Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • न्याभ टुर्नामेन्ट: च्यारिटि म्याच र समग्र व्यवस्थापन प्रशंसनीय, अब महिला सहभागिता आवश्यक
न्याभ टुर्नामेन्ट: च्यारिटि म्याच र समग्र व्यवस्थापन प्रशंसनीय, अब महिला सहभागिता आवश्यक
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, फागुन १२, २०७८
Suraj Khatri - Zen Migration and Education

मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा १७औं न्याभ क्रिकेट टुर्नामेन्ट चलिरहेको छ। नेपलीज एसोसिएस अफ भिक्टोरिया (न्याभ)ले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गर्दै आएको टुर्नामेन्ट यसपटक १६ जनवरीदेखि सुरु भएको हो। हरेक हप्ताको आइतबार हुँदै आएको टुर्नामेन्टका खेल सकिएका छन्। न्याभ क्रिकेट टुर्नामेन्टमा यस पटक १० टिम सहभागी रहेका थिए । आगामी आइतबार १७औं न्याभ क्रिकेट टुर्नामेन्टको फाइनल खेल हुँदैछ। 

टुर्नामेन्टमा यस पटक च्यारिटी खेल पनि रहेको छ। व्यवसायी तथा समुदायका अगुवाहरुको च्यारिटी म्याचको फाइनल खेल पनि आगामी आइतबार नै हुनेछ। नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) को सहयोगार्थ च्यारिटी खेल आयोजना गरिएको हो। यसै सेरोफेरोमा रहेर आज हामीले जेन माइग्रेसन एण्ड एजुकेशन सर्भिसेजका डाइरेक्टर सुरज खत्रीसंग विशेष कुराकानी गरेका छौं। 

यो व्यवसायिक क्षेत्रमा कसरी आइपुग्नुभयो?
सुरुमा म आइटि पढ्नका लागि अष्ट्रेलिया आएको हूँ। १९९९ मा अष्ट्रेलिया आएँ अनि आफ्नो रोजाईको विषय पनि पढें, त्यहिबीचमा माइग्रेसन लप्रति आकर्षित भएँ। र, ग्राजुएट सर्टिफिकेट इन इमिग्रेसन ल पढें। त्यसपछि मैले केही समय डिपार्टमेन्ट अफ इमिग्रेसनमा काम गरेँ। पढाइ अनि त्यो अनुभवले रजिस्टर्ड माइग्रेसन एजेन्ट बनें। यहाँको नेपाली समुदायमा पूराना रजिस्टर्ड माइग्रेसन मध्येमा पर्छु म। काम गर्दै जाँदा मैले इमिग्रेसन ल मै मास्टर्स पनि गरें। यो व्यवसायिक क्षेत्रमै काम गर्नेहरुमा इमिग्रेसन ल मै मास्टर्स गर्ने धेरै कम छौं। काम गरिसकेपछि आफूमा धेरैभन्दा धेरै ज्ञान होस्, जसले गर्दा गुणस्तरीय तथा विश्वासीलो सेवा प्रदान गर्न सकौं भन्ने मेरो मान्यता छ। भिसा सम्बन्धि एकदमै जटिल मानिएका समस्या पनि हामीले समाधान गरिरहेका छौं। त्यो समस्या समधानपछि सेवाग्राहीमा जुन खुसी देखिन्छ, त्यसले मलाई सबैभन्दा बढी आनन्द दिन्छ। जेन माइग्रेसन २०१५देखि संचालनमा आएको हो र अहिलेसम्म हजारौं सेवाग्राहीलाई सेवा दिइसकेका छौं। पैसाभन्दा त्यो खुसीलाई महत्त्व दिनेभएकै कारणले हामीमाथि सबैले विश्वास गरिरहनुभएको छ। जेन माइग्रेसनको नाम संस्कृत शब्द ध्यानबाट आएको हो, यसको अर्थ शान्ती भन्ने हुन्छ। यही नाम अनुसार, सबैको जीवनमा खुसी र शान्ती ल्याउन सकौं भन्ने हाम्रो उद्देश्य हो। 

न्याभ टुर्नामेन्टमा कहिलेदेखि आबद्ध हुनुहुन्छ ?
न्याभ हाम्रो पूरानो संस्था हो। त्यसैले न्याभले गर्ने प्राय: कार्यक्रमहरुमा हाम्रो सहभागिता रहन्छ। हामी सबैको साझा संस्था भएकोले यसले गर्ने गतिविधिमा सहभागी हुनु, सहयोग गर्नु हाम्रो दायित्व हो। अहिले त म सल्लाहकारको रुपमा समेत रहेको छु। न्याभसंग यसरी जोडिन पाउँदा गर्व लाग्छ। 

भिक्टोरियाको नेपाली समुदायमा न्याभ टुर्नामेन्टको स्थान कस्तो देख्नुहुन्छ ?
क्रिकेट खेल हामी नेपालीहरुका लागि प्यारो छ। त्यसमा पनि समुदायकै ठूलो टुर्नामेन्ट भएका कारण सबैमा उत्साह देखिन्छ। यहाँको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको स्थान बनाउनका लागि न्याभ क्रिकेट टुर्नामेन्टले पनि ठूलो भूमिका खेल्न सक्छ जस्तो लाग्छ। यसपटक त बृहत च्यारिटी म्याचले समुदायमा अझ ठूलो रौनक ल्यायो। 

च्यारिटी म्याच खेल्दाको अनुभव बताइदिनुहोस् न ! 
सबैभन्दा पहिले त म टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीजीलाई धेरै-धेरै धन्यवाद अनि बधाई दिन चाहन्छु। उहाँले जसरी यति ठूलो म्याचको व्यवस्थापन गर्नुभयो, निकै प्रशंसनीय छ। आ-आफ्नो काम र व्यवसायमा व्यस्त भएकाहरुलाई यसरी जम्मा गर्न सक्नु, खेल्नका लागि प्रेरित गर्नु चानचुने कुरा होइन। हामी आफ्नो दैनिक जिन्दगीमा अल्झिएर खेल्न बिर्सिएकाहरुलाई च्यारिटी म्याचले नयाँ जोश दियो। यसरी खेल्यौं कि, अर्को दिन शरीरका अंग-अंग दुखेका थिए। हामीले आफूलाई बिर्सिएर खेल्यौं। म्याचले छुट्टै किसिमको ऊर्जाको संचार गरिदियो। कोभिड पछाडीको सबैभन्दा ठूलो इभेन्ट भएका कारण सबैसंग भेटघाट गर्ने, गफ गर्ने अवसर समेत मिल्यो। त्यसमाथि नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि गरिएको यो च्यारिटी म्याचको उद्देश्य आफैमा सुन्दर छ। अब आइतबार हुने खेलका लागि हामी सबै उत्साहित छौं। 

न्याभ टुर्नामेन्टले नेपाली समुदायका युवाहरुलाई कसरी सहयोग गर्न सक्छ ?
खेलले शारीरिक र मानसिक दुवै किसिमले स्वस्थ रहन मद्दत गर्छ। यो निकै महत्त्वपूर्ण छ। अर्को कुरा, टुर्नामेन्टमा खेलाडीले आफ्नो क्षमता प्रस्तुत गर्न, सिक्न सक्छ र अगाडी बढ्ने बाटो निर्माण गर्न पनि सक्छ। त्यसैगरी सम्बन्धि विस्तार, आफ्नो आइडिया तथा कामको प्रचारका लागि पनि टुर्नामेन्टले राम्रो प्लाटफर्म दिइरहेको छ। 

टुर्नामेन्टलाई अझै व्यापक र राम्रो बनाउनका लागि के गर्नुपर्ला ?
पहिलो कुरा त न्याभको सदस्यता संख्या बढाउनुपर्छ। अर्को कुरा, महिला सहभागितालाई अब ध्यानमा राख्नुपर्छ। महिला र बालबालिकालाई पनि समेट्न सकियो भने यो अझै बढी सहभागितामूलक बन्नेछ। र संगसंगै व्यापक प्रचार-प्रसारमा पनि ध्यान दिनुपर्छ। यसका लागि समुदायका हामी सबैले सक्दो साथ दिनुपर्छ। 

अन्त्यमा, अष्ट्रेलियामा नेपाली व्यवसायीहरुका लागि कस्ता चुनौती र अवसर रहेका छन् ?
यहाँ अवसर धेरै छन्। कोभिडको समयमा समेत सरकारले व्यवसायीहरुलाई सहयोग गरेको थियो। अरु कुरा त आफ्नो मेहनत, क्षमता, लगनशीलता र इमान्दारितामा भर पर्छ। 


प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  २३:४१
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्