलाई अवार्ड मार्फत प्रोत्साहन गरौँ भन्ने न्याभ अवार्डको मूख्य उद्देश्य हो। यसमा आफैले नभएर कोही दोस्रो व्यक्तिले नाम सिफारिस गर्नुपर्ने हुन्छ। यसले गर्दा राम्रो काम गरिरहेकाहरु छायाँमा रहनुभएको छ, अर्थात उहाँले गरेका काम बाहिर अरुले देखिरहेका छैनन्  भने त्यसले पक्कै पनि असर गर्नेभयो। त्यस्तै, कतिलाई चाहिं आफ्नो नाम सिफारिस गर्न आग्रहका लागि अप्ठ्यारो लाग्ला भने कतिलाई अवार्डको चाहना पनि नहोला। अघि भनेको जस्तै, कतिपय समक्ष सुचना नपुगेको होला या म्याद सकिएपछि सुचना पुग्यो होला। तर उद्देश्य भनेको सधै सबैलाई समेट्ने नै हुन्छ। यो कुरामा चाहिं विश्वस्त छौं कि, अहिलेको सहभागिताले पनि समग्र समुदायको विभिन्न क्षेत्र तथा कार्यका व्यक्तिको प्रतिनिधित्व गरेको छ। यसलाई अझ सहभागितामूलक कसरी बनाउने भन्ने कुरामा अब आउने अवार्ड कार्यक्रमहरुमा अझ बढी गृहकार्य गर्दै अगाडी बढ्नुपर्छ। 

अवार्ड भनेपछि त्यहाँसंगै विवाद पनि आउँछ, विशेषगरी पूर्वाग्रह भयो भन्ने कुराहरु आउँछन् ? न्याभ अवार्डलाई पूर्वाग्रह रहित बनाउनका लागि कस्ता प्रयास भएका छन् ?
हजुरले भन्नुभएको ठीक हो, विभेद, पूर्वाग्रह लगायत प्रश्नहरु प्राय:जसो अवार्डमा आउने गर्छन्। वास्तवमा भन्दा नेपालमा हामी नातावाद कृपावादको वातावरणमा हुर्कियौं। त्यसको प्रभाव केही हदसम्म यहाँ आएर पनि रहन्छ, कहिले हाम्रो सोंचमा, कहिले व्यवहारमा। त्यो हटाउनु जरुरि छ। न्याभ अवार्डको कुरा गर्दा, यसमा अवार्ड समितिका सदस्यले आफू वरिपरिका व्यक्तिको नाम सिफारिस गर्न या अरु व्यक्तिले अवार्ड समितिमा भएका व्यक्तिको नाम सिफारिस गर्न नपाउने नियम राखेका थियौं। त्यसैगरी, डकुमेन्टका आधारमा मूल्यांकन हुने नियम थियो। यसमा कसैले डकुमेन्टमा थोरै काम समावेस छन्, तर हामीलाई उसले गरेका अरु राम्रा काम पनि थाहा छ भनेपनि त्यही डकुमेन्टलाई मात्र अधार मानेर मूल्यांकन गरिएको छ। त्यसैले न्याभ अवार्ड पूर्वाग्रहरहित छ भन्ने कुरामा सबैलाई विश्वस्त हुन आग्रह गर्छु। 

हजुरले एनआरएनए अवार्ड समितिमा रहेर पनि काम गर्नुभयो, एनआरएनए अवार्ड पनि नेपाली समुदाय लक्षित नै अवार्ड भयो। एनआरएनए अवार्ड र न्याभ अवार्डमा के फरक छ ?
एनआरएनए अवार्ड अष्ट्रेलियाभरका लागि हुने हुनाले अझ बृहत् भयो। न्याभ अवार्ड भिक्टोरिया केन्द्रित भयो। त्यसैले एनआरएनए अवार्डसम्म पुग्न नसकेका भिक्टोरियावासी नेपालीलाई समेट्न सक्ने भयो। यसले गर्दा उनीहरुलाई एनआरएनए अवार्डसम्म पुग्ने, आफूलाई अझ माथिल्लो तहसम्म लैजाने हौसला मिल्छ। अर्को फरक भनेको, एनआरएनएमा धेरै विधा रहन्छन्, विद्यार्थीदेखि हरेकजसो पेशा समेटिन्छन् भन्ने न्याभ अवार्डका विधा विषयगत हुन्छन्।

समुदायको समृद्धिमा यी अवार्ड कार्यक्रमहरुले कसरी सहयोग गर्न सक्छन् ?
अवार्ड कार्यक्रम भनेको समुदायको हित र समृद्धिमा टेवा पुर्याउने गरी राम्रा काम गरिरहेका व्यक्तिहरुलाई हौसला प्रदान गर्ने हो। त्यसैले यस्ता अवार्ड कार्यक्रमहरुले समुदायको हरेक क्षेत्रमा सहयोग पुर्याउँछन्। अवार्डले विभेद निम्त्याउँछ भन्ने पनि तर्क आइरहेका छन्, पछिल्लो समय। तर यसका सकारात्मक पक्ष धेरै भएकोले नै सबैजसो देशमा विभिन्न क्षेत्रमा अवार्ड कार्यक्रम निरन्तर हुँदै आएका छन्। 

समुदायको समृद्धिको कुरा गर्दा, भिक्टोरियाको नेपाली समुदायको पहिले र अहिलेको अवस्थामा कस्तो फरक पाउनुहुन्छ ?
यहाँको नेपाली समुदाय जनसंख्याको हिसाबले, सहभागिताको हिसाबले, प्रगतिको हिसाबले सबैमा अगाडी बढिरहेको छ। यहाँको बहुसांस्कृतिक समुदायमा नेपाली समाजले आफ्नो पहिचान बनाइरहेको छ। वैज्ञानिक, व्यवसायी, जागिर, खेलकुद हरेकजसो क्षेत्रमा नेपालीहरुले आफूलाई अब्बल सावित गरिरहेका छन्। नयाँ विद्यार्थीहरुले पनि लगनशील, मेहनतीको रुपमा आफ्नो परिचय बनाइरहेका छन्। त्यसैले भविष्यमा नेपाली समुदायले आफ्नो पहिचानलाई माथि लैजाने सम्भावना अझ उच्च छ।

 


प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०२:२२
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्