Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • 'अष्ट्रेलियाको पीआर पाउनका लागि महँगो कोर्स नै पढ्नुपर्छ भन्ने हुँदैन'
'अष्ट्रेलियाको पीआर पाउनका लागि महँगो कोर्स नै पढ्नुपर्छ भन्ने हुँदैन'
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, साउन १४, २०७९

मेलबर्न। अष्ट्रेलिया गइसकेपछि अधिकांश विद्यार्थीको चाहना स्थायी भिसा (पीआर) प्राप्त गर्नु हुन्छ। यसका लागि विद्यार्थीहरुले पीआरका लागि सहज हुने विषय परिवर्तन पनि गर्ने गर्दछन्। महँगो विषय पढेमा मात्र पीआर पाउन सजिलो हुने भ्रम र संगै गलत सुचनाले गर्दा विद्यार्थीहरु अनावश्यक मानसिक दबाबमा आउने बताउनुहुन्छ, रजिस्टर्ड माइग्रेसन एजेन्ट तथा डाँफे कन्सल्टिङ्गका डाइरेक्टर सन्तोष कर्ण। यसै विषयमा आज हामीले उहाँसंग छोटो तथा सूचनामूलक संवाद गरेका छौं। 

अष्ट्रेलियाको पीआरका लागि विद्यार्थीलाई कस्तो कोर्स गर्दा सहज हुन्छ?
विद्यार्थीलाई महँगो कोर्स पढ्यो भने मात्र पीआर पाइन्छ भन्ने छ। तर पछिल्लो समय भोकेसनल कोर्स पीआरका लागि एकदम सहज माध्यम बनिरहेको छ। माइग्रेसनमा अहिले भोकेसनल कोर्स लोकप्रिय भइरहेको छ। विशेषगरी नेपाली र भारतीय विद्यार्थीहरु भोकेसनल कोर्सप्रति आकर्षित भैरहेका छन्। 

भोकेसनल कोर्स सहज हुनुका कारण के-के हुन्?
नेपाली र भारतीय अधिकांश विद्यार्थीहरुको आर्थिक अवस्था भनेको यहाँ रहेर काम नगरी पढ्न सक्ने किसिमको हुँदैन। यसको अर्थ, विद्यार्थीले आफ्नो खर्च आफै धान्नुपर्ने स्थिति हुन्छ। भोकेसनल कोर्स अरु कोर्सभन्दा सस्तो हुन्छ। जसले गर्दा विद्यार्थीहरुमा आर्थिक दबाब कम हुन्छ। यो कोर्स सीपमूलक हुन्छ। साथै पढ्न, पास हुन पनि सजिलो हुन्छ भने छोटो अवधिमै कोर्स पूरा गर्न पनि सकिन्छ। 

यसले पीआरका लागि कसरी सहयोग पुग्न सक्छ ?
मैले अघि पनि भनें, यो सिपमूलक कोर्स हो। अष्ट्रेलियाका विभिन्न राज्यले समय-समयमा स्किल्ड अकुपेशन लिस्ट सार्वजनिक गर्ने गर्दछन्। त्यो स्किल्ड अकुपेशन लिस्टको अर्थ बजारमा त्यो पेशाको माग छ कि छैन, माग कति छ भन्ने हो। त्यो स्किल्ड अकुपेशन लिस्टमा भएका पेशा हेरेर, सोही अनुसारको कोर्स रोज्ने हो भने पीआरका प्राप्त गर्ने सम्भावना हुन्छ। यसरी कोर्स रोज्दा विद्यार्थीलाई म रजिस्टर्ड माइग्रेसन एजेन्टसंग परामर्श गर्न सल्लाह दिन्छु। अन्य परामर्शदाताहरु भेट्नुभयो भने पनि कृपया एकपटक आफूलाई कुरा राख्न सहज हुने रजिस्टर्ड माइग्रेसन एजेन्टसंग परामर्श गर्नुस्। 

विद्यार्थीलाई आफूले पढिरहेको कोर्स पढ्ने इच्छा छ, तर पीआरका लागि भोकेसनल कोर्स गर्न चाहन्छन् भने, यो सम्भव हुन्छ?
हजुर, हुन्छ। दुवै कोर्स संगसंगै लैजान पनि सक्नुहुन्छ। र, यो कोर्सपछि ब्याचलर्स, मास्टर्स पनि गर्न सक्नुहुन्छ। भोकेसनल कोर्स पढिसकेर पीआर प्राप्त गरेपछि पनि पढाइलाई निरन्तरता दिन सकिन्छ। तर, यसका लागि विद्यार्थी भाइबहिनीलाई म रजिस्टर्ड माइग्रेसन एजेन्टसंग परामर्श गर्न अनुरोध गर्छु। मैले यो बारम्बार किन भनिरहेको छु भने गलत जानकारीका आधारमा कोर्स परिवर्तन गर्ने गर्नुभयो भने तपाईंको भिसा जोखिममा पर्न सक्छ। 

भोकेसनल कोर्स पछि विद्यार्थीले पीआर प्राप्त गर्ने प्रक्रिया के रहन्छ?
विद्यार्थीले कुकरी अटोमोटिभ जस्ता कुन विषयको कोर्स गर्नुभएको छ, त्यही अनुसार उहाँको स्किल एसेसमेन्ट हुन्छ। त्यो भनेको सम्बन्धित पेशामा तोकिएको दक्षता अनुसार तपाईंको सिप छ कि छैन भनेर जाँच्नु हो। यदि त्यो स्किल एसेसमेन्ट सफल भयो भने तपाईंको पीआरको बाटो खुल्छ।

(अष्ट्रेलिया भिसा तथा करियर सम्बन्धि जिज्ञासा भएमा यहाँ क्लिक गरी जिज्ञासा राख्न सक्नुहुनेछ। माथि उल्लेखित जानकारीहरु सामान्य जानकारीहरु हुन्, सबै केसमा यी जानकारी उपयोगी नहुन सक्छन्। त्यसैले, रजिस्टर्ड परामर्शदातासंग सरसल्लाह लिन अनुरोध गर्दछौं। यदि डाँफे कन्सल्टिङ्गमा सम्पर्क गर्न चाहनुहुन्छ भने डाँफे कन्सल्टिंगका कार्यालयहरु नेपालमा चितवन र काठमाडौंमा तथा अष्ट्रेलियामा मेलबर्न र सिड्नीमा रहेका छन्। )


प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्