Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • न्याभको नयाँ कार्यसमितिको निर्वाचन हुँदै, अध्यक्षमा प्रेम राज उप्रेतीद्वारा उम्मेद्वारी घोषणा 
न्याभको नयाँ कार्यसमितिको निर्वाचन हुँदै, अध्यक्षमा प्रेम राज उप्रेतीद्वारा उम्मेद्वारी घोषणा 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, असार २९, २०७९

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियावासी नेपाली समुदायको सबैभन्दा पूरानो संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले २५ वर्ष पूरा गरेको छ। रजत जयन्ती मनाएसंगै न्याभले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दैछ। आगामी २३ जुलाईमा वार्षिक साधारणसभा संगै नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेभएको हो। 

उक्त निर्वाचनबाट आगामी दुई वर्षका लागि न्याभका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सदस्यहरुको चयन गरिनेछ। निर्वाचनका लागि उम्मेद्वारीको आव्हान गर्दै न्याभले निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ। न्याभको सदस्यता लिएका विद्यार्थी, साधारण सदस्य तथा आजीवन सदस्यहरुले मत दिन पाउनेछन्। 

न्याभको निर्वाचन तालिका अनुसार, १४ जुलाईसम्ममा इच्छुक व्यक्तिहरुले उम्मेद्वारी दर्ता गरिसक्नुपर्नेछ। न्याभका वर्तमान उपाध्यक्ष प्रेम राज उप्रेतीले आज अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको छ। विदेशी भूमीमा पारिवारिक जिम्मेवारी र कामको चापले व्यस्त बन्ने जीवनशैलीमा उप्रेती सामाजिक काममा क्रियाशील रहँदै आउनुभएको छ। न्याभको वर्तमान कार्यसमितिको कार्यकालको समय कोभिड-१९ महामारीमा रह्यो। उक्त महामारीमा विद्यार्थीका लागि राहत वितरण, समुदायमा भ्याक्सिन सम्बन्धि जनचेतना कार्यक्रममा उहाँले संयोजक समेत रहँदै अंग्रपंक्तिमा रहेर काम गर्नुभएको थियो।

शान्ती, सद्भाव र एकताले नै समुदायलाई अगाडी बढाउँछ भन्ने मान्यता राख्ने उप्रेतीले सामुदायिक संस्थाको सहयोगका लागि व्यवसायिक संस्थाको हातेमालोलाई जोड दिंदै आउनुभएको छ। उहाँकै अवधारणामा  न्याभ क्रिकेट टुर्नामेन्टमा सामुदायिक संस्था र व्यवसायिक संस्थाबीच मैत्रीपूर्ण च्यारिटी खेल सुरु भएको छ, जुन प्रयासलाई मेलबर्नको नेपाली समुदायले सह्राना गरेको छ। उक्त च्यारिटी खेलबाट एकातिर आपसी सद्भाव कायम राख्दै व्यवसायिक संस्था र सामुदायिक संस्थाबीच सहकार्य बढ्न सहयोग पुगेको छ भने अर्कोतिर सहयोग खाँचो रहेका व्यक्ति र संस्था समक्ष सहयोग रकम पुगेको छ। 

यसपटक नेपाली टिमले भिक्टोरियाको फुटी टुर्नामेन्टमा सहभागी भई पदक जितेको थियो। यो नेपाली टिमको पहिलो सहभागिता थियो र यसको नेतृत्व न्याभका वर्तमान उपाध्यक्ष प्रेमराज उप्रेतीले नै गर्नुभएको थियो। कोभिडको चुनौतीपूर्ण समयमा पनि न्याभको क्रिकेट टुर्नामेन्ट व्यापक सहभागिताबीच सफलतापूर्वक सम्पन्न भएको थियो र यसको नेतृत्व उप्रेतीले नै गर्नुभएको थियो। त्यस्तै, उहाँकै संयोजकत्वमा आयोजित सकर टुर्नामेन्ट कोभिडको समयमा पनि बहुसांस्कृतिक तहमा सम्पन्न भएको थियो। कोभिडको समयमा सम्पन्न यी टुर्नामेन्टले समुदायलाई मानसिक र शारीरिक रुपमा स्फूर्ती प्रदान गर्दै सकारात्मक संदेश प्रवाह गरेका थिए। 

आगामी कार्यकालका लागि अध्यक्ष पदको उम्मेद्वारी घोषणा गर्नुभएका उप्रेतीले खेललाई समेत शान्ति, सद्भाव, एकता र संस्कृतिसंग जोड्नुभएको छ। नेपाली परम्परा अनुसार क्रिकेट टुर्नामेन्टको उद्घाटन, टुर्नामेन्टमै खेलाडीहरुद्वारा सरस्वती पूजा, अष्ट्रेलिया दिवस कार्यक्रम अनुकरणीय बनेका छन्। उहाँ आफ्नो कार्यकालमा न्याभले आयोजना गर्ने खेलकुद टुर्नामेन्टको संयोजक रहँदै आउनुभएको छ। 

उम्मेद्वारी घोषणा बारे जानकारी दिंदै प्रेम राज उप्रेती भन्नुहुन्छ," सामुदायिक कामका लागि जिम्मेवारी बहन गर्न पाउनुलाई म अवसर ठान्छु र त्यसलाई पूरा गर्नुलाई आफ्नो कर्तव्य ठान्छु। सानो बच्चा र कामको चापबीच पनि समुदायका कामहरुलाई प्राथमिकतामा राख्न मन पराउँछु। त्यसैकारणले गर्दा मैले अध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको हूँ। थप क्रियाशीलता तथा शान्ती, सद्भाव र एकता भन्ने मेरो अवधारणाका साथ मैले अध्यक्ष पदमा रहेर थप काम गर्न सक्छु, समुदायका लागि योगदान दिन सक्छु जस्तो मलाई लाग्छ। यसका लागि सबैको साथ चाहिन्छ। आजको दिनसम्म दिइरहनुभएको छ, सबैप्रति आभारी छु। यो साथ निरन्तर रहनेछ भन्ने अपेक्षा गरेको छु "। 

न्याभको निर्वाचन आयोगले १४ जुलाईमा नै उम्मेद्वारी नामावली सार्वजनिक गर्ने जनाएको छ। उम्मेद्वारी नामावलीमा कुनै विमति भएमा १५ जुलाईमा निवेदन दिन सकिनेछ। उम्मेद्वारी फिर्ता गर्न चाहेमा १७ जुलाईमा निवेदन दिनुपर्नेछ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली १९ जुलाईमा प्रकाशन हुनेछ। 


प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्