Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल इन्टरटेन्मेन्ट
  • Home
  • सरल इन्टरटेन्मेन्ट
  • अरु भन्दा बेग्लै शोभा त्रिपाठी, बेग्लै तीज गीत 'बादलु लाएर डम्मै बरिलै' (भिडियोसहित)
सरल विशेष अरु भन्दा बेग्लै शोभा त्रिपाठी, बेग्लै तीज गीत 'बादलु लाएर डम्मै बरिलै' (भिडियोसहित)
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, असार ३१, २०७९

काठमाडौं । लोक गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठीको नयाँ तीज गीत शुक्रवार रिलिज भएको छ । त्यसो त यो वर्षको तीज आउन अझै डेढ महिना बाँकी छ । तर अहिलेबाटै तीज गीत दिनमै आधा दर्जन बढी रिलिज हुन थालेका छन् । तत्कालीन पुरुषप्रधान समाजमा चेलीका उत्साह,सपना, खुशी ,पीडा र दुख निर्धक्क पोख्न माध्यम हरेक वर्षको तीजका दिनलाई मानिन्थ्यो । तीजका गीतमा अभिव्यक्त शब्द र भावलाई लिएर कसैले पनि इस्यू वा इगो बनाउन पाइन्नथ्यो, बनाइन्न्थ्यो । 

तर आजकाल त तीज गीत पनि कमर्सियल भएको छ । तीज पर्वको मौलिकता र यसको सौन्दर्य उजागर गर्न भन्दा बढी भ्यूज,लाइक्स,कमेन्टस् र शेयर बडुल्ने उदेश्यप्रेरित भइरहेका छन्, अचेल तीज गीत । त्यसैले गायक,गायिका र सर्जकहरुलाई अहिले लाग्ने साझा आरोप हो–तीज गीतका नाममा विकृति भित्र्याए । यसले तीज गीतको संस्कृतिलाई नै विकृत बनाए । 

यस वर्ष पनि अहिलेबाटै थरिथरिका तीज गीत रिलिज भएका छन् । पशुपति शर्मादेखि सम्झना भण्डारीसम्मका गायक गायिकाहरु ती होडबाजीमा सहभागी छन् । बरिलै जस्तो मौलिक भाकादेखि बालेन साह नामका तीज गीत रिलिज भएका छन् । 

गायिका शोभा त्रिपाठी भने यस्तो होडबाजीबाट भिन्न छिन् । विगत डेढ दशकदेखि उनले कुनै वर्षको तीज नयाँ गीत रिलिज नगरि मनाएकी छैनन् । लाग्छ उनको लागि तीज गीत नै महादेवलाई खुशी पार्ने र लोक क्षेत्रमा अझ जम्ने आशिर्वाद हो । तर उनको हरेक वर्षको गीत शालीन र सभ्य हुन्छन् । त्यसैले उनका हरेक तीज गीत शौम्य र सुन्दर छन् । त्यही कारण उनको एक दशक अघिको यो तीज गीत अहिले पनि उस्तै ताजा र सान्दर्भिक लाग्छ :

तीजको व्रत बस्छु म त खान्न पानी पनि
वर माग्छु तिमीलाई केही नहोस् भनी
तिम्रै लागि हो , मै राम्री भएको तिम्रै लागि हो
तिम्रै लागि हो , मै मन्दिर गएको तिम्रै लागि हो । 

यसबीचमा मिसावटले बाग्मतीको पानी प्रदु्षित भए जस्तै तीज गीतमा पनि थरिथरिका स्वार्थ र उदेश्य मिसिए । जसले गर्दा तीज गीत पनि प्रदुषित बने । तर ती प्रदुषणहरुले शोभालाई भने कहिले छोएन अथवा उनले त्यसको नजिकसम्म आफूलाई पर्न दिइनन् । 

गत वर्ष दुर्गेश थापा,प्रीति आले जस्ता गायक गायिकाहरु तीज गीतलाई विकृत बनाएको आरोप खेपिरहँदा र चलेका गायक गायिकाहरु समेत भ्यूज र लाइक्सको पछि दौडिरहँदा शोभाले भने गाउँघर र लेकबेंसीका चलनचल्तीका शब्दहरुलाई गाँसेर तीज गीत तयार पारेकी थिइन्–

चरी बस्यो हो निगाली डाली
चरी बस्यो हो निगाली डाली
गुँड लाउन त किन हुन्थ्यो थकाइ मार्न
साइँला नलाउ नजर, मेरो मन विगार्न । 

तीज गीतको सन्दर्भमा शोभा त्रिपाठी साँच्चिकै कुनै तपस्वी भन्दा कम देखिन्नन् । गीतले कति भ्यूज पाए, कतिजनाले कति र कस्तो कमेन्टस् गरे ? त्यसले उनको मन कहिले विगार्न सकेन । किनभने प्लास्टिकको फूल सजाउन बगैंचा फाँड्नेहरुको जमाना हो यो भन्ने उनले राम्रोसँग बुझेकी छिन् । अर्को कुरा तीज गीतमा मौलिकता शोभाको पहिलो शर्त हो । त्यसमा उनी अडिग छिन् । त्यही अडानमा रहेर उनले यस वर्ष पनि तीज गीत सार्वजनिक गरेकी छिन्–

खोली तर्न पर्दैन नि झोलुङ्गे पुल हालेसी
बादलु लाएर डम्मै बरिलै
वारि गाउँमा पारि गाउँमा मादल बज्न थालेसी
भीरैको बाटो नि सम्मै वरिलै लै । 

नेत्र अर्यालको शब्दमा शोभाले यसपटक नेपाली लोक गायनमा सर्वाधिक रुचाइएका गायक राजु परियारको साथ पाएकी छिन् । शोभाको नयाँ गीतको शब्दमा तीज पर्व र तीज गीतको सौन्दर्य र सामथ्र्य दुवै झल्किन्छ । गीतमा लय महेन्द्र भण्डारीले सिर्जना गरेका छन् । पश्चिम नेपालको मौलिक लोकलय उनले दुरुस्त उनेका छन् । 

शब्द,लय र गायनले सुन जस्तै गीतमा स्तरीय दृश्य अर्थात म्यूजिक भिडियोले सुगन्ध भरिदिएको छ । म्यूजिक भिडियोलाई आकर्षक र सार्थक बनाउन शोभा र उनको टिमले कुनै कसर छोडेका छैनन् । गीतको शब्द र भावलाई जीवन्त बनाउने नृत्य गरेकी छिन् शोभाले । गीत रिलिज नहुँदै उनले भनेकी थिइन्– यसपटक त मैले गजबले नाचेकी रहेछु, अहिले गीतको सम्पादन गर्दा यस्तो लागिरहेको छ । 

शोभाको यो अभिव्यक्तिले के दर्शाउँछ भने उनी गीतलाई उत्कृष्ट र विक्ने बनाउन कुनै बनावटी मिश्रण गर्दिनन् । न कसैको लहैलहैले नै छुन्छ उनलाई । भन्छिन्–लोक गीत भनेका त सबै लोकले सर्वस्वीकार गर्न सक्ने हुनुपर्छ । यस्ता गीत लोककै माझबाट टिपेर उनीहरुकै माझमा हामीले पुर्याउन सक्नुपर्छ । 

र, अनौपचारिक रुपमा गफिने क्रममा उनले भनिन्–
मेरो गीत बरु एकैजनाले सुनुन् र हेरुन् । तर उसको मनले मनमनै भनून्–एउटा राम्रो गीत सुनें, राम्रो भिडियो हेरें । 

क्याबात शोभा । 


 


प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २०:३४
प्रतिक्रिया दिनुहोस्
थप सरल इन्टरटेन्मेन्ट
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु !
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु ! बुधबार, चैत २८, २०८०
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै बुधबार, चैत १४, २०८०
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट आइतबार, फागुन २०, २०८०
दुर्गेश थापामाथि जुत्ता प्रहार
दुर्गेश थापामाथि जुत्ता प्रहार आइतबार, माघ २८, २०८०
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास बुधबार, माघ २४, २०८०
उर्फीपछि अनन्याको अनौठो पहिरन
उर्फीपछि अनन्याको अनौठो पहिरन बुधबार, माघ १०, २०८०
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै शुक्रबार, माघ ५, २०८०
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी सोमबार, पुस २३, २०८०
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र बुधबार, पुस १८, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्