Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल इन्टरटेन्मेन्ट
  • Home
  • सरल इन्टरटेन्मेन्ट
  • पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, पुस २३, २०८०
4CB5632B-86FF-4508-A32F-F7E0B87AFCF5.jpeg

काठमाडौं । 

सञ्चारकर्मी तथा फिल्म निर्देशक दीपक श्रेष्ठले नयाँ कलाकारलाई लिएर फिल्म बनाउँदाको अनुभव सुखद नभएको बताएका छन्।

माघे संक्रान्तिलाई लक्षित गर्दै आगामी २७ गते शुक्रबार रिलिज हुन लागेको आफूद्वारा निर्देशित २७औँ फिल्म पर्खी बसें तिमीलाईबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार भेटघाटमा निर्देशक श्रेष्ठले नयाँ कलाकारलाई लिएर फिल्म बनाउँदाको अनुभव सुखद् नभएको बताएका हुन्।

‘मैले अघिल्ला फिल्ममा झैँ यसमा पनि नयाँलाई अवसर दिएको छु’ फिल्ममा अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीलाई ब्रेक दिएका निर्देशक श्रेष्ठले भने ‘उहाँहरू नाममा नयाँ भएता काम पुरानाले झैँ गर्नुभएको छ। तीन दशकको फिल्म यात्राको अनुभवले पनि म किरण र रक्षाको भविष्य उज्ज्वल छ भन्न सक्छु। तर, यहाँ काम नहेरी नै निर्णय सुनाइन्छ।’

निर्देशक श्रेष्ठले गुनासो गरे ‘जो पनि शुरुमा नयाँ नै हुन्छ र नयाँबाटै पुरानो हुन्छन्। तर, नयाँलाई लिएर फिल्म बनाउदा बटुलेको अनुभव सुखद् छैन। नयाँलाई लिएर फिल्म बनाउँदा हलमा फिल्म चल्ने वा नचल्ने टुङ्गो नहुनेजस्ता धेरै समस्याको सामना गर्दै यहाँसम्म आएका छौँ। नयाँलाई अवसर दिँदैनन् भनिन्छ, अवसर दिँदा फिल्म भवनदेखि विभिन्न स्थानमा सङ्घर्ष गर्नुपर्ने हुन्छ। यही शैलीले नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महशुस गरेको छु।’

यही फिल्मबाट डेब्यु पाएका किरण श्रेष्ठले नयाँले पाउनुपर्ने हौसलामा कमी पाएको, तर आफ्नो भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी नराखेको बताए।

‘मण्डलामा सात वर्षदेखि जोडिएको छु भने १३ भन्दा बढी नाटकमा अभिनय गरेको छु। फिल्ममा डेब्यु गर्ने अवसर पहिले पनि नपाएको होइन, तर एउटा अनुभवी टिमसँग काम गर्ने रहर थियो। त्यहीअनुरूप मैले यो टिम रोजेर काम गरेको हुँ’ किरणको भनाइ थियो, ‘मैले के कस्तो काम गरेँ भन्ने त फिल्म प्रदर्शनपश्चात् नै थाहा हुनेछ। यद्यपि, नयाँलाई दिनुपर्ने हौसलामा भने कमी छ जस्तो लागेको छ। मैले पाएको भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेको छैन। म यो फिल्ममा पठाओ चालकको भूमिकामा छु। त्यही क्रममा एक दिन आभा अर्थात् रक्षासँग भेट हुन्छ। त्यही भेटघाटले महशुस गराउने प्रेम र त्यसमा आउने उतारचढावमा फिल्म केन्द्रित छ। सुन्दा नयाँ नलाग्न सक्छ, तर फिल्म हेर्नुभयो भने एउटा फरक कथा पाउनुहुनेछ। यो मेरो पुस्ताले प्रेम बुझ्न र अग्रजले आफ्नो सन्तान बुझ्न हेर्नुपर्ने फिल्म हो।’

नव अभिनेत्री रक्षा बुढाथोकीले स्कुल जीवन सकिएपश्चात् फिल्म क्षेत्रमै भविष्य खोज्ने निर्णय गरेको बताइन्।

‘अभिनयका हिसाबले यो मेरो दोस्रो फिल्म भए पनि मुख्य भूमिका निर्वाह गरेको पहिलो फिल्म हो। म बाल्यकालदेखि नै गीतमा नृत्य गर्ने, अभिनयको अभ्यास गर्ने गर्थें। तर, स्कुल जीवन सकिएपछि यसमा नै भविष्य बनाउने निर्णय लिएँ। त्यहीअनुसार शुरु गरेकी हु’ रक्षाले सुनाइन् ‘बाल्यकालदेखि नै फिल्म निर्देशकका रूपमा देखेको दीपक सरसँग काम गर्न पाउँदा उत्साहित छु। उहाँले कहिले नयाँ कलाकारजस्तो गर्नुभएन र टिमको सहयोगले काम गर्न सहज भयो। यस क्षेत्र आफूलाई अगाडि बढाउन उहाँहरूको सिकाइले मदत गर्नेछ।’

रक्षाले आफ्नो भूमिकाबारे भनिन् ‘मैले फिल्ममा आफ्नै उमेर समूहकी युवतीको भूमिका निर्वाह गरेकी छु। यसमा मेरो सम्पन्न परिवारको सरल युवतीको भूमिका छ। जसले माया खोज्छे तर पाउँदिन। आकाश अर्थात् किरणसँगको प्रेम नै फिल्मको कथासार हो। तर, त्यसमा आउने उतारचढावले हाम्रो पुस्तालाई मायाको बारेमा स्पष्ट बनाउँछ भन्नेमा विश्वस्त छु।’

पत्रकार सम्मेलनमा फिल्मका निर्माता राजाराम बुढाथोकीले व्यावसायिक रूपमै अगाडि बढ्ने योजना साट्दै निर्माणलाई निरन्तरता दिने जनाए।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त ब्यानरमा निर्मित फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

कोमल गुरुङको सह–निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, शम्भुजित बासकोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन, संकल्प भुजेलको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्मको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ।


प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
थप सरल इन्टरटेन्मेन्ट
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु !
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु ! बुधबार, चैत २८, २०८०
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै बुधबार, चैत १४, २०८०
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट आइतबार, फागुन २०, २०८०
दुर्गेश थापामाथि जुत्ता प्रहार
दुर्गेश थापामाथि जुत्ता प्रहार आइतबार, माघ २८, २०८०
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास बुधबार, माघ २४, २०८०
उर्फीपछि अनन्याको अनौठो पहिरन
उर्फीपछि अनन्याको अनौठो पहिरन बुधबार, माघ १०, २०८०
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै शुक्रबार, माघ ५, २०८०
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र बुधबार, पुस १८, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्