Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • 'न्याभ टुर्नामेन्ट भिक्टोरियावासी नेपालीको एकता र सद्भावको संवाहक हो'
'न्याभ टुर्नामेन्ट भिक्टोरियावासी नेपालीको एकता र सद्भावको संवाहक हो'
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, फागुन १४, २०७८
Ram Chandra Paudyal : Grace International

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा जारी १७औं ग्रेस न्याभ टुर्नामेन्टका नियमित खेल सम्पन्न भइसकेका छन्। टुर्नामेन्ट गत १६ जनवरीदेखि सुरु भएको थियो। १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्ट ट्रफीका लागि २७ फेब्रुअरी, आइतबार फाइनल खेल हुँदैछ। दश टिमको सहभागिता र च्यारिटी म्याचले यसपटकको टुर्नामेन्टमा उत्साह थपेको छ। त्यसमाथि पनि आयोजक संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) यसपटक राज्य जयन्ती मनाउंदै छ, जसले गर्दा टुर्नामेन्ट अझ विशेष बनिरहेको छ। 

यसै सन्दर्भमा रहेर आज हामीले ग्रेस इन्टरनेशनल ग्रुपका प्रबन्ध निर्देशक रामचन्द्र पौडेलसंग विशेष कुराकानी गरेका छौं। ग्रेस इन्टरनेशनल न्याभ क्रिकेट टुर्नामेन्टको मूख्य प्रायोजक संस्था हो। 

ग्रेस इन्टरनेशनल कहिले सुरु भएको हो र कसरी काम गरिरहेको छ ?

ग्रेस इन्टरनेशनल नेपालमा २००६ मा स्थापना भएको थियो। विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सेवा प्रदान गर्ने क्रममा अष्ट्रेलियाको मेलबर्नमा २०१५ मा रिजनल अफिस स्थापना गर्यौं। अधिकांश कन्सल्टेन्सीहरु पहिले अष्ट्रेलियामा संचालन गरेर पछि नेपालमा शाखा खोलिएका छन्, तर हामीले भने हाम्रो मातृभूमीबाट नै काम सुरु गरेका हौँ। हामीमाथि विद्यार्थी र अभिभावकको विश्वास बढ्दै गएपछि अष्ट्रेलियामा सुरु गर्यौं र अहिले त विभिन्न देश तथा सहरमा गरेर हाम्रा कार्यालयहरु २२ वटा रहेका छन्। अष्ट्रेलियामै पनि मूख्य सहरहरु मेलबर्न, सिड्नी, एडिलेड, पर्थ, ब्रिसबेन, होबर्ट, क्यानबेरामा हाम्रा कार्यालयहरु छन्। अहिले नेपाल सहित ४ देशमा हाम्रा कार्यालय रहेका छन्। हामीकहाँ नेपाली मात्र होइन, फिलिपिनो, भियतनामी, भारतीय, पाकिस्तानी लगायत अन्य देशका सेवाग्राही पनि आउनुहुन्छ। उहाँहरुले गर्नुभएको यो विश्वासलाई कायम राख्दै, सहज तथा छरितो सेवाका लागि ग्रेस प्रतिबद्ध छ। 

यो व्यवसायिक क्षेत्रमा अरु थुप्रै संस्था पनि हुनुहुन्छ, ग्रेस चाहिं के कुरामा पृथक छ ?

हामीले विद्यार्थीलाई यो पढ्नुस्, यो देश जानुस् भनेर तोक्दैनौं। हामीकहाँ आउने विद्यार्थीको भविष्य उज्ज्वल बनोस् भन्ने सधै हाम्रो चाहना हुन्छ। त्यसैले विद्यार्थीले पढ्न चाहेको विषय कुन, त्यो विषयमा सभावना केकस्तो छ, विद्यार्थी कुन देश जान चाहेको हो भन्ने सबैकुरा बुझेर हामीले करियर काउन्सिलिङ्ग गर्छौं। र, विद्यार्थीलाई मात्र होइन, अभिभावकलाई पनि काउन्सिलिङ्ग गर्छौं। विदेश गएको छ भनेपछि अधिकांश अभिभावकले सन्तानबाट धेरै आशा राख्नुहुन्छ, जसले गर्दा विद्यार्थीमा एक किसिमको दबाब सिर्जना हुन्छ र उसको करियरमै अवसर पर्छ। त्यो कुरालाई बुझेर हामीले अभिभावकलाई पनि काउन्सिलिङ्ग दिन सुरु गरेका हौँ। अर्को कुरा, हाम्रोमा रजिस्टर्ड माइग्रेसन एजेन्टको टिम नै छ। त्यसैले विद्यार्थीले सही सुझाव प्राप्त गर्न सक्छन्। 

न्याभ क्रिकेट टुर्नामेन्टमा कहिलेदेखि आबद्ध हुनुहुन्छ ?

ग्रेसको स्थापनाकालदेखि नै टुर्नामेन्टमा सहकार्य गरिरहेका छौं। सबै कुरा व्यवसायिक मात्र हुँदैन। व्यवसाय आफ्नो ठाउँमा छ। समुदायप्रति पनि हाम्रो उत्तरदायित्व हुन्छ। न्याभ कप मार्फत हामीले नेपाली समुदायका युवाहरुलाई प्रोत्साहन गर्न सकेका छौं। अर्कोतर्फ, न्याभ भिक्टोरियावासी नेपालीहरुको पूरानो संस्था हो। नेपाली समुदायलाई विभिन्न क्षेत्रमा अगाडी बढाउनको लागि प्रयासरत यो संस्थाले खेल क्षेत्रमा गरेको प्रयास प्रशंसनीय छ। त्यसैले न्याभकपमा मूख्य प्रायोजकको रुपमा जोडिन पाउनु हाम्रो लागि खुशीको कुरा हो।

नेपाली समुदायमा न्याभ टुर्नामेन्टको स्थान कस्तो देख्नुहुन्छ ?

यहाँ नेपालीहरुका विभिन्न संस्था छन्, कसैले कुनै ठाउँको, कसैले कुनै जाती विशेषको प्रतिनिधित्व गर्छन्। तर न्याभ एउटा यस्तो संस्था हो, जसले भिक्टोरियावासी हरेक नेपालीको प्रतिनिधित्व गर्छ। यहाँको हरेक नेपाली व्यक्ति र हरेक नेपाली संस्थाको यो अभिभावक हो। र, टुर्नामेन्टले पनि त्यसरी नै यहाँको हरेक नेपालीलाई जोड्ने काम गरेको छ। अहिले त झन् नेपाली बहुसांस्कृतिक केन्द्रका लागि च्यारिटी म्याच गरेकोले यसको महत्त्व बढेको छ। 

१७औं सिजनसम्म आइपुग्दा पहिलेको र अहिलेको टुर्नामेन्टमा के फरक पाउनुभएको छ ?

पहिले क्लबहरु थोरै थिए। त्यसमध्ये एउटा क्लबको दुईवटा टिम बन्न पनि मुस्किल पर्थ्यो। अहिले त भिन्न-भिन्न क्लबका दश टिम सहभागी भए। खेलाडीहरुले खेल्दा मैत्रीपूर्ण तरिकाले खेलिरहेका छन्। उनीहरुको प्रदर्शन पनि अघिल्ला वर्षहरुमा भन्दा निखारींदै आएको महसुस गर्न सकिन्छ। अर्कोतिर, च्यारिटी म्याचले गर्दा सहभागिता बढेको छ। च्यारिटी म्याचले सबैमा छुट्टै किसिमको ऊर्जा भरिदिएको छ। र, महत्त्वपूर्ण कुरा, नेपाली समुदायका लागि लकडाउन पछिको यो सबैभन्दा ठूलो इभेन्ट भएका कारण यो एउटा पर्व जस्तो बनिरहेको छ। टुर्नामेन्टलाई यसरी व्यवस्थित र सफल बनाउन टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीजी र उहाँको टिम जसरी लागेको छ, प्रशंसनीय छ। 

न्याभ कपमा उत्कृष्ट खेल प्रस्तुति गरिरहेका खेलाडीहरु योभन्दा अगाडी बढ्न सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ?

अगाडी बढ्नुपर्छ र भविष्य पनि राम्रो छ। तर त्यसको लागि खेलाडीहरुलाई हामीले साथ दिनुपर्छ। न्याभले पनि न्याभ कप भन्दा अझ माथिका अवसरहरु सिर्जना गर्नुपर्छ। त्यसको लागि न्याभलाई सहयोग गर्न हामी सधै तयार छौं। अर्कोतिर, खेलमा मात्र नभएर अन्य सबै कुरामा विद्यार्थीका लागि टुर्नामेन्ट एउटा राम्रो प्लाटफर्म बन्न सक्छ। त्यहाँ, विभिन्न व्यक्तिहरुसंग कुरा गर्ने, घुलमिल हुने, सम्बन्ध विस्तार गर्ने वातावरण मिल्छ। त्यसबाट उनीहरुलाई पढाइ तथा काममा पनि सहयोग मिल्न सक्छ। 

न्याभ कपमा खेलाडीहरुलाई प्रोत्साहन गर्न ग्रेस इन्टरनेशनलले गरेका प्रयासबारे बताइदिनुहोस् न!

न्याभ कपमा प्रमुख त ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजकको रुपमा सहयोग गरिरहेको छ। खेलाडीहरुका लागि यो अप्रत्यक्ष सहयोग भयो। प्रत्यक्ष सहयोग भनेको, हामीले म्यान अफ द म्याचलाई २५० डलरको डिस्काउण्ट भौचर उपहार स्वरुप राखेका छौं। हामीले च्यारिटी खेलका लागि पनि सबै टिमका खेलाडीहरुलाई पोशाक उपलब्ध गराएका छौं। त्यस्तै, न्याभ कपमा खेल्ने विद्यार्थी खेलाडीहरुलाई पढाइ तथा भिसामा कसरी सहयोगी भूमिका खेल्न सकिन्छ भनेर हामी सधै प्रयासरत छौं।  

टुर्नामेन्टलाई अझ बृहत बनाउनका लागि के गर्नुपर्ला ?

नेपाली समुदायका हरेक व्यवसायीलाई जोड्नका लागि म आयोजक टिमलाई विशेष सुझाव दिन चाहन्छु। त्यसले गर्दा एउटा त सहभागिता बढ्छ, टुर्नामेन्टप्रति सबैको चासो रहन्छ भने अर्कोतिर, आर्थिक सहायता पनि जुट्छ। टाइटल स्पोन्सर भनेर ग्रेस नै रहनु जरुरी छैन, हामी सबै मिलेर, अगाडी देखिएर यसलाई बृहत बनाउन सक्छौं। 

नेपाली व्यवसायीको कुरा गर्दा, यहाँ कस्ता चुनौती र अवसर अनुभव गर्नुभएको छ ?

यहाँ अवसर धेरै छ, तर चुनौती पनि छ। ठाउँ अनुसार अवसर र चुनौती फरक-फरक हुन्छन्। यहाँ नियम एकदमै कडा छ। इमान्दार हुनुपर्छ ।आफू इलगनशील हुनुपर्यो, अवसर भेटिन्छन्। 

अन्त्यमा केही भन्ने चाहनुहुन्छ कि?

ग्रेस इन्टरनेशल १६औं वर्षमा प्रवेश गरेको छ। यो सबै विद्यार्थी, अभिभावक लगायत हाम्रा सम्पूर्ण सेवाग्राही, हाम्रा शुभेच्छुकको साथ तथा माया र सम्पूर्ण टिम सदस्यको मेहनतले सम्भव भएको हो। यसका लागि सबैप्रति आभारी छु। हजुरहरुको यो साथ निरन्तर रहोस् र ग्रेसले सयौं वार्षिकोत्सव मनाउने अवसर पाओस् । 


प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्