Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल इन्टरटेन्मेन्ट
  • Home
  • सरल इन्टरटेन्मेन्ट
  • विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, चैत १४, २०८०

काठमाडौं । 

एक्सन हिरो विराज भट्टका पुत्र समीर भट्टले एक्सन हिरोका रूपमा नेपाली रजतपटमा डेब्यु गर्ने भएका छन्। सुपरहिट सिनेमा दिँदै आएको आसुसेन फिल्म्स्ले समीरलाई आफ्नो निर्माणाधीन फिल्म बलिदानबाट डेब्यु गराउन लागेको हो।

आसुसेन फिल्म्स्ले मेगा प्रोजेक्टको रूपमा निर्माण गर्न लागेको फिल्मको फस्ट लुक पोस्टर सार्वजनिक गर्दै उनलाई डेब्यु गराउन लागेको जानकारी गराएको छ।

समीरले फिल्मी करियर शुरुआतीका लागि लामो समयदेखि भारतको मुम्बईमा बसेर अभिनयका साथमा मार्सलआर्ट, नृत्य र द्वन्द्वजस्ता विधाको प्रशिक्षण लिँदै आएका छन्। फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले लामो समय लगाएर समीरलाई छनोट गरेको बताए।

‘बलिदानको कथामा एक पात्रका रूपमा युग पुरुषलाई छान्ने प्रयास गरेका थियौँ। हाम्रो भूमिको यस्तो युगपुरुष जसले परिवर्तनका नाममा जनतालाई बली चढाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गर्ने पात्रको छनोट गरेको हो,’ निर्माता निर्देशक सेनले सुनाए, ‘अभिनेताका रूपमा युगपुरुष खोज्न हामीलाई आइसल्यान्डमा सर्प खोज्नुजस्तो भएको थियो। बलिदानका युगपुरुषका लागि एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपूर्ण कलाकार चाहिने थियो। त्यसैले समीरलाई छनोट गरेका हौँ।’

सेनले थपे, ‘एउटा भनाइ छ दैवले तिमीले चिताउनु, म पुर्‍याउँछु भन्छन्। कामप्रति लगाव भएपछि दैवले पनि खोजेको चिज जुराइदिने रहेछ। निकै दिनपछि हामीले समीरलाई भेट्टायौँ, हामीले खोजेका चारै गुण भएका युवा समीर भट्ट भेट्यौँ। उनी दसौँ वर्षदेखि मुम्बईमा गुपचुप रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वलगायत कक्षा र कार्यशालासँगै संघर्ष र मिहिनेत गरिरहेका रहेछन्।’

आसुसेन फिल्म्स्ले हरेकजसो फिल्ममा नयाँ प्रतिभा खोजेर नेपाली फिल्ममा देखिँदै आएको अभाव पूर्ति गर्दै आएको छ। सन्तोष सेन सुनाउँछन्, ‘एकलव्यजस्ता समीर बलिदानका युगपुरुष त बन्ने नै भए, अब नेपाली फिल्ममा जगतका लागि एक गतिलो कलाकारका रूपमा स्थापित हुनेछन् भन्ने विश्वास छ।’ बलिदानको छायांकनअगावै टिजर रिलिज गरिसकिएको छ। यसको टिजरले चर्चा पनि पाएको छ।

देशको अस्मिता जोगाउन एक युगपुरुष कसरी जन्मिछ भन्ने कथा फिल्मले बोल्ने निर्देशक सेनले बताए। फिल्मलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन बाध्य बनाइ बलीको बोको बनाउने र यसरी हत्याइने राज्यशक्ति आफैं ढलीमली गरी राज्यको अस्मिता लुट्ने कुटिल चरिचत्रको कथा भन्ने जनाइएको छ।

आसुसेन फिल्मस् प्रालि र सन्तोष सेनको प्रस्तुति रहने फिल्म पवन ब्राडफोर्ड विस्टको निर्माण र प्रेम पुरीको सहनिर्माणमा बन्नेछ।


प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप सरल इन्टरटेन्मेन्ट
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु !
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु ! बुधबार, चैत २८, २०८०
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट आइतबार, फागुन २०, २०८०
दुर्गेश थापामाथि जुत्ता प्रहार
दुर्गेश थापामाथि जुत्ता प्रहार आइतबार, माघ २८, २०८०
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास बुधबार, माघ २४, २०८०
उर्फीपछि अनन्याको अनौठो पहिरन
उर्फीपछि अनन्याको अनौठो पहिरन बुधबार, माघ १०, २०८०
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै शुक्रबार, माघ ५, २०८०
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी सोमबार, पुस २३, २०८०
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र बुधबार, पुस १८, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्