Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • मेलबर्नको सडकमा नेपाली बाजागाजा र झाँकी: विदेशमा पनि विविधतामा एकताको संदेश
मेलबर्नको सडकमा नेपाली बाजागाजा र झाँकी: विदेशमा पनि विविधतामा एकताको संदेश
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, भदौ १०, २०७९

मेलबर्न। विभिन्न सामुदायिक संस्था, क्लबहरुमा नेतृत्व तहको जिम्मेवारी सम्हाल्दै अष्ट्रेलियाको भिक्टोरियावासी नेपाली समुदायलाई अगाडी बढाउन क्रियाशील मध्ये एउटा नाम हो, तारा गैरे। तारा गैरे भिक्टोरियाको मल्टिकल्चरल कमिसनमा रिजनल एडभाइजरी काउन्सिल सदस्य हुनुहुन्छ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को भूतपूर्व अध्यक्ष समेत रहनुभएका गैरेसंग आज हामीले नेपाल फेस्टिवल मेलबर्न २०२२ विशेष कुराकानी गरेका छौं। नेपाल फेस्टिवल मेलबर्नका लागि उहाँले परेड व्यवस्थापन समितिको नेतृत्व सम्हाल्दै आउनुभएको छ। 

viber_image_2022-07-20_23-47-21-4781658488407.jpg

नेपाल फेस्टिबलको आयोजक समितिमा रहेर काम गरिरहनुभएको छ, तयारी कस्तो भइरहेको छ ?
तयारी राम्रो भइरहेको छ। नेपाल फेस्टिवलका लागि अब त केही दिन मात्र बाँकी छ।  सबै कमिटिहरुले आफ्नो जिम्मेवारी अनुसार काम गरिरहनुभएको छ। कोभिडका कारण चार वर्ष पछि आयोजना हुँदै गरेकाले अझ बढी सहभागितामूलक बनाउने  प्रयास गरिएको छ। त्यसैअनुसार विभिन्न कामका लागि समिति, उपसमिति छुट्टाइएको छ। कामहरु अब करिब अन्तिम चरणमा पुगेको छ। समग्रमा भन्नुपर्दा सोचेअनुसार नै काम भइराखेको छ।

नेपाल फेस्टिवलका बारेमा तपाईंको धारणा के छ ? 
मेरो विचारमा, यो हाम्रा लागि नेपाल चिनाउने पर्व नै हो जस्तो लाग्छ, विदेशी समुदायमाझ हाम्रो आफ्नो मौलिक परिचय दिने अवसरको रुपमा पनि लिन्छु म। हाम्रो भेषभुषा, भाषा, खाना, रहनसहन अनि रितिरिवाजलाई हाम्रो दोस्रो पुस्ता अनि यहाँको बहुसांस्कृतिक समुदायसामु लैजाने एउटा महत्वपूर्ण माध्यम नै बनेको  छ नेपाल फेस्टिवल। यही उद्देश्यका साथ नै मेलबर्नमा २००८ देखि नेपाल फेस्टिवलको आयोजना गर्न सुरु गरिएको थियो। त्यसकै निरन्तरता नै नेपाल फेस्टिवल २०२२ हो।
यस दिन एनआरएनएसंगै यहाँ संचालित नेपाली सामाजिक संस्थाहरु मिलेर नेपालको पहिचान सहितको कला तथा सांस्कृतिक झांकिहरुको पर्दशन गर्ने गरिन्छ, सांस्कृतिक परेड हुन्छ । यसमा पक्कै पनि एउटा सींगो नेपालको परिचय लुकेको हुन्छ । हिमाल पहाड अनी तराई, त्यसैगरी, पूर्वको किराँत संस्कृतिदेखी सुदुरपश्चिमको देउडा, तराईको थारु नाचदेखि हिमालको श्याब्रू अनी पहाडको भजन र पञ्चे बाजा सबैको परिचय झल्कने गरी परेडको आयोजना हुँदैछ।

नेपाल फेस्टिवल मेलबर्नको सांस्कृतिक परेड भन्ने बित्तिकै 'तारा गैरे' नाम अगाडि आउँछ । कस्तो महसुस गर्नुहुन्छ? 
नेपाल फेस्टिवल मेलबर्नमा २०१४ देखि सांस्कृतिक परेडको सुरुवात भएको हो। मैले उक्त वर्ष अर्थात नेपाल फेस्टिवल मेलबर्नको पहिलो सांस्कृतिक परेडमा नेतृत्व गर्ने अवसर प्राप्त गरें। त्यसयता हरेक पटकको नेपाल फेस्टिवलमा सांस्कृतिक परेड हुँदै आएको छ र हरेक पटकको परेडमा संयोजकमा रुपमा रहँदै आएको छु। यो पटक पनि यो जिम्मेवारी ममा आएको छ। यसलाई म जिम्मेवारीसंगै आफ्नो देशलाई चिनाउन पाउने एउटा सुन्दर अवसरको रुपमा लिन्छु। यहाँको सडकमा नेपालीको मौलिकता र विविधतामा एकता दर्शाउँदै परेड अगाडी बढ्दै गर्दा, गर्वले मन ढक्क फुल्छ। 
हाम्रो देश सांस्कृतिक विविधता सहितको साझा फुलबारी हो अनी त्यसमाथी म गल्कोटबाट यहाँ आएको हुँ। सानो हुँदा बिभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन देखेको हुनाले पनि मलाई सबै खाले  कल्चरल ग्रुपहरुलाई एक ठाउँमा परेडको रुपमा देखाउन पाए धेरै राम्रो हुनेथियो जस्तो लाग्थ्यो। त्यसैले यो नेपाल फेस्टिबलको यो प्लेटफोर्म युज गर्न पाउँदा अत्यन्तै खुसी लाग्छ ।

2014e (2)1661509889.jpg

विभिन्न समुदायको नेतृत्व र सबै संस्कृतिक पक्ष समेट्नु पर्ने हुँदा परेड आयोजना गर्न कत्तिको सजिलो छ ?
यसमा सबैको साथ छ सहयोग छ । मैले त एउटा संयोजकको काम मात्रै गरेको हूँ । त्यसमाथि ३ वटा नेपाल फेस्टिबलमा नै परेड को जीम्मेवारि लिएको हुनाले अहिले काम गर्न सजिलो भएको छ। यसपाली दिदी बहिनी समाज भिक्टोरियाले पनि परेडमा विशेष सहयोग गरेको छ । उहाँँहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।  

यसपालीको परेडमा केही नयाँपनको अपेक्षा गर्न सकिन्छ कि ?
पक्कै पनि । पहिलो कुरा त परेडको रुट नै चेन्ज भएको छ । हामी यसपाली पार्लियामेन्ट हाउस नजिकै जम्मा भएर जादै छौ अनी २०१८ को भन्दा अझि धेरैको सहभागिता छ । जे होस् हरेक बर्ष केही नयाँ गर्ने प्रयास नै हुनेगर्छ परेडमा।

परेडमा मल्टिकल्चरल कम्यूनिटिको कस्तो सहभागिता हुनेछ?
परेडकोको मुख्य उद्देश्य भनेको नेपाल चिनाउने हो। त्यसैले सबै नेपाली समुदायको सांस्कृतिक प्रदर्शनी हुन्छ तर पनि नेपाललाई माया गर्ने यहाँको मल्टीकल्चरल कम्युनिटीको तर्फबाट केही ब्यक्तित्वहरुको पनि सहभागिताको अपेक्षा गरेका छौ। 

2018k1661510317.jpg

परेड कुन समयमा शुरु हुन्छ? 
परेड बिहान ठीक १०:३० बजे पार्लियामेन्ट हाउस नजिकै बाट शुरु हुन्छ। परेडको अर्डर कस्तो हुन्छ भन्ने कुरा चाहिं हामी एक हप्ता अगाडी जानकारी गराउनेछौँ।  त्यसैले हामी १० बजे नै त्यहाँ भेला हुनुपर्ने हुन्छ । मेरो सबैलाई आग्रह पनि छ कि, कृपया समयमा नै आउनु होला हामी १०:३० मा हिंड्नै पर्ने हुन्छ।

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि?
हाम्रो मौलिक परिचय, हाम्रो एकता देखाउने, नयाँ पुस्तालाई नेपालप्रतिको हाम्रो भावनात्मक सम्बन्धसंग जोड्ने योभन्दा ठूलो अवसर अरु हुनै सक्दैन । त्यसैले सबैलाई सेप्टेम्बर १० मा हुने नेपाल फेस्टिवल मेलबर्नमा सहभागी हुन अनुरोध गर्न चाहन्छु। 


प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्