Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • महिलाको उद्धमशील क्षमतामाथिको प्रश्नलाई चिर्दै एनआरएनए भिक्टोरिया 
महिलाको उद्धमशील क्षमतामाथिको प्रश्नलाई चिर्दै एनआरएनए भिक्टोरिया 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, फागुन १७, २०७८
महिला उद्धमी सम्मान कार्यक्रम: कार्यक्रम संयोजक बबी लामा

मेलबर्न। अन्तर्राष्ट्रिय महिला दिवस नजिकिंदै गर्दा विभिन्न कार्यक्रमहरुको तयारी चलिरहेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया, भिक्टोरियाले पनि विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। एनआरएनए भिक्टोरियाले नारी निकुञ्ज भिक्टोरियासंगको सहकार्यमा महिला उद्धमी सम्मान कार्यक्रमको आयोजना गरेको हो। 

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस 'ब्रेक द बायस' अर्थात् भेदभाव तथा पूर्वाग्रहलाई तोडौं भन्ने मूख्य नाराका साथ मनाइंदैछ। यही नारालाई आत्मसात गर्दै कार्यक्रमको अवधारणा आएको कार्यक्रम संयोजक तथा एनआरएनए भिक्टोरिया कार्यसमिति सदस्य बबी लामा बताउनुहुन्छ। 

उहाँ भन्नुहुन्छ, "उद्धमी, व्यवसायी भन्नासाथ हाम्रो दिमागमा झट्ट पुरुष व्यक्तित्व आउँछ। विशेषगरी नेपाली समुदायमा महिला व्यवसायी तथा उद्धमीहरु अगाडी आउने अवसर पाइरहनुभएको छैन। साना व्यवसाय गर्ने महिलाहरुले धेरै राम्रो गरिरहनुभएको छ, तर उहाँको परिचय उद्धमीको रुपमा स्थापित हुन सकेको छैन। किनकी, अझै पनि हाम्रो समाजले महिला सफल उद्धमी हुन्छन् भन्ने कुरा नै स्विकार्न सक्दैन र हामी यसलाई तोड्न चाहन्छौं "। आयोजक संस्थाले फारम उपलब्ध गराई समुदायमा आफूले चिनेका महिला उद्धमीहरुको नाम मार्च १ सम्ममा सिफारिस गर्न आव्हान गरेको थियो। 

संयोजक लामाका अनुसार, कार्यक्रममा स्टोरी टेलिङ्ग तथा बिजनेस कोच सेसन समेत रहनेछ। उक्त सेसनमा उद्धममा लागेका महिलाहरुले आफ्नो सुरुवाती कथा, आफूले भोगेका चुनौती, त्यसका लागि अपनाएका समाधानका उपाय र गरिरहेका कामहरुको बारेमा बताउनुहुनेछ।

त्यसैगरी, कार्यक्रममा सहभागी महिलाहरुलाई व्यवसाय कसरी सुरुवात गर्न सकिन्छ, कस्ता चुनौती झेल्नुपर्ने हुनसक्छ, कसरी व्यवसायलाई अगाडी बढाउने लगायत कुराहरुमा आधारभूत जानकारी प्रदान गरिनेछ। 

यस सेसनको उद्देश्यबारे प्रष्ट पार्दै संयोजक लामा भन्नुहुन्छ," समाजको व्यवहारले गर्दा हामीमा आफ्नै क्षमताप्रति शंका गर्ने मानसिकता छ। त्यो मानसिकता हटाउनुपर्छ र त्यही मानसिकता हटाउनका लागि स्टोरी टेलिङ्ग सेसन राखेका हौँ। एउटा सशक्त महिलाले अर्को महिलालाई सशक्त बनाउन सक्छिन् भन्ने हाम्रो थिम रहेको छ। अर्कोतिर, उद्धम तथा व्यवसाय क्षेत्र महिलामैत्री हुन सकिरहेको छैन। त्यसैले धेरै महिलाहरुलाई व्यवसाय कसरी सुरु गर्ने, कसरी अगाडी बढ्न सकिन्छ भन्ने थाहा छैन। त्यसमा सहयोगी बनोस् भन्ने उद्देश्यले आधारभूत जानकारी प्रदान गरिनेछ"। 

आगामी १२ मार्चमा आयोजना हुने यो कार्यक्रम बिहान ११ बजेदेखि संचालन हुनेछ। कार्यक्रममा सहभागी हुन चाहनेहरुले पोस्टरमा उपलब्ध गराइएका नम्बर मार्फत सम्पर्क गर्न कार्यक्रम संयोजक समितिले सबैलाई आग्रह गरेको छ। 


प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  २०:३५
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्