Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • नेपाल फेस्टिवल मेलबर्न: २००८ मा गरिएको त्यो सुरुवातदेखि अहिलेसम्म
नेपाल फेस्टिवल मेलबर्न: २००८ मा गरिएको त्यो सुरुवातदेखि अहिलेसम्म
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, भदौ १०, २०७९
Nepal Festival Melbourne Mega Event (from left bottom, respectively) year 2008, 2010, 2014, 2016, 2018.jpg

मेलबर्न। नेपालीहरु विश्वको कुनै पनि ठाउँमा पुगेतापनि आफ्नो संस्कृति र मौलिकतालाई जोगाउन प्रयासरत छन्। पछिल्लो समयको विश्वव्यापीकरणले हाम्रो भाषा, संस्कृति र मौलिकताको सम्बर्द्धन तथा प्रबर्द्धनको खाँचो अझ बढ्दै गएको छ। यस विषयमा विदेशमा रहने नेपाली समुदाय पनि उत्तिकै सचेत देखिन्छ, विदेशमा संगठित नेपाली समुदायका विभिन्न संस्था, आयोजना भइराख्ने विभिन्न कार्यक्रम, नेपाली भाषा विद्यालय, नेपाली संगीत तथा नृत्य विद्यालय, नेपाली साहित्यिक संघसंथा आदि यसका उदाहरण हुन्। यही उदाहरणकै रुपमा एउटा बृहत् महोत्सव रहेको छ, नेपाल फेस्टिवल।

2014d (2)1661485882.jpg
नेपाल फेस्टिवल गैरआवासिय नेपाली संघ (एनआरएन) द्वारा विभिन्न देशमा आयोजना गर्ने गरिन्छ। विश्वव्यापिकरणको यो समयमा नेपाली पहिचानलाई विश्वमाझ पुर्याउनु, नेपालको पर्यटनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रबर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसंग जोडिराख्नु नेपाल फेस्टिवल आयोजना गर्नुका मूख्य उद्देश्य हुन्। नेपाल फेस्टिवलमा नेपाली अवैतनिक महावाणिज्यदुतका कार्यालयहरु, नेपाली दूतावास, बहुसांस्कृतिक समुदाय तथा बहुसास्कृतिक विभाग, नेपाली संघसंस्थाहरुले आयोजक संस्थासंग सहकार्य गर्ने गर्दछन्।

2014e1661486027.jpg
एनआरएनए संस्था रहेका देशहरुमध्येमा नेपाल फेस्टिवलको आयोजना गर्ने अष्ट्रेलिया पहिलो देश हो। अष्ट्रेलियामा एनआरएनएको राष्ट्रिय समिति (एनसीसी) अर्थात् एनआरएनए अष्ट्रेलियाको स्थापना सन् २००५ मा मन केसीको अध्यक्षतामा भएको थियो। केसीको अध्यक्षतामा रहेको कार्यसमितिले त्यसको अर्को वर्ष अर्थात् २००६ को अप्रिल महिनामा सिड्नीमा अष्ट्रेलियाव्यापी बृहत् नेपाल फेस्टिवलको आयोजना गर्यो।

images1661487435.jpg

नेपाल पर्यटन बोर्ड, सिड्नीका लागि नेपाली अवैतनिक महावाणिज्यदुतको कार्यालय र स्थानीय नेपाली संघसंस्था तथा व्यवसायीहरुसंगको सहकार्यमा उक्त फेस्टिवल भव्य रुपमा सम्पन्न भएको थियो। उक्त नेपाल फेस्टिवललाई एनआरएनए अष्ट्रेलियाको एउटा ऐतिहासिक कार्यक्रमको रुपमा लिने गरिन्छ। पहिलो नेपाल फेस्टिवलको अर्को वर्ष उक्त कार्यक्रमको दुई सय प्रति डिभिडि वितरण गरिएको थियो। अष्ट्रेलियामा बस्ने हरेक नेपालीका लागि त्यो गौरवान्वित क्षण बन्यो भने विदेशमा बस्ने समग्र नेपाली समुदायका निम्ति आकर्षण र प्रेरणा बन्यो।

15403840_1172956756073431_774942615350672466_o1661490157.jpg
त्यसपछि नेपाल फेस्टिवल हरेक दुई वर्षमा आयोजना गर्ने निर्णय गरियो, जसअनुसार अर्को नेपाल फेस्टिवलको आयोजना सन् २००८ मा गरिएको थियो। अष्ट्रेलियाका सिड्नी र मेलबर्नमा त्यतिबेला नेपालीहरुको बसाईसराई बाक्लो भइरहेको थियो। जसलाई मध्यनजर गर्दै मेलबर्नमा पनि नेपाल फेस्टिवलको आयोजना गरिएको थियो। मेलबर्नमा पहिलो पटक नेपाल फेस्टिवलको आयोजना गरिंदा नेपाली समुदाय उत्साहित बन्यो र अष्ट्रेलियाका दुई सहरमा नेपाल फेस्टिवलले त्यो वर्ष आफ्नो प्रभाव जनाउन सफल भयो।

2008 in c1661486435.jpg
मेलबर्नमा सन् २००८ मा आयोजित पहिलो नेपाल फेस्टिवल मेलबर्नको संयोजक राजु शाक्य रहनुभएको थियो। उक्त दिन उपस्थित करिब १० हजार जनाको सहभागिता नेपालीको मात्र नभई स्थानीय र बहुसांस्कृतिक समुदायका व्यक्तिहरुको पनि रह्यो, जसले गर्दा भिक्टोरियावासी नेपाली समुदायका लागि नेपाल फेस्टिवलको त्यो विशेष दिन गर्वको क्षण बन्यो।

2008 in1661486519.jpg
संस्कृति र जीवनको उत्सवको रुपमा मनाइएको पहिलो नेपाल फेस्टिवल मेलबर्नको त्यो क्षण सम्झिंदा अहिले पनि उत्साहको संचार हुने बताउनुहुन्छ तत्कालिन संयोजक राजु शाक्य।

raju shakya1661486741.jpg

उहाँ भन्नुहुन्छ," त्यतिबेला नेपाली समुदाय भर्खर हुर्किंदै थियो, भनौं। हामीले दशैं, तिहार जस्ता पर्वमा स-साना कार्यक्रम आयोजना गर्ने गर्थ्यौं। फेडेरेसन स्क्वाएरलाई मेलबर्नको मुटु मानिन्छ। त्यस्तो ठाउँमा त्यो दिन नेपालको झण्डा सम्भवत: पहिलो पटक फहरायो। त्यहाँ पहिलो पटक त्यसरी नेपाली संगीत गुञ्जियो। हामी सबै भावुक भएका थियौं। किनकि त्यतिबेलासम्म समुदाय बढीनसकेको हुनाले हामीले यहाँ एक्लो महसुस गर्थ्यौं, अरुको भूमीमा आएर बसिरहेका छौं भन्ने एकखालको अनुभूति हुन्थ्यो।"

2008 in 21661486576.jpg

उहाँ भन्नुहुन्छ, "त्यो नेपाल फेस्टिवलले चाहिं, हाम्रो पनि आफ्नै पहिचान छ, हाम्रो पनि समुदाय छ, यो ठाउँ हाम्रो समुदायको पनि हो, हामी पनि यहाँका मान्छे हौँ र यहाँको बहुसांस्कृतिक समुदायले हामीलाई अंगालेको छ भन्ने महसुस गरायो। त्यसैले अर्को नेपाल फेस्टिवलको पनि संयोजक भएर काम गरेको भएतापनि त्यो पहिलो नेपाल फेस्टिवललाई विशेष रुपमा स्मरण गर्छु म "।

2008c1661486862.jpg
त्यसपछि सन् २०१० मा 'अ जर्नी थ्रु नेपाल' नारा सहित नेपाल फेस्टिवल मेलबर्नको आयोजना गरियो। त्यस वर्ष बीस हजारभन्दा बढी अवलोकनकर्ताको सहभागीता रहेको थियो। दोस्रो नेपाल फेस्टिवल मेलबर्नको पनि संयोजक रहनुभएका राजु शाक्य भन्नुहुन्छ,"पहिलो नेपाल फेस्टिवल गर्दा एउटा त स्रोत साधन कसरी जुटाउने, यति ठूलो कार्यक्रम कसरी व्यवस्थापन गर्ने भन्ने थियो भने अर्कोकुरा, सहभागीहरु पनि हुन्छन् कि हुँदैनन्, मान्छेहरु आउलान् कि नआउलान् भन्ने डर थियो। त्यतिबेला यहाँ भएका नेपालीमा पनि धेरै विद्यार्थी नै भएकाले आर्थिक चुनौती थियो, तर हाम्रो समुदायबाट व्यक्तिगत सहयोग पनि प्राप्त भयो।"

2010in1661486986.jpg

उहाँ भन्नुहुन्छ, "सबै दृष्टिकोणले पहिलो नेपाल फेस्टिवलमा हामीले अपेक्षा गरेभन्दा बढी पायौं। त्यसैले हौसला, केही अनुभवहरु सहित दोस्रो नेपाल फेस्टिवल मेलबर्नको आयोजना गर्यौं। जसले फेरी नेपालीपन, नेपाली एकताको संदेश दियो। फेडेरेसन स्क्वाएरका व्यवस्थापक, जो स्थानीय हुनुहुन्छ, उहाँहरुले पनि नेपालीहरुको सहभागिता, सद्भाव र एकतालाई उदाहरणीय भन्नुभएको थियो। त्यतिबेला यहाँ नेपाली सामान पाउन, नेपाली कुराहरु प्रस्तुत गर्न मुस्किल थियो, हामीले आ-आफै स्वस्फूर्त रुपमा मेहनत गर्यौं, सबैले आफ्नोतर्फबाट सकेको गर्यौं "।

2010 f1661487034.jpg
त्यसपछि नेपाल फेस्टिवलको आयोजना वर्ष २०१२ रहेको थियो। उक्त वर्ष भने विविध कारणवश सिड्नीमा मात्र कार्यक्रमको आयोजना गरियो। तर अर्को दुई वर्ष अर्थात् २०१४ मा मेलबर्नमा फेरी नेपाल फेस्टिवलको आयोजना भयो। उक्त वर्ष सिड्नी मेलबर्न मात्र नभई अन्य सहरमा पनि कार्यक्रमको आयोजना गरिएको थियो। २०१४ अर्थात् तेस्रो नेपाल फेस्टिवल मेलबर्नमा अपेक्षा गरीएभन्दा बढी, तीस हजार जनाको सहभागिता रहेको थियो। ऋषि कंडेलको संयोजकत्वमा आयोजित नेपाल फेस्टिवल २०१४ को नारा थियो, 'युनिटी इन डाइभर्सिटि' अर्थात् विविधतामा एकता।

2014d1661487140.jpg
सांस्कृतिक परेड र नेपाली हस्तकला प्रदर्शनको नेपाल हाउस अवधारणा २०१४ मै जन्मिएको उल्लेख गर्दै तत्कालिन संयोजक ऋषि कंडेल भन्नुहुन्छ,"सुरुदेखि नै म नेपाल फेस्टिबल मेलबर्नमा सक्रिय थिएँ र राज्य संयोजक भएको हिसाबले नेपाल फेस्टिवल मेलबर्न २०१४ कार्यक्रम आयोजनाको नेतृत्व गरेको थिएँ। "

Rishi Kandel 11661487452.JPG

"पहिलेभन्दा आवश्यक स्रोत-साधन जुटाउन केही सहज त भएको थियो, तर अझै पनि सिमितता थियो। तरपनि हामीले सांस्कृतिक परेड र नेपाल हाउसको अवधारणा ल्यायौं, जसलाई सबैले मन पराउनुभयो र अहिले पनि त्यसले निरन्तरता पाइरहेको छ।"

2014e (2)1661487366.jpg

उहाँ भन्नुहुन्छ, "त्यतिबेला नेपाल फेस्टिवल मेलबर्नमा अष्ट्रेलियाका विशिष्ट श्रेणीका पाहुनाहरुको उपस्थिति रह्यो। जसले गर्दा नेपाल फेस्टिवलको, नेपाली समुदायको उपस्थितिको संदेश उच्च तहसम्म पुग्यो, नेपाल फेस्टिवल मेलबर्न अझ व्यापक बन्यो। खुल्ला ठाउँमा, नि:शुल्क प्रवेश सहित आयोजना हुने हुँदा नेपाल फेस्टिवलमा व्यापक सहभागिता रहँदै आएको छ र त्यस वर्ष तीस हजार जनाको सहभागिता रहेको थियो "।

2014fe1661487661.jpg
त्यसको दुई वर्ष पछि २०१६ मा चौथो नेपाल फेस्टिवल मेलबर्नको आयोजना भयो, जसमा ३८ हजारभन्दा बढीको सहभागिता रह्यो। उक्त नेपाल फेस्टिवलको संयोजक रहनुभएको थियो, केशव कंडेल।

159969735_10164599040745316_6572641362497428135_n1661487809.jpg

नेपाल फेस्टिवललाई नयाँ पुस्ताले नेपालसंग भावनात्मक साइनो गाँस्ने सुन्दर क्षणको रुपमा लिने तत्कालिन संयोजक तथा पूर्व एनआरएनए अध्यक्ष केशव कंडेल भन्नुहुन्छ," म आफै पनि नेपाल फेस्टिवलमा एकपटक रोएको छु। कलाकारहरुले धरहरा सम्बन्धि प्रस्तुति दिइरहनुभएको थियो। संयोगले मैले त्यो प्रस्तुति सुरुदेखि हेर्ने मौका पाएँ। त्यो हेर्दै गर्दा म यति भावुक बनें, मैले आफूलाई सहाल्नै सकिरहेको थिइन।नेपाल फेस्टिवल हाम्रो भावना, हाम्रो मन, हाम्रो माटोसंग जोडिएको छ भन्ने लाग्छ मलाई। आयोजकको हिसाबमा भन्दा अघिल्लो नेपाल फेस्टिवलमा म पनि अग्रपंक्तिमा रहेर काम गरेको थिएँ, त्यसको अनुभवमा २०१४ मा केही सहज भयो।"

dharahara1661487950.jpg

उहाँ भन्नुहुन्छ, "हरेक वर्ष नेपाली समुदाय बढ्दो अवस्थामा छ र हामीले अनुभवहरु पनि लिन पायौं, त्यसले गर्दा केही सहज भयो। स्रोत-साधन जुटाउनका निम्ति चाहिं मुस्किल नै थियो, तर सबैको साथले फेस्टिवल भव्य बनेको थियो। नेपाल फेस्टिवल भनेकै हाम्रो सद्भाव, एकता र नेपालप्रतिको मायाको संदेश हो। फेडेरेसन स्क्वाएरमा नेपालको झण्डा देख्दा कुन चाहिं नेपालीको मन भावुक नहोला र ! "

kandara1661488056.jpg
यस वर्ष मेलबर्नमा आयोजना गरिएको नेपाल फेस्टिवल मेलबर्नको छैठौं नेपाल फेस्टिवल हो। यसभन्दा अघि मेलबर्नमा सन् २०१८ मा पाँचौं नेपाल फेस्टिवलको आयोजना भएको थियो। उक्त कार्यक्रममा ४५ हजार जनाको सहभागिता रह्यो। मेलबर्नमा नेपाली संस्थाद्वारा आयोजित कार्यक्रममा यति धेरै अवलोकनकर्ता सहभागी भएको यो पहिलो पटक थियो। उक्त नेपाल फेस्टिवलको नारा, 'वान कन्ट्री, मेनी स्टोरिज'अर्थात्, एक देश, अनेक कथा रहेको थियो। उक्त नेपाल फेस्टिवलका संयोजक पनि केशव कंडेल नै रहनुभएको थियो।

2018f1661488122.jpg
२०१८ को नेपाल फेस्टिवलको स्मरण गर्दै तत्कालिन संयोजक केशव कंडेल भन्नुहुन्छ," यति धेरै सहभागिता हुनु भनेको हाम्रा लागि ठूलो सफलता थियो। यहाँको बहुसांस्कृतिक समुदायमा आफ्नो मौलिकताको चिनारी दिनु, नयाँ पुस्तालाई नेपालीपनको महसुस गराउनु र हामीलाई हाम्रो माटोसंग जोडीराख्नुमा यी कार्यक्रमले निकै ठूलो भूमिका खेले। जसले गर्दा यो कार्यक्रमको महत्त्व कति छ भन्ने कुरा दिनानुदिन हामीले बुझ्दै गयौं।

2018i1661488288.jpg

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष कँडेल भन्नुहुन्छ,"यद्दपि कोभिडका कारण २०२२ मा नेपाल फेस्टिवलको आयोजना गर्न सक्ने अवस्था आएन। महामारी पछिको यो समयमा हाम्रो आपसी सद्भाव, एकता अझ बलियो भएको छ, त्यसैले नेपाल फेस्टिवल २०२२ अझ भव्य बन्नेछ भन्नेमा म विश्वस्त छु "।

2018 l1661488179.jpg
'नेपाल फेस्टिवल २०२२ मेलबर्न'को नारा 'सेलिब्रटिङ्ग कल्चर, इम्ब्र्यसिंग डाइभरसिटि' अर्थात् 'संस्कृतिको खुसीयाली मनाऔं, विविधतालाई अंगालौं' भन्ने रहेको छ। सोही नारा अनुरुप फेस्टिवलमा बहुसांस्कृतिक प्रस्तुतिहरु, नेपाली सांस्कृतिक प्रस्तुतिहरु, प्रत्यक्ष सांगीतिक प्रस्तुति, नेपालको कला तथा संस्कृति झल्काउने डिस्प्ले, नेपाली परिकारको फुड स्टल रहनेछन्। नि:शुल्क प्रवेशको यो कार्यक्रम फेडेरेसन स्क्वायरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कार्यक्रमलाई उद्देश्य अनुरुप व्यापक सहभागितामूलक, प्रभावकारी र भव्य बनाउनका लागि विभिन्न कार्य समिति तथा उपसमिति विभाजन गरी तिव्र तयारी चलिरहेको छ।

viber_image_2022-07-20_23-47-21-4781658488407.jpg

नेपाल फेस्टिवलको मिति घोषणासंगै नेपाली समुदायमा देखिएको उत्साह र मिलिरहेको साथले आयोजक टिमलाई अझ बढी ऊर्जा मिलिरहेको एनआरएनए भिक्टोरिया संयोजक हरि खड्का बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ," सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। सम्बन्धित सबै क्षेत्रका अनुभवी व्यक्तिहरुलेसामुदायिक अगुवाहरुले कार्यसमितिको नेतृत्व गरिरहनुभएको छ। कार्यक्रम आयोजनामा व्यवसायिक संस्थाहरुले साथ दिइरहनुभएको छ भने सामाजिक संस्थाहरुले सहकार्य गरिरहनुभएको छ। एकातिर नेपाली समुदाय पहिलेभन्दा सबै दृष्टिकोणमा सबल बनेको छ भने अर्कोतिर कोभिड र लकडाउन पछिको माहोल छ। यद्दपी कोभिड अहिले पनि समुदायमा देखिएकाले त्यसका लागि पनि सतर्कताका योजना बनाइरहेका छौं। समग्रमा यसपटकको नेपाल फेस्टिवल व्यापक सहभागितामूलक, व्यवस्थित र ऐतिहासिक बन्नेमा आशावादी छौं"।

294127286_589000499274227_7789580847510277695_n (1)1658233673.jpg

नेपाल फेस्टिवल २०२२ को मूख्य प्रायोजन  ब्लुबेरी रियल स्टेटले गरेको छ। भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुतको कार्यालय, अष्ट्रेलिया स्थित नेपाली दूतावास, नेपलीज एसोसिएसन अफ भिक्टोरिया, नेपाली बहुसांस्कृतिक केन्द्र र भिक्टोरियाका सम्पूर्ण नेपाली संघसंथाले नेपाल फेस्टिवल मेलबर्न २०२२ को आयोजनामा सहकार्य गरिरहेका छन्। 

तस्बिर स्रोतहरु : सोलाङ्ग्चर / मेलबर्न फोटो प्रोजेक्ट / संकल्प फोटोग्राफी 

 


प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  ०९:३४
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्