Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • १७औं न्याभ टुर्नामेन्ट: विगतका वर्षभन्दा भव्य, च्यारिटी म्याचका कारण बढी आकर्षक 
१७औं न्याभ टुर्नामेन्ट: विगतका वर्षभन्दा भव्य, च्यारिटी म्याचका कारण बढी आकर्षक 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, फागुन १६, २०७८
विशाल बुढाथोकी: संचालक, लालीगुराँस ग्रोसरी

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आयोजित १७ औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्ट आइतबार मात्र सम्पन्न भएको छ।  नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा टुर्नामेन्ट आयोजना गर्दै आएको छ। यसपटक न्याभको रजत जयन्तिको अवसरमा बृहत च्यारिटी म्याच सहितको टुर्नामेन्ट आयोजना गरिएको हो। 

यसै सन्दर्भमा आज हामीले लालीगुराँस ग्रोसरीका संचालक विशाल बुढाथोकीसंग विशेष कुराकानी गरेका छौं। मेलबर्नमा नेपाली सामान तथा नेपाली मसलाका लागि परिचित लालीगुराँस ग्रोसरी न्याभ टुर्नामेन्टको प्रायोजक संस्थामध्येमा एक हो। 

यो व्यवसायिक क्षेत्रमा कसरी आउनुभयो ?

म विद्यार्थी भिसामा नै अष्ट्रेलिया आएको हूँ। अर्थशास्त्रमा मास्टर्स गरें। अनि यो व्यवसायिक क्षेत्रमा आएको चाहिं २०१४ देखि हो। त्यतिबेला यहाँ नेपाली सामान पाउन गाह्रो थियो। भारतीय सामान र मसलाले बजार लिएको थियो। मलाई चाहिं हामीले नेपाली सामान र नेपाली मसलाको प्रचार गर्नुपर्छ, नेपाली सामान र मसला प्रयोग गर्न नेपालीलाई प्रोत्साहन गर्नुपर्छ भन्ने लाग्यो। त्यसपछि लालीगुराँस ग्रोसरी सुरु भएको हो। यसको नाम पनि हामीले नेपाली परिचय बोकेको, नेपालको राष्ट्रिय फूलबाट राख्यौं। 

न्याभ टुर्नामेन्टमा कुन सिजनदेखि प्रायोजकको रुपमा रहँदै आउनुभएको छ ?

विगत ३ वर्षदेखि हामी न्याभ टुर्नामेन्टमा प्रायोजन गर्दै आएका छौं। समुदायकै यति ठूलो टुर्नामेन्टमा जोडिन पाउँदा हामीलाई गर्व लाग्छ। 

भिक्टोरियाको नेपाली समुदायमा न्याभ टुर्नामेन्टको स्थान कस्तो देख्नुहुन्छ ?

न्याभ भनेको भिक्टोरियावासी नेपालीहरुको साझा संस्था हो। सबैको परिचय बोकेको संस्था हो र यो क्रिकेट टुर्नामेन्ट नेपाली समुदायकै सबैभन्दा ठूलो क्रिकेट टुर्नामेन्ट बनेको छ। समुदायको सबैभन्दा ठूलो इभेन्टमा पर्छ। यस टुर्नामेन्टले नेपाली समुदायलाई यहाँको बहुसांस्कृतिक समाजमा परिचय गराउन सहयोग गरेको छ। त्यसैगरी, टुर्नामेन्टले गर्दा हाम्रो समुदाय खेल मार्फत अगाडी बढिरहेको छ। 

अष्ट्रेलिया आएका नेपाली युवाहरुको खेल सपनामा न्याभ टुर्नामेन्टको भूमिका कस्तो रहेको छ ?

युवाहरु यहाँ आएर आफ्नो रुचीको खेल खेल्न पाइरहेका छन्। उनीहरुको मानसिक स्वास्थ्यमा समेत सहयोग पुगिरहेको छ। राम्रो खेल्ने खेलाडीहरु अगाडी बढ्ने मौका पनि पाइरहेका छन्। 

यसपालीको टुर्नामेन्टको अनुभव बताइदिनुहोस् न !

मलाई लाग्छ, च्यारिटी म्याचले गर्दा टुर्नामेन्टप्रति समुदाय अझ बढी आकर्षित बन्यो। टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीले ल्याउनुभएको यो बृहत च्यारिटी म्याचप्रति सिंगो समुदाय उत्साहित भयो। नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि भएकोले यसले सबै नेपाली मनलाई एकताबद्ध गर्न सहयोग गर्यो। विगतका वर्षभन्दा अझ भव्य बन्यो। 

टुर्नामेन्टलाई अझै व्यापक र राम्रो बनाउनका लागि के गर्नुपर्ला ?

सहभागिता बढाउनुपर्छ । हरेकले आफ्नोतर्फबाट सक्ने सहयोग गर्ने र सहभागिता जनाउने हो भने यो टुर्नामेन्ट अझ धेरै राम्रो बन्न सक्छ जस्तो लाग्छ। 

अन्त्यमा, अष्ट्रेलियामा नेपाली व्यवसायीहरुका लागि कस्ता चुनौती र अवसर रहेका छन् ?

चुनौती जहाँपनि हुन्छ, त्यही चुनौतीभित्रको अवसर चिनेर काम गर्नुपर्छ। इमान्दारिता र कडा मेहनतले सफल बनाउन सक्छ। 


प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्