Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • 'भूगोलले टाढा रहेतापनि नेपाल फेस्टिवलले हामीलाई हाम्रो माटोसंग जोड्छ'
'भूगोलले टाढा रहेतापनि नेपाल फेस्टिवलले हामीलाई हाम्रो माटोसंग जोड्छ'
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, भदौ १५, २०७९

सामाजिक संस्थामा निरन्तर पदीय जिम्मेवारी सम्हाल्नु, पदीय जिम्मेवारीबाट टाढा रहँदा पनि समुदायका निम्ति क्रियाशील रहनु उहाँका परिचय हुन्। उहाँ, अर्थात् केशव कँडेल। गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका पूर्व अध्यक्ष कँडेल मेलबर्नमा स्थापित व्यवसायी समेत हुनुहुन्छ।

नेपाल फेस्टिवल मेलबर्नको सुरुवातीदेखि नै सक्रिय केशव कंडेल २०१६ र २०१८ मा आयोजित नेपाल फेस्टिवल मेलबर्नको संयोजक रहनुभएको थियो। त्यतिबेला एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष तथा एससीसी मेलबर्नको राज्य संयोजकको पदीय जिम्मेवारी निभाउँदै नेपाल फेस्टिवल मेलबर्न आयोजना गर्नुभएका उहाँ त्यसअघि २०१४ मा एससीसी मेलबर्नको सचिव पदमा रहँदै नेपाल फेस्टिवल मेलबर्न आयोजनामा अग्रपंक्तिमा रहेर काम गर्नुभएको थियो। नेपाल फेस्टिवल मेलबर्न २०२२ को नजिकिंदै गर्दा हामीले उहाँसंग नेपाल फेस्टिवल विशेष  कुराकानी गरेका छौं :

viber_image_2022-07-20_23-47-21-4781658488407.jpg

हजुरलाई नेपाल फेस्टिवल मेलबर्न २०२२ को माहोल कस्तो लागिरहेको छ ?
नेपाल फेस्टिवल मेलबर्नको कुरा गर्दा २०१४ मा म एससीसी भिक्टोरियाको सचिव थिएँ, त्यतिबेला म अग्रपंक्तिमा रहेर काम गरेको थिएँ। त्यसपछि २०१६ र २०१८ म आयोजना हुँदा म संयोजक रहेर काम गरेको थिएँ। र, अहिले २०२२ मा सल्लाहकारको रुपमा छु, भनौं। नेपाल फेस्टिवललाई सफल बनाउनका लागि नेपाली समुदाय जसरी सक्रिय हुन्छ नि, प्रशंसनीय छ। यो पटक नेपाली समुदायको व्यापक सक्रियता पाएको छु। आयोजक टिमका तर्फबाट पनि साथीहरुले सबैसंग हातेमालो गर्दै विभिन्न समिति-उपसमितिहरु निर्माण गरिरहनुभएको छ। र, ती समिति  मार्फत सबैले आफ्नो जिम्मेवारी निर्वाह गरिरहनुभएको छ। व्यवसायिक संस्थाहरुले त्यसैगरी हातेमालो गर्नुभएको पाएको छु। यो सबै हेर्दा मेलबर्नको नेपाली समुदायको साँच्चै ठूलो पर्व आइरहेको छ भन्ने भान भइरहेको छ।

हजुर आयोजक पनि भएर काम गर्नुभएको नाताले भन्दा, नेपाल फेस्टिवलको मूख्य विशेषता के हो ?
आफूले कर्मभूमी बनाएको ठाउँमा मातृभूमीको झण्डा फहराएको देख्न पाउनुभन्दा ठूलो के हुन्छ होला र! फेडेरेसन स्क्वाएरलाई मेलबर्नको मुटु मानिन्छ, त्यस्तो ठाउँमा नेपालको झण्डा फहराउँछ, त्यो दिन। यहाँ हुर्किरहेका हाम्रो नेपाली पुस्तालाई हामीले नेपालको बारेमा पढाइरहेका हुन्छौं, चित्रमा देखाइरहेका हुन्छौं तर त्यो दिन उनीहरुले त्यहाँ प्रत्यक्ष रुपमा नेपालको झण्डा फहराएको देख्छन्, नेपालको मौलिक भेषभुषा, नेपाली खाना, नेपालको बाजा, कला संस्कृतिलाई प्रत्यक्ष बुझ्ने अवसर पाउँछन्। अझ राम्रो कुरा त, उनीहरु त्यसमा प्रत्यक्ष संलग्न भइरहेका हुन्छन् र संगै अन्य समुदायका व्यक्ति तथा स्थानीयहरुले नेपालको बारेमा चासो राखेको, नेपाली कला-संस्कृतिको सम्मान गरिरहेको देख्छन्। यसले उनीहरुलाई नेपालसंग भावनात्मक रुपले जोड्छ। त्यसैगरी, यहाँको बहुसांस्कृतिक समुदायले पनि नेपालका बारेमा जान्ने, बुझ्ने मौका पाउँछ। र, यो सबैकुरा नेपाली पहिचान अनि नेपालको कला-संस्कृति, भाषा र खानाको सम्बर्द्धन तथा प्रबर्द्धनसंग जोडिन्छ।

2018i1661488288.jpg

नेपाल फेस्टिवल मेलबर्न आयोजना गर्दाका आफ्ना केही रोचक किस्साबारे बताइदिनुहोस् न !
सुन्दा अचम्म पनि लाग्छ, नेपाल फेस्टिवल मेलबर्नको सांस्कृतिक परेडमा म अझैसम्म सहभागी हुन पाएको छैन। यद्दपी सांस्कृतिक परेडको सुरुवात म आयोजक टिममा रहेर काम गर्दा, २०१४ को नेपाल फेस्टिवल मेलबर्नमा गरेका थियौं। तर सधै के हुने भने, सबै सांस्कृतिक परेडमा जाने भएपछि स्टेजतर्फ ख्याल राख्न त कोही हुनुपर्यो, म स्टेजतर्फ रहें। आशा गरौँ, यसपटक सहभागी हुने अवसर जुट्नेछ। सांस्कृतिक परेडको रुट अब ठूलो पनि भएको छ।

नेपाल फेस्टिवल मेलबर्नको अविस्मरणीय क्षण?
व्यवस्थापनमा रहनुपर्ने हुनाले मैले कहिल्यै पनि कलाकारहरुले दिने प्रस्तुति प्रत्यक्ष हेर्न पाउँदिनथें, सधै रेकर्डेड नै हेर्ने हो। तर धरहरा सम्बन्धि प्रस्तुति चाहिं मैले प्रत्यक्ष रुपमा हेर्न पाएको थिएँ र त्यो प्रस्तुति हेर्दैगर्दा म यति भावुक भएको थिएँ नि, मेरो आँखाबाट बररर आँशु झरिरहेको थियो। साथीहरुलाई मलाई टिस्यु दिएकोदियै गर्नुपरेको थियो। र, अघि हजुरले सोध्नुभएको नेपाल फेस्टिवलको विशेषता यही हो। हामी भूगोलले टाढा रहेतापनि नेपाल फेस्टिवलले हामीलाई हाम्रो माटोसंग जोड्छ।

नेपाल फेस्टिवल सफल बनाउनका लागि आवश्यक तत्व के हुन् ?
नेपाल फेस्टिवलको सबैभन्दा बलियो खम्बा भनेका स्वयंसेवक हुन्। नेपाल फेस्टिवललाई मैले स्वयंसेवकको योगदानको पर्वको रुपमा लिन्छु। नेपाल फेस्टिवलका लागि स्वयंसेवकहरुले काम गर्दैगर्दा हामीलाई एकता, सद्भाव र समुदायप्रतिको दायित्वबोध हुन्छ। त्यति ठूलो कार्यक्रमको सफलताको पछाडी स्वयंसेवीहरुको हात हुन्छ। र, सहभागीहरु माझ हाम्रो समुदायसम्बन्धि, जनचेतना सम्बन्धि, हाम्रो देश सम्बन्धि बुझाउनका लागि कथा सहितको सांस्कृतिक प्रस्तुति दिंदा प्रभावकारी हुन्छ भन्ने लाग्छ। किनकि सांस्कृतिक प्रस्तुतिमा सबैजसोको आकर्षण हुन्छ र स्टेजबाट ती प्रस्तुति मार्फत संदेश प्रवाह गर्दा प्रभावकारी हुन्छ। संगै, नेपाली लोक संस्कृति झल्किने प्रस्तुतिलाई प्राथमिकतामा राख्नुपर्छ।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
प्रत्येक दुई वर्षमा हुँदै आएको नेपाल फेस्टिवल कोभिडका कारण २०२० मा हुन सकेन। त्यसैले चार वर्षको अन्तरालपछि यो भव्य महोत्सव हुँदैछ। हरेक पटकको नेपाल फेस्टिवल मेलबर्नमा सहभागी संख्या बढ्दै आएको छ। चार वर्षको अन्तराल पछि आयोजना हुँदै गरेको, नेपाली समुदाय अझ बृहत बनेको र कोभिड पछिको सबैबन्दा भव्य कार्यक्रम भएकोले यस वर्ष सभागिता व्यापक हुनेछ भन्नेमा म विश्वस्त छु। यो महोत्सव संस्थाको मात्र नभएर हामी सबैको हो। सेप्टेम्बर १० मा फेडेरेसन स्क्वाएर जाऔं, सबै सहभागी बनौँ, नेपाल फेस्टिवल मेलबर्नको उद्देश्यलाई सफल पारौं।

 


प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्