Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • 'नेपाल फेस्टिवलले नेपाली संगीतलाई पनि उच्च स्थान र अवसर दिएको छ'
'नेपाल फेस्टिवलले नेपाली संगीतलाई पनि उच्च स्थान र अवसर दिएको छ'
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, साउन २७, २०७९

आजभन्दा २८ वर्षअगाडि एउटा लोकपप ब्याण्डको उदय भयो । छोटो समयमा नै लोकप्रिया कमाउँदै उक्त व्याण्ड युवाहरुको ढुकढुकी बन्न पुग्यो। लोकपपसँगै मेलोडी गीतहरु पनि त्यसरी नै कुना–कन्दरासम्म वेजोड गुन्जिरहँदा ब्याण्ड ‘कन्दरा’ को चर्च सगरमाथा झैँ चुलिन थाल्यो ।  हरेक उमेरका, हरेक ठाउँमा बसोवास गर्ने नेपाली भाषीहरुका लागि ब्याण्ड सांगीतिक वरदान बन्यो, जसबाट अष्ट्रेलिया पनि अछुतो रहन सकेन । 

नेपाल फेस्टिबल मेलबर्नको निमन्त्रणामा २०१६ डिसेम्बरमा कन्दरा ब्याण्ड आफ्नो प्रस्तुति  दिन स्टेज चढ्यो र व्याण्डका लेजेण्ड भोकलिष्ट विवेक श्रेष्ठले माइक समातेर हेलो मेलबर्न मात्रै के भनेका थिए फेडेरेसन स्क्वारको त्यो विशाल भीड खुशीले चिच्यायो । जब गायक श्रेष्ठले आफ्ना एकपछि अर्को कालजयी गीतहरु पस्कन थाले त्यसपछि माहोल झन् चम्किन थाल्यो । उनै लेजेण्ड गायक विवेक श्रेष्ठसँग उक्त क्षणको अनुभवका बारेमा गरिएको संक्षिप्त कुराकानी:

297016530_10223358353889298_5552427043303145768_n1659505804.jpg

पछिल्लो समय मेलबर्नलाई कर्मथलो बनाउनुभएको छ । सम्रगमा मेल्वर्न कस्तो लाग्छ ?
मेलबर्न संसारमा बस्न लायक ठाउँमध्ये एउटा रहेको छ र यो अनुभव मलाई २०१२ मा मेलबर्न आउँदा नै भएको थियो । त्यतिखेर नै मैले यो शहरलाई भविष्यमा कर्मथलो बनाउँछु भन्ने कल्पना गरिसकेको थिएँ । र यो कल्पना अहिले साकार पनि भएको छ । कहिलेकाहीं यहाँको मौसमले सताएपनि यहाँका मानिसहरुको हार्दिकताले भने अपनत्व महसुस हुन्छ। पक्कै पनि मेलबर्नको सुन्दरताले मन छोएको छ। 

२०१६ डिसेम्बर मा आयोजित नेपाल फेस्टिबल मेलबर्नमा प्रस्तुति दिनुभएको थियो । उक्त प्रस्तुतिलाई नेपाल फेस्टिवल मेलबर्नको यादगार क्षणको रुपमा लिइन्छ, हजुरले चाहिं त्यो क्षणलाई अहिले कसरी सम्झनुहुन्छ ?
हाम्रा लागि पनि उक्त वर्षको नेपाल फेस्टिबल विभिन्न कारणले यादगार छ । अष्ट्रेलियाका लागि कन्दरा व्याण्डको पहिलो पल्टको टूर र प्रस्तुती थियो त्यो। मेलबर्न लगायत अष्ट्रेलिया अन्य शहरहरुमा पनि हामीले प्रस्तुती दिएका थियौ त्यतिखेर । फेडेरेशन स्क्वायरमा हाम्रो प्रस्तुती र दर्शकहरुको उपस्थिती त भव्य छँदै थियो, त्यो लेभलको फ्यानको माया र सद्भाव अविसमरणीय छ । अनि त्यो भन्दा पनि अझ स्पेशल रुपमा भन्दा मैले त्यो दिन मेरो जीवनसँगीनीलाई स्टेजबाट पहिलोपटक देखेको थिएँ । मैले त्यो दिनै उनीसँगै भेटेँ । त्यसैले पनि २०१६ को नेपाल फेस्टिबल मेरो लागि यादगार रहिरह्यो।  

नेपाल फेस्टिबल मेल्वर्नमा प्रस्तुती दिंदै गर्दा कस्तो अनुभव गर्नुभएको थियो?
हरेक गायक, संगीतकार, ब्याण्डको एउटा सपना हुन्छ, ठूलो भीडमा म्यूजिकल कन्सर्ट गर्ने । हामी कन्दरा व्याण्डले पनि त्यो दिन फेडेरेसन स्क्वायरमा आँखाले भ्याउन्जेलको भीडमा प्रस्तुती दिन पाएका थियौ । त्यो सपना पूरा भएकोमा खुशी सँगसँगै अलि भावुक पनि भएको थिएँ। एनआरएनए भिक्टोरीया तथा नेपाल फेस्टिबल व्यवस्थापक टिमप्रति त्यो अवसरको लागि ह्दयदेखिनै धन्यवाद दिएँ । यस वर्ष पनि हामीलाई प्रस्तुतीको प्रस्ताव चाँहि आएको थियो तर केही कारणवश हामीले यो वर्ष प्रस्तुती दिन नसक्ने भएका छौ । अरु देशभन्दा अष्ट्रेलियाले कलाकारहरुलाई बढी सम्मान  दिएको महसुस गरेको छु। 

स्टेजमा लेककी हे माया गाउँदा गाउँदै मेल्वर्नकी मायासँग मायाप्रिति भएछ, समग्रमा नेपाल फेस्टिबल मेलबर्नलाई कसरी लिनुहुन्छ?
पक्कै पनि यसको श्रेय नेपाल फेस्टिबल लगायत एनआरएनए भिक्टोरीयाको टिमलाई जान्छ । फेरिपनि धन्यवाद भन्न चाहन्छु । र, नेपाल फेस्टिवलको नै कुरा गर्दा चाहिं एकदमै भव्य अनि व्यवस्थित पनि । मेलबर्नको मुटुमा रहेको फेडेरेशन स्क्वायरमा दिनभरी पचास हजार भन्दा बढी मानिसहरुलाई आफ्नो कला संस्कृती र भेषभूषाले तान्न सक्ने एउटा ठूले साँस्कृतिक फेस्टिबल हो । यस फेस्टिबलले नेपाली कला, संस्कृति, भाषा, नृत्य, भेषभूषालाई मात्रै नभइ नेपाली संगीतलाई पनि उच्च स्थान र अवसर दिएको छ त्यसैले पनि म यस फेस्टिबललाई विशेष रुपमा लिन्छु ।

लामो समय बेलायतमा पनि बसेर आउनुभयो । त्यहाँको नेपाल फेस्टिबलहरुमा पनि सहभागि हुनुभयो होला । त्यहाँ र यहाँमा कस्ता समानता र भिन्नता पाउनुभयो ?
नेपालको कला संस्कृति, संगीत झल्काउने एउटै उद्देश्य रहेकोले यसलाई समानताको रुपमा हेर्न सकिन्छ । डायस्पोरामा बस्नेहरु सबैले सानो नेपालको निर्माण गरेर नेपालीपन महसुस गराउने गरेको छ त्यसैले पनि उद्देश्यमा समानता रहेको छ तर फेस्टिबलको व्यवस्थापन गर्ने तरिकामा अलि भिन्नता हुन सक्ला । म पनि एउटा एनआरएन हुँ त्यसैले पनि म अरुसँग काम गर्दा आफूपनि रहेर काम गरेको महसुस गर्दछु । हामी सबै मिलेर काम गर्ने हो र हामी सबैले मिलेर गरेको काम र सहकार्य राम्रो लाग्दछ । 

नेपाल फेस्टिबल मेल्वर्न सफल बनाउन आयोजकलाई आफ्नो तर्फबाट केही सुझाव दिन चाहनुहुन्छ कि?
फेस्टिवलको आयोजकहरु धेरै नै अनुभवी हुनुहन्छ । उहाँहरुलाई  के के कुरामा ध्यान दिनुपर्छ भनेर धेरै ज्ञान पनि छ । कला र संस्कृतिको विविधतामा अझै जोड दिन सकिन्छ यसवर्ष । लामो लकडाउन र तिव्र कोभिडको महामारी पछि यति वृहत कार्यक्रम भएरहेको छ । कोभिडको संक्रमण अझैपनि समुदायमा यथावत रहेकोले कोभिडको नियम पालना गरेर फेस्टिवलमा सहभागि हुनुपर्छ जस्तो लाग्छ । जस्तै सकेसम्म मास्क लगाउने, स्यानिटाइजर लगाउन नभुल्ने । यो सँगै फेस्टिवलको दिन वरीपरीको पब, क्लबहरु व्यस्त हुन सक्ला, मदिरा सेवन गरेर दुर्घटना  हुनसक्ने सम्भावना पनि धेरै हुनसक्ला, त्यसैले यसमा पनि विशेष ध्यान दिनुपर्छ । आयोजक टिमलाई अग्रीम बधाई तथा शुभकामना दिन चाहन्छु ।

अन्त्यमा, आफ्ना प्रशंसकलाई के संदेश दिन चाहनुहुन्छ?
कन्दरा व्याण्डले अब विस्तारै नयाँ नयाँ गीतहरुपनि ल्याउने तयारीमा रहेको छ । त्यसको लागि पनि म नेपाल जाँदैछु । हामीलाई यति धेरै माया र अपनत्व दिनुभएकोमा सबैप्रति आभार छौ ।  


प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्