Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • अष्ट्रेलियाको भिक्टोरियामा नेपालीको क्रिकेट महाकुम्भ 'न्याभ कप' सुरु हुँदै
अष्ट्रेलियाको भिक्टोरियामा नेपालीको क्रिकेट महाकुम्भ 'न्याभ कप' सुरु हुँदै
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, पुस २५, २०७९

मेलबर्न। भिक्टोरियामा नेपालीहरुको क्रिकेट महाकुम्भ 'न्याभ कप' सुरु हुँदैछ। भिक्टोरियावासी नेपालीहरुको सबैभन्दा पूरानो संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया 'न्याभ'ले आफ्ना पछिल्ला वर्षाहरुमा हरेक वर्ष न्याभ कपको आयोजना गर्दै आएको छ। आगामी १५ जनवरीदेखि सुरु हुने न्याभ कपको यो १८औं सिजन हो। 

हरेक वर्षको टुर्नामेन्टलाई फरक र रोचक बनाउँदै आएको न्याभले यसपटक पनि केही फरक अभ्यासहरु गरिएको जनाएको छ। यसै विषयमा सरलरेखासंग कुरा गर्दै न्याभ अध्यक्ष प्रेम राज उप्रेतीले खेलाडीहरुलाई प्रोत्साहन र संगै राष्ट्रका लागि योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले नेपाली क्रिकेटको राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्कालाई १८औं न्याभ कपको सद्भावना दूतका रुपमा नियुक्त गरिएको जानकारी दिनुभयो। उहाँले पूर्व कप्तान खड्का न्याभ कपको फाइनल खेलमा अष्ट्रेलिया आउने र सो क्रममा उनको अभिनन्दन गरिने बताउनुभयो। 

324024779_391133963226272_5318577155893642969_n1673263217.jpg

त्यस्तै, खड्काले क्रिकेट क्याम्प पनि गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो," न्याभ कप केवल मनोरन्जनका लागि होइन। न्याभ कप खेलाडी तथा क्लबहरुका लागि एउटा प्लाट्फ़र्म र सिंगो नेपाली समुदायका लागि एउटा गौरव बनोस् भन्ने हाम्रो उद्देश्य हो। र, त्यो उद्देश्य परिपूर्तिका लागि हामीले यस्ता प्रभावकारी अभ्यास गर्दै आएका छौं र यसले निरन्तरता पनि पाउनेछ "। आगामी १९ मार्चमा हुने फाइनल खेलमा कान्तिपुर दैनिकका खेलकुद ब्यूरो प्रमुख विनोद पाण्डेलाई समेत अभिनन्दन गरिने उहाँले बताउनुभयो। 

तीन महिनासम्म चल्ने न्याभ कपमा उत्कृष्ट टिमहरुका लागि यसपटक पुरस्कार राशी समेत बढाइएको छ। ट्रफीसहित यसपटक विजेता टिमका लागि ३ हजार डलर र उपविजेता टिमका लागि १ हजार डलर पुरस्कार छुट्टाइएको बताइएको छ । त्यसैगरी, यसपटक म्यान अफ द म्याच, प्लेयर अफ द सिरिज,  इमर्जिँग प्लेयर लगायत उत्कृष्ट खेलाडीलाई दिइने पुरस्कार राशीमा समेत वृद्धि गरिएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी गराइएको हो। अध्यक्ष उप्रेतीको स्वास्थ्य समस्याका कारण कोषाध्यक्ष एकिन्द्र तिमिल्सिनाको अध्यक्षतामा न्याभ कप विशेष पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। 

324160533_829874671408751_799469225324984435_n1673263279.jpg

न्याभ कोषाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष तिमिल्सिनाले न्याभले कला, संस्कृति,साहित्य, खेलकुद लगायत विभिन्न विधामा कार्यक्रमहरुको आयोजना गर्दै नेपाली समुदायलाई बहुआयामिक ढंगले माथि उठाउन प्रयास गरिरहेको बताउनुभयो। उहाँले यो प्रयासमा सबैले दिइरहेको साथप्रति आभार समेत व्यक्त गर्नुभयो। 

पत्रकार सम्मेलनमा बोल्दै न्याभ कपका संयोजक तथा आयोजक संस्था न्याभका खेलकुद संयोजक दीप चन्दले टुर्नामेन्टको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँले हाल भइरहेका तयारीहरुका बारेमा जानकारी दिंदै फिजियोको रुपमा सुजन खनाल र क्रिकेटको टेक्निकल हेडको रुपमा सन्तोष बास्ताकोटी रहने उल्लेख गर्नुभयो। संयोजक चन्दका अनुसार, १८ औं न्याभ कपमा १२ टिमको सहभागिता रहनेछ। 

324189607_686181096312502_3069147716923838590_n1673263328.jpg

जसअनुसार, एक्सपर्ट सगरमाथा ब्लुज ए, सगरमाथा एक्सपर्ट बी, हिमालयन क्रिकेट क्लब, सुदूरपश्चिम हन्टर, एभरेष्ट लायन्स, काठमाडौं क्यापिटल, रोयल राइनोज क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, मेभन क्रिकेट क्लब, गुल्मी टाइगर्स, ब्राइटन एभरेष्ट क्लब र नारे किंग्स क्लब मैदानमा भिड्नेछन्। क्लबहरुको उत्साहप्रद सहभागिताका लागि आभार व्यक्त गर्दै संयोजक चन्दले न्याभ कपलाई सफल बनाउन लागिपरिरहनुभएका सबैलाई धन्यवाद दिनुभएको थियो। त्यस्तै, उहाँले यो साथ सधै रहने आशा समेत व्यक्त गर्नुभयो। 

पत्रकार सम्मेलनका क्रममा बोल्दै म्याक्सीम्याक्स एजुकेशन एण्ड माइग्रेसनका निर्देशक शंकर धरेलले भिक्टोरियावासी नेपालीहरुको गौरव बनिरहेको न्याभ कपमा मूख्य प्रायोजक संस्थाको रुपमा जोडिन पाउँदा गर्व लागिरहेको बताउनुभयो। नेपाली समुदायको समृद्धिका निम्ति न्याभले गरिरहेका प्रयासहरुको सह्राना गर्दै उहाँले विद्यार्थी तथा युवा खेलाडीका लागि प्लाट्फ़र्म सिर्जना गरिदिएकोमा न्याभप्रति आभार व्यक्त गर्नुभयो। उहाँले यसलाई अझ बृहत् र व्यवसायिक बनाउनुपर्नेमा जोड दिंदै त्यसका लागि हातेमालो गर्न आफू सधै तयार रहेको बताउनुभयो। निर्देशक धरेलले खेलको क्रममा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी छनौट गरी ती विद्यार्थीले पढीरहेको कोर्समा उनलाई ५० प्रतिशत छात्रावृति दिने घोषणा समेत गर्नुभयो।

324345969_1120178985364655_7419134726846999358_n1673263400.jpg

त्यसैगरी, सहप्रायोजक संस्था ब्राइटन कलेजका क्याम्पस प्रमुख अमर आचार्यले खेलाडीहरुको प्रोत्साहनका निम्ती कलेजले नियमित रुपमा सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै ब्राइटन कलेजकै एक टिम तयार गर्ने समेत बताउनुभयो। कार्यक्रममा न्याभ कपका प्रायोजक संस्था लेन्डभाइजरबाट रोशन सत्याल, ट्राभल पार्टनर यात्रा द कनेक्सनबाट सबिन अधिकारी लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। उहाँहरुले खेलाडी तथा टिमलाई शुभकामना दिंदै आफ्ना धारणा व्यक्त गर्नुभयो। 

पत्रकार सम्मेलनमा सहभागी खेलाडीहरुलाई न्याभ कपका टेक्निकल हेड सन्तोष बास्ताकोटीले खेलबारे विस्तृत रुपमा बताउनुभएको थियो।  खेल टि २० लिगअनुसार हुने उल्लेख गर्दै उहाँले खेलका नियमहरुबारे जानकारी गराउनुभयो। कार्यक्रमको सहजीकरण आलोक पौडेल र दीप चन्दले गर्नुभएको थियो भने समापन न्याभ उपाध्यक्ष ललिशा थापाले गर्नुभयो ।

323416018_768577461319914_2208169208013301611_n1673263457.jpg

आयोजक संस्था न्याभले गत वर्ष मात्र आफ्नो रजत जयन्ती '२५औं वार्षिकोत्सव' मनाएको छ । न्याभ भिक्टोरियाका नेपालीहरुको सबैभन्दा पूरानो संस्था हो। भिक्टोरियामा न्याभ स्थापना अगाडी नेपाली समुदायका केही अगुवाहरु मिलेर संगठन निर्माण गरिएको थियो, जसको नाम थियो ‘नेपलीज/गुर्खा कम्युनिटी’। सन् १९९४ को जुन १९ मा एक भेलाको आयोजना गरिएको थियो। उक्त भेलाले भिक्टोरियामा बस्ने नेपाली मूलका सबै व्यक्तिहरुलाई समेट्ने गरी संस्था खोल्ने बारेमा निर्णय गर्यो। जसमा पहिले नामाकारण गरिएको नेपलीज/गुर्खा कम्युनिटीलाई परिमार्जन गरी नेपलीज एसोसिएसन अफ भिक्टोरिया नामाकरण गरियो।

अहिले यस संस्थाले नेपाली समुदायका लागि बृहत् रुपले काम गरिरहेको छ। कला, साहित्य, संस्कृति, भाषा, खेलकुदमा विभिन्न कार्यक्रम गर्दै आएको यस संस्थाले यहाँको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको पहिचानलाई अगाडी ल्याइदिएको छ।

323902448_898572894526411_5295035767016682905_n1673263497.jpg


प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १७:०३
#nav #navtournament #maximax
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्