Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल इन्टरटेन्मेन्ट
  • Home
  • सरल इन्टरटेन्मेन्ट
  • आऊ साथी : भ्यूज र लाइक्सले होइन सोंचले सुपरहिट गीत
आऊ साथी : भ्यूज र लाइक्सले होइन सोंचले सुपरहिट गीत
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, मंसिर १९, २०७९

काठमाडौँ । देशभर चुनावी परिणाम र कतार विश्वकप फुटबलमा सबै मग्न भइरहेको बेला गायिका बुनु श्रेष्ठलाई भने बेग्लै चटारो थियो । मंसिर नलाग्दै शुरु भएको उनको दौडधुप मंसिर १७ गते शनिवारसम्म जारी रह्यो । उक्त दिन ३१ औं अन्तराष्ट्रिय अपांगता दिवस भएकोले उनको दौडधुप बढेको हो । अपांगता दिवसको सन्दर्भमा काठमाडौंमा आयोजना गरिने कार्यक्रममा आफ्नो पछिल्लो गीतको म्यूजिक भिडियो रिलिज गर्न उनले ठूलै पापड बेल्नुपर्यो । समयमा म्यूजिक भिडियो तयार होला कि नहोला भन्ने चिन्ता त छँदै थियो, गीत र भिडियाेप्रति कस्ताे फिडब्याक आउँला भन्ने अर्काे व्यग्र प्रतीक्षाकाे विषय थियाे ।

जब देशभरबाट जम्मा भएका एक हजारभन्दा बढी सरोकारवाला दर्शकहरुबीच आऊ साथी एउटा वाचा गरौं बोलको गीतमा निर्माण गरिएको म्यूजिक भिडियो प्रिमियर सम्पन्न भयो, तब उनले ठूलो युद्ध जितेभन्दा बढी सन्तुष्टिको अनुभव गरिन् । किनभने उनले निर्माण गरेको उक्त म्यूजिक भिडियो आम हेर्ने संगीतभन्दा फरक छ । फरक यस अर्थमा कि उक्त म्यूजिक भिडियोले विभिन्न कारण अपांगता भएका व्यक्तिहरुलाई प्रेरणा र उर्जा प्रदान गर्छ । अपांगता हुनु जीवन र हरेक सम्भावनाको अन्त्य होइन, यसपछि पनि जीवनमा नयाँ सम्भावनाका ढोका खोल्न सक्छन् भन्ने सन्देश बोकेको छ । अर्थात बुनु र उनको टिमको पछिल्लो सिर्जनाले अपांगता भएकाहरुलाई  मनमा उमंग र आशा सिर्जना गरेर जीवनमा अघि बढ्न आह्वान गर्दछ । 

गीत संगीत मनोरञ्जनका लागि मात्र होइन समाज परिवर्तनको माध्यम पनि बनाउन सकिन्छ भन्ने मध्येकी एक हुन् गायिका बुनु । त्यसैले उनी बेलामौकामा गीतसंगीत मार्फत समाज रुपान्तरणमा जुट्छिन् । त्यसमा पनि उनले रोजेको क्षेत्र हो अपाङ्गता । 

अपाङ्गता हुनु कुनै धर्म वा पापको फल होइन, अहिलेको आधुनिक जीवनशैलीले जतिखेर जो पनि अपाङ्गता बन्न सक्छन् । तर हाम्रो सोंच र हिम्मतलाई हामीले कहिले अपाङ्गता हुन दिनुहुँदैन । म मेरा गीतहरु मार्फत समाजलाई अपिल गर्न चाहन्छु, बुनु भन्छिन् । उनले यसअघि पनि अपाङ्गता भएकी छोरी र आमाको मनोवेदनामा आधारित आमा बोलको गीत सार्वजनिक गरेकी थिइन् । 

बुनु अहिलेको सहज प्रविधिको भरमा लहड वा रहरमा संगीत क्षेत्रमा लागेकी होइनन् । उनको पहिलो गीत रेकर्ड भएको मितिलाई नै हिसाव गर्दा पनि झण्डै ३ दशक पुग्छ उनले संगीत क्षेत्रमा लगानी गरेको समय । यसबीचमा उनले हरेक विधाका गीत गाइन् । तर उनको अनभवमा सामाजिक सन्देशयुक्त गीतहरुले दिने आत्मिक सन्तुष्टि छुट्टै हुन्छ । जुन अलौकिक लाग्छ उनलाई । 

सर्वप्रिय विधा संगीतको माध्यमबाट अपाङ्गता भएकाहरुप्रति हेर्ने समाजको दृष्टिकोण बदल्न बुनुले थालेको यस अभियानमा उनले जीवनसाथी जो आफैं कुशल साउन्ड इञ्जिनियर हुन्, महेश्वरमान राजभण्डारीको भरपुर साथ पाएकी छिन् । त्यसमा थपिएका छन् गीतकार नरेश प्रधान । उनी आफैं अपाङ्ता परिवारका सदस्य हुन् । उनी एक सेरिब्रल पाल्सी प्रभावित नानीका  बाबु हुन् ।आफ्नी छोरीमा भएको शारीरिक अपाङ्तालाई उनले छोरीको कमजोरीको रुपमा कहिले पनि लिएका छैनन् । किनभने अपाङ्ता हुनु दुर्वल वा कमजोर हुनु होइन भन्ने उनले राम्रोसँग बुझेका छन् । तर पनि नेपाली समाजलाई यसबारेमा अझै बुझाउन बाँकी छ भन्ने बुझेर उनले शब्दहरु कोरे–

आऊ साथी एउटा खुशीको दियो बालौं 
परिवर्तनको एउटा मीठो सन्देश बाढौं ।

नेपाली समाजलाई जागृत गराएर अपाङ्ता भएकाहरुप्रति उनीहरुको हेर्ने दृष्टिकोणमा सकरात्मक परिवर्तन ल्याउने गीतकार प्रधानको यो महत्वाकांक्षी सपना गायिका बुनु श्रेष्ठले पनि आत्मसात गरिन् । अनि उनकै सक्रियतामा तयार भयो– एउटा अर्थपूर्ण गीत र म्यूजिक भिडियो आऊ साथी एउटा खुशीको दियो बालौं । 

नरेश प्रधानको शब्दहरुलाई प्रतिभाशाली संगीतकार शक्ति बल्लभको संगीतले अझ जीवन्त बनाएको छ । अपांगता भएका व्यक्तिहरुका लागि मानक गीत बनाउने बुनु श्रेष्ठको अभियानमा वरिष्ठ कलाकार जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यदेखि अञ्जु पन्त, शिव परियार,पुष्पन प्रधान र अस्मिता अधिकारीले बुनुसँग सांगीतिक हातेमालो गरेका छन् ।एउटा राम्रो गीत तयार हुन राम्रो टिम आवश्यक पर्छ । यसपटक बुनु यसअर्थमा अझ बढी भाग्यमानी सावित भएकी छिन् । किनभने उनले श्रव्य र दृश्य दुवैमा टिमबाट राम्रो सपोर्ट पाएकी छिन् । अस्वस्थ्य अवस्थामा पनि वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र व्यस्तताका वावजुद हरिवंश आचार्यले समय दिएर गीतको गरिमा मात्र बढाएका छैनन् समाजप्रति उत्तरदायी बन्न प्रेरित गरेको बुनु बताउँछिन् । 

गीतकार नरेशसँग बुनुको यो चौथो सहकार्य हो । यसअघि उनले नभन मेरो भाग्य,साथ हुँदैमा र आमा बोलका ३ गीतमा नरेशसँग सहकार्य गरिसकेकी छिन् । जीवनको भोगाइलाई सरल र सरस शब्द मार्फत हरेक गीतलाई बेग्लै जीवन दिनसक्ने नरेशबाट उनी निकै प्रभावित छिन् । बुनु भन्छिन्–नरेशजीले लेख्नुभएका गीतहरु आफैंमा पूर्ण हुन्छन् । हामीले त त्यसलाई गति मात्र दिएका हौं । 

नारन खतिवडा र अनिरुद्ध आत्रेयको कथा अनि माेहन राईकाे कुशल निर्देशनले म्यूजिक भिडियोलाई अर्थपूर्ण बनाएको छ । गीतको भिडियोमा अपांगता भएका अर्थात विशेष क्षमता भएका व्यक्तिहरूको फरक फरक क्षमतालाई उजागार गरेको छ । विमललाल श्रेष्ठको परिकल्पनामा निर्माण भएको भिडियोमा उषा रजक, रस्मी भट्ट, रक्षा थापा, सुन्दर धिताल, आईपी आचार्य, प्रकाश सुवेदी, प्रिन्सप्रसिद सिंह थापा, देवकुमार श्रेष्ठ, सविना थापा, विकास रिमाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई शरद महतोले छायाँकन गरेका हुन् । 

गीत चल्नु र त्यसभित्रका भावलाई आत्मसात गर्नु फरक कुरा हुन् । बुनु र उनको टिम यस गीतभित्र निहीत सन्देश र भावलाई नेपाली समाजले अवश्य ग्रहण र मनन् गर्नेछन् भन्नेमा आशावादी छन् । बुनु भन्छिन्–युट्युवमा भिडियोले पाएको भ्यूज,लाइक्स र कमेन्टस् बरु शुन्य होस्, यो गीत सुनेर र भिडियो हेरेर अपाङ्गता भएकाहरुप्रतिको साँघुरो सोंचमा केही परिवर्तन भए हाम्रो गीत सुपरहिट भयो भन्ने सोंच्नेछौं ।


प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप सरल इन्टरटेन्मेन्ट
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु !
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु ! बुधबार, चैत २८, २०८०
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै बुधबार, चैत १४, २०८०
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट आइतबार, फागुन २०, २०८०
दुर्गेश थापामाथि जुत्ता प्रहार
दुर्गेश थापामाथि जुत्ता प्रहार आइतबार, माघ २८, २०८०
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास बुधबार, माघ २४, २०८०
उर्फीपछि अनन्याको अनौठो पहिरन
उर्फीपछि अनन्याको अनौठो पहिरन बुधबार, माघ १०, २०८०
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै शुक्रबार, माघ ५, २०८०
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी सोमबार, पुस २३, २०८०
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र बुधबार, पुस १८, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्