Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • मेलबर्नका क्लबहरुबीच छुट्टै पहिचान बनाउँदै रोयल वेस्टर्न क्लब
मेलबर्नका क्लबहरुबीच छुट्टै पहिचान बनाउँदै रोयल वेस्टर्न क्लब
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, फागुन २, २०७८
rw8-1068x588.jpg

अष्ट्रेलियामा नेपाली समुदायका थुप्रै क्लबहरु स्थापित छन्। ती क्लबहरु मध्येको एक रोयल वेस्टर्न क्लबले मेलबर्नको नेपाली समुदायमाझ आफ्नो फराकिलो पहिचान स्थापित गर्न सफल भएको छ। रोयल वेस्टर्न क्लब मेलबर्नको पश्चिमी क्षेत्रमा क्रियाशील क्लब हो।

पढाइको सिलसिलामा नेपालबाट अष्ट्रेलियाको पश्चिम मेलबर्नमा पुगेका नेपाली युवाहरुले रोयल वेस्टर्न क्लबको स्थापना गरेका थिए। फुटबल खेलप्रतिको रुचीकै कारणले टिम बनाई हरेक सदस्यबाट १ सय डलर जम्मा गरेर क्लबको सुरुवात गरेको बताउँछन्, क्लबका संस्थापक अध्यक्ष विजय खड्का। नेपालमा रहँदादेखि नै फुटबल खेल खेल्ने गरेका सात जना युवा मिलेर ‘टुगेदर वि क्यान’ भन्ने नारा सहित क्लबको जग बसालेका थिए। क्लबमा अध्यक्ष खड्का संगै पवन न्यौपाने, राजेश श्रेष्ठ, दीपेन्द्र खड्का, सोमराज बिमली, अशेष कुमार सिंह, प्रतिक केसी रहेका थिए।

टिमका सातै जना सदस्य करियर निर्माणका लागि संघर्ष गर्दै थिए। तर आफ्नो रुचीलाई निरन्तरता दिन चाहेका उनीहरुले तनाव व्यवस्थापन पनि हुने, एक आपसमा चिनजान पनि हुने र बलियो टिम निर्माण गर्न सकिने सम्भावनालाई मध्यनजर गर्दै २०१५ सेप्टेम्बरमा क्लबको शुरुवात गरे। अष्ट्रेलियाको व्यस्त र तनावपूर्ण जीवनशैली बीच हप्तामा एक दिन खेलको लागि समय दिने उनीहरुले नयाँ विद्यार्थीहरुलाई खेल सिकाउन थाले। उनीहरुको मेहनतले रंग ल्यायो। फलस्वरुप: स्थापनाको वर्ष अर्थात २०१५ मा नै एमआईटि कप टुर्नामेन्टमा क्लबले प्रतियोगीको रुपमा भाग लियो।

त्यसयता क्लबले अष्ट्रेलियाको विभिन्न राज्यमा सप्पन्न दर्जनौं टुर्नामेण्टमा लगातार सहभागिता जनाउँदै आएको छ। सहभागी टुर्नामेन्ट मध्ये २०१९ मा भिक्टोरियामा सम्पन्न भिक्टोरिया सकर डिभिजन १ लिग टुर्नामेण्टमा रोयल वेस्टर्न क्लब विजयी भएको थियो। नेपाली समुदायका मात्र नभई अन्य समुदायका क्लब पनि सहभागी उक्त प्रतियोगितामा रोयल वेस्टर्न क्लब विजयी बन्नुले क्लबका खेलाडी तथा प्रशिक्षकको क्षमता र मेहनतलाई दर्शाउँछ। त्यसयता २०२० मा गोर्खा नेपलीज कम्युनिटी भिक्टोरिया लिगले आयोजना गरेको ३५ वर्ष उमेर समूहको टुर्नामेन्टमा पनि रोयल वेस्टर्न विजयी बनेको थियो भने न्याभ मल्टिकल्चरल टुर्नामेन्टमा रनर-अप बन्न सफल भएको थियो।

क्लबका खेलाडी तथा सदस्यहरुको मेहनत र लगनशीलताले नेपाली समुदायलाई रोयल वेस्टर्नप्रति आकर्षित गर्यो। जसले गर्दा नेपाली समुदायका अगुवाहरुले क्लबप्रति चासो देखाउन थाले। सामाजिक अगुवाहरुबाट मिलेको साथका कारण क्लबमा थप हौसला मिल्दै गयो र क्लबका सदस्यहरुले समुदाय स्तरमा क्लबलाई लैजाने गरी स्थापित व्यक्तित्व तथा अगुवाहरु समक्ष प्रस्ताव राखे। फलस्वरुप क्लबले नयाँ रुप लियो। क्लबमा अहिले केवल खेलाडी तथा युवाहरु मात्र छैनन्, व्यवस्थापन टिम र सल्लाहकारहरु पनि रहेका छन्।

क्लबको वर्तमान अध्यक्षमा बम योञ्जन रहेका छन्। अध्यक्ष बम योञ्जनले रोयल वेस्टर्न क्लबलाई आर्थिक रुपमा बलियो बनाउंदै नेपाली समुदायलाई विशेष योगदान दिने प्रतिबद्धता जनाएका छन्। उनले नेपाली युवाहरुलाई खेलतर्फ आकर्षित गर्न र खेलाडीको हितका लागि क्लब सधै क्रियाशील हुने जनाएका छन्। त्यसैगरी, क्लबका सचिव सुशील चालिसेले क्लबलाई खेलमा मात्र सिमित नराखी समुदायमा यसको दायरा फराकिलो बनाउनका लागि व्यवस्थापन टिम लागिपरेको बताएका छन्।

व्यवस्थापकीय हिसाबले बलियो बनेपछि क्लबले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको छ। कोरोना महामारीभन्दा पहिले क्लबले हरेक महिनामा एउटा औपचारिक मिटिंग राख्दै आएको थियो भने खेलाडी मात्र नभई व्यवस्थापक टिम र इच्छुक सबैलाई हरेक आइतबार ९ बजे रयाम्बो अधिकारीले फिटनेस ट्रेनिंग दिंदै आएका थिए। र आगामी दिनमा पनि यसले निरन्तरता पाउनेछ।

कोरोना महामारीको समयमा पनि खेलाडीका लागि अनलाइन प्रशिक्षण राखिएको छ। क्लबका मुख्य प्रशिक्षक तथा नेपालको राष्ट्रिय खेलाडीको रुपमा खेल खेलिसकेका जगजित श्रेष्ठले अनलाइन मार्फत प्रशिक्षण दिंदै आएका छन्। त्यस्तै, नियमित मिटिंगलाई अनलाइन मार्फत निरन्तरता दिइदै आएको छ।


क्लबले खेलाडीहरुलाई हौसला प्रदान गर्नका लागि खेलाडी समस्यामा परेको समयमा सहयोग गर्दै आएको छ। त्यस्तै, उनीहरुको आत्मविश्वास बढाउनका लागि प्राथमिक उपचार प्रदान गर्न थालेको छ। यति मात्र नभई, समुदायका युवा र पुरुष मात्र नभई समग्र समुदायलाई समेट्नका लागि बालबालिकाको लागि फुटबल प्रशिक्षण र महिला टिमको सुरुवात गर्ने योजना बनाइएको छ। त्यसैगरी, क्लबले प्रशिक्षण नि:शुल्क दिने र एकरुपता तथा सद्भावको भावना जोगाइराख्नका लागि युनिफर्मको पनि व्यवस्था गर्ने योजना रहेको सचिव सुशील चालिसे बताउँछन्।

अर्कोतिर व्यवस्थापकीय रुपले क्लबलाई चुस्त राख्नका लागि प्रविधिदेखि लिएर सबैजसो व्यवस्थापकीय पक्षमा अपडेट रहन शुरु गरिएको छ। क्लबका कार्यक्रमहरु व्यवस्थित र प्रभावकारी बनाउन भूमिका खेल्ने स्वयंसेवकहरुका लागि प्रशिक्षण, डिस्काउन्ट कुपन जस्ता सुविधा दिने क्लबले योजना बनाएको छ।

त्यस्तै, क्लबलाई आर्थिक रुपमा सहयोग गर्ने प्रायोजक संस्थाहरुका लागि क्लबले सम्मान कार्यक्रम राखेको थियो भने आगामी दिनमा पनि त्यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनेछ। एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मेलबर्न, प्लाटिनम डेभ्लपर्स, बेटर चोइस मोर्गेज एण्ड फाइनान्स, हंग्री आई एसियन फ्युजन एण्ड बार, सेन्ट्रल अष्ट्रेलियन कलेज, फ्युजन इञ्जिनियरिङ्ग सर्भिसेज र थ्रीआरजे बजार रोयल वेस्टर्न क्लबले आयोजना गर्दै आएका हरेक कार्यक्रमका नियमित प्रायोजक संस्थाहरु हुन्।

रोयल वेस्टर्न क्लब सामाजिक काममा पनि उत्तिकै सक्रिय भएर लागिरहेको छ। कोरोना महामारीको समयमा यस क्लबले गुल्मी समाज भिक्टोरिया, एनआरएनए अष्ट्रेलिया, दिदीबहिनी समाज, मेल्बर्न नेपलीज कम्युनिटी वेस्ट लगायत संस्थाहरुसंग सहकार्य गर्दै राहत वितरण गरेको थियो। त्यस्तै, रक्तदान कार्यक्रम यस क्लबको सिग्नेचर कार्यक्रम जस्तै बनिसकेको छ।

क्लबको नियमित रक्तदान कार्यक्रममा मेल्बर्नमा बसोबास गर्दै आएका नेपाली समुदाय, क्लबका खेलाडी तथा अन्य सदस्यहरुले रक्तदान गर्दै आएका छन्। जसबाट हालसम्म १४४ जनाको ज्यान बचाउन मद्दत पुगेको छ । अष्ट्रेलियन रेडक्रस लाइफब्लड सर्भिसेससंगको सहकार्यमा गरिएको रक्तदानबाट रेडक्रस प्रभावित भई क्लबलाई रक्तदानका लागि २ महिनाको च्यालेन्ज प्रोग्राममा पनि समेटिएको र त्यसबाट ३० जनाको ज्यान बचाउन सफल भएको अष्ट्रेलियन रेडक्रस लाइफब्लड सर्भिसेसको वेबसाईटमा प्रकाशित छ ।

यी सामाजिक कामसंगै थप कार्यक्रमहरुलाई पनि अगाडी बढाउने रोयल वेस्टर्न क्लबको अबको लक्ष्य रहेको छ। क्लबका प्राविधिकहरुका लागि प्रशिक्षण दिलाउन क्लबले भिक्टोरियाको स्पोर्ट्स काउन्सिलसंग लबिङ्ग गरिरहेको छ। त्यसैगरी क्लबले समुदायका लागि विभिन्न खेल गतिविधि संचालन गर्नेछ भने निरन्तर विभिन्न प्रतियोगिताहरु पनि आयोजना हुनेछन्।

क्लबका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि क्लबले टास्कफोर्स बनाउदै विभिन्न जिम्मेवारीका साथ टिमको तयारी गरेको छ। कम्युनिटी वेलफेयर, वुमेन इम्पावरमेन्ट, भल्युण्टर सपोर्ट, किड्स फूटबल म्यानेजमेन्ट टिम लगायत टास्कफोर्सको जिम्मेवारी बाँडफांडले क्लब खेल क्षेत्रमा अझ प्रभावकारी रुपमा अगाडी बढ्न सक्ने र नेपाली समुदायको हितका निम्ति समर्पित हुन सक्ने विश्वास रहेको व्यवस्थापन पक्ष बताउँछ।


प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ०२:११
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्