Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल इन्टरटेन्मेन्ट
  • Home
  • सरल इन्टरटेन्मेन्ट
  • फिल्म 'प्रकाश' का लागि अभिनेत्री दिया मास्केको जुम्लेली पात्र अनुभव  
फिल्म 'प्रकाश' का लागि अभिनेत्री दिया मास्केको जुम्लेली पात्र अनुभव  
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, साउन २६, २०७९

काठमाडौं । दिया मास्के आउँदो फिल्म ‘प्रकाश’ मा सीताको भूमिकामा छिन् । उनले घरमुलीको भूमिका निर्वाह गरेकी हुन् ।

त्यसैले त टेलिभिजन शो ‘रोडिज’ मा मोडर्न देखिने दिया यसमा जुम्लाकी एक सामान्य महिलाको रूपमा प्रस्तुत छिन् । 

थियटरमा काम गर्ने कलाकार भएकाले उनले आफ्नो भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेकी छैनन् । जुम्लामा ४५ दिनको हाराहारीमा छायांकन भए पनि उनी त्यहाँ दुई महिना बसेकी थिइन् । उनी त्यहाँ दुई साता बढी बस्नुको कारण भूमिकालाई जीवन्त बनाउनु थियो । 

सम्पन्नतामा बाल्यकाल बिताएकी मात्र नभई एसएलसीपछि नेपाली भाषा जानेकी दियाले क्यारेक्टरलाई जीवन्त बनाउन गरेको मेहनत त प्रशंसायोग्य छ नै, साथै उनले स्वीकारेको भूमिका पनि आफैँमा च्यालेन्जिङ छ । किनकि उनले अभिनेता प्रदीप खड्काको आमाको भूमिका निर्वाह गरेकी छन् । उनी आफ्नो उमेरभन्दा बढी उमेरको भूमिकामा प्रस्तुत भएकी छिन् । 

श्रीमान् नभए पनि छोरालाई शिक्षक बनाउन संघर्ष गरेकी महिला हुन् सीता । आफ्नो परिवारको निर्णय आफैँले लिनुपर्ने, घरमुलीको दायित्व निर्वाह गर्नुपर्ने सीताले जुम्लाको द्वन्द्वपछि श्रीमान् नभएकी एकल महिलाको भूमिका निभाएकी हुन् । उनी सक्षम छिन्, तर उनलाई सघाउन नयाँ व्यवस्था मितव्ययी छैन । त्यसैले उनी श्रीमानको सपनालाई पूरा गर्न र छोरा शिक्षक बनेको हेर्न संघर्षरत छिन् । ‘सीतामार्फत दियाले धेरै कुरा सिकेकी छिन् । घरमुलीको दायित्वसँगै समाजसँग गर्ने संघर्ष र त्यो जुम्लाको जीवनले धेरै प्रेरणा दिएको छ’ उनले भनिन् । 

फिल्ममा अन्तिम समयमा जोडिएकी दियाले आफ्नो क्यारेक्टरको बारेमा स्क्रिप्टमै बुझेकी थिइन् । त्यसलाई जीवन्त बनाउन उनले छायांकनबाहेक दुई साताभन्दा बढी समय जुम्लामा बिताइन् । त्यहाँको स्थानीय महिलाले गर्ने व्यवहार, उनीहरू शारीरिक अवस्था, संघर्ष, हाउभाउलाई एडप्ट गरिन् । फलतः उनले डोको बोक्नेदेखि हलो जोत्नेसम्म गरिन् । उनले आफूलाई जीवन्त बनाउन छायांकन अवधिभरि झन्डै ४५ दिनसम्म शरीरको देखिने भाग हात, खुट्टा, घाँटी सफा गरिनन् । 

उनले आफूलाई जुम्लेली नै बनाइन् । त्यसले उनलाई क्यारेक्टरमा रहन मद्दत गर्‍यो । त्यो समयमा उनको हातखुट्टा, ओठ पनि फुटेको थियो । समय बित्दै गएपछि ती भागमा सुख्खा भएर रगतसम्म आउँथ्यो । त्यसबाट उनलाई रिकभर हुन् अहिलेसम्म समय लागेको छ । केही असर अझैँ बाँकी छन् । ‘सबै कुरा मेकअपमा मात्र डिपेन्ड हुनु हुन्न् भनेर ४५ दिन जति देखिने शरीरको भागलाई सफा गरिन् । किनकि बाहिरी आवरणले मात्र त्यो पात्रमा जीवन भर्न सहज थिएन,’ दियाले भनिन् । 

फिल्मको छायांकनको अवधिमा मेकअप वा अन्य कारणले क्यारेक्टरलाई जीवन्त बनाउन नसकिने भएकाले उनले त्यस्तो गरेकी हुन् । ‘मैले त्यसो गर्दा पेनलाई फिल गर्न पाएँ । छायांकन सकिएको एक वर्षसम्म पनि मेरो खुट्टा फुट्ने, रगत आउने समस्या हुन्थ्यो,’ उनले भनिन् । उनले यस्तो गर्दा क्यारेक्टरमा देखिने स–साना गतिविधिसमेत स्थानीयको झैँ थियो । हिँड्दा खुट्टामा आउने समस्या, सुख्खा भाग फुट्ने समस्याले क्यारेक्टरमा जीवन भरेको थियो । 

पहिलोपटक दलनमा काम गर्दा निकै समस्या झेलेकी दिया अहिले भने क्यारेक्टरलाई सजिलै एडप्ट गर्नुका साथै छाड्न पनि सक्छिन् । यद्यपि त्यसका लागि उनले गर्ने मेहनत छँदैछन् । सीताको भूमिका निर्वाह गर्दै गर्दा उनलाई केही निर्देशकले अब आफ्नो उमेरअनुसारको भूमिका नपाउन सक्नेतर्फ संकेत पनि नगरेका होइनन् । तर यसलाई उनी सहजै लिन्छिन । ‘मैले कुनै क्यारेक्टर गर्छु भने त्यहाँ दिया नभई त्यही क्यारेक्टर देखिनुपर्छ । त्यही प्रयास रहन्छ । मैले एउटा रोल गर्दा अर्को खोसिन्छ भने त्यसमा म सोच्दिनँ,’ उनले भनिन् । 

सीताले गर्ने दुःख जुम्लाकी महिलाले सहजै गर्छन् । पर्दामा आफ्नो भूमिका असुहाउँदो नदेखियोस् भनेर नै उनले सक्दो जीवन भर्ने प्रयास गरिन् । उनी जुम्ला पुगेर भाषा मात्र नभई जीवनशैलीमै पस्ने प्रयास गरिन् । उनले डोको बोक्ने महिलाको थाप्लो चुल्ठो बाट्ने तरिका, सुल्पा खाने बानी सिकिन् । उनी डाँडामा पुगेर बारीमा मल छर्ने, हल जोत्ने काम गरिन् । उनलाई सुल्पा खाने बानीले असर पनि गर्‍यो । उनले काठमाडौं फर्किएपछि आफ्नो शारीरिक जाँचसमेत गराइन् । किनकि उनलाई छातीमा केही समस्या आएको थियो । 

‘मैले स्थानीय बनेपछि त्यहाँ हुने हरेक गतिविधि गर्नुपर्ने हुन्छ । जुम्लाकै कसैले फिल्म हेर्दा बाहिरी नलागोस् भनेर सुल्पासमेत तानेकी हुँ,’ उनले भनिन् । त्यसो त उनले सीतालाई जिउने मानसिक रूपमा तयारी गरे पनि शारीरिक रूपमा मेकअपको सहारा लिने सोच बनाएकी थिइन् । तर छायांकन हुनु दुई साता अगाडि नै जुम्ला पुगेपछि उनले मेकअपभन्दा पनि स्थानीयकै जीवनशैली अपाउने निश्चय गरिन् । फलतः मेकअपसँगै उनमा देखिएको जीवन्त अभिनय उनकै मेहनतको प्रतिफल हो । 

दिया आफ्नो काममा इमान्दारिता देखाउन कन्जुस्याइँ गर्दिनन् । यसलाई दर्शकले कसरी लिन्छन् भन्ने सोच्नेभन्दा पनि आफ्नो भूमिकालाई जीवन्त बनाउनेतर्फ उनको बढी समय जान्छ । उनले आउने प्रतिक्रियाले हौसला मिल्ने भए पनि आफ्नो काम प्रतिको इमान्दारिताकै रूपमा मात्र यसलाई लिन्छिन् । ‘मैले आफूले पाएको भूमिकालाई जीवन्त बनाउन गर्ने मेहनत इमान्दारिताका साथ गर्नुपर्छ । त्यसलाई दर्शकले नोटिस गरिदिनुभएमा सुनमा सुगन्ध हुन्छ । नत्र आउने प्रतिक्रियाका आधारमा एउटा कलाकारले अभिनय गर्नु हुन्न । हामीले आफ्नो तर्फबाट इमान्दारिताका साथ् काम गर्ने हो,’ दियाले भनिन् । 

महेन्द्र अधिकारी जस्ता निर्माताले मौलिक कथालाई मौलिक तरिकाले ल्याउन गरेको आँटको पनि उनी तारिफ गर्छिन् । दिनेश राउतको निर्देशकीय शैलीले पनि उनलाई काम गर्न सहज भयो । फिल्ममा दिया र प्रदीपसँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

विकास सुबेदीको लेखन रहेको फिल्मले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गर्छ । समाज, राजनीति, पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । आगामी १० भदौदेखि प्रदर्शनमा आउने फिल्म बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।


प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
थप सरल इन्टरटेन्मेन्ट
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु !
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु ! बुधबार, चैत २८, २०८०
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै बुधबार, चैत १४, २०८०
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट आइतबार, फागुन २०, २०८०
दुर्गेश थापामाथि जुत्ता प्रहार
दुर्गेश थापामाथि जुत्ता प्रहार आइतबार, माघ २८, २०८०
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास बुधबार, माघ २४, २०८०
उर्फीपछि अनन्याको अनौठो पहिरन
उर्फीपछि अनन्याको अनौठो पहिरन बुधबार, माघ १०, २०८०
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै शुक्रबार, माघ ५, २०८०
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी सोमबार, पुस २३, २०८०
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र बुधबार, पुस १८, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्