Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • अष्ट्रेलियामा नेपाली भाषा तथा संस्कृति विद्यालय 'न्याभ बाल चौतारी वेस्ट'को रमझम कार्यक्रम 
अष्ट्रेलियामा नेपाली भाषा तथा संस्कृति विद्यालय 'न्याभ बाल चौतारी वेस्ट'को रमझम कार्यक्रम 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, असार १३, २०७९
विद्यार्थीहरु आफ्ना प्रतिभा प्रस्तुत गर्दै

मेलबर्न। अष्ट्रेलियामा मेलबर्नको पश्चिमी क्षेत्रमा अवस्थित नेपाली भाषा तथा संस्कृति विद्यालय 'न्याभ बाल चौतारी वेस्ट'को आयोजनामा बालचौतारी वेस्ट रमझम कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले आफूमा भएका विविध प्रतिभाहरु प्रस्तुत गरेका थिए। 

गायत्री मन्त्र बाचन गरेर सुरु गरिएको उक्त कार्यक्रममा नेपाली राष्ट्रिय गान, गीत, नृत्य, भजन लगायत बिबिध आकर्षक प्रस्तुतिका साथै विद्यार्थीहरुले हातले बनाएका नेपाल सम्बन्धि चित्रहरुको कला प्रदर्शनी पनि गरिएको थियो। विद्यालयले आजको दिनसम्म सफल रुपमा संचालन गर्न साथ तथा सहयोग गर्दै आफ्नो मन, वचन र कर्मले स्वयंसेवकको भूमिका निर्बाह गर्दै आउनुभएका व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो।

viber_image_2022-06-26_17-36-06-3041656294399.jpg

विद्यालयका भूतपूर्व संयोजक उगेंद्र रेग्मी, राजु श्रेष्ठ र शिक्षक तथा शिक्षिका मनोज पौडेल, तारा भट्टराई लगायत नृत्य शिक्षिका बर्षा भण्डारी, दिव्या भट्टराईलाई बर्तमान संयोजक सुशील चालिसेले टिका, खादा र मायाको चिनो प्रदान गर्नुभयो।  

viber_image_2022-06-26_17-36-07-5721656294437.jpg

कार्यक्रममा नेपाली राष्ट्रिय गान सफल रुपमा गाएका विद्यार्थीहरु शाइला अधिकारी, शायना चालिसे, इशानी अधिकारी, आदित जोशी र आर्जित दाहाल, नेपाली भाषा उत्कृष्ट पढ्न सक्नेमा दीपशिखा चालिसे, अनुशासनमा सभिता जोशी, रिजुता श्रेष्ठ र निष्ठा गुरुङ, चित्रकलामा रिया कटुवाल, राम्रो लेखनमा प्रणय चालिसे, अन्तरा दाहाल, नियमित विद्यालयमा उपस्थित हुनेमा शायना चालिसे, समिका चालिसे, दिया श्रेष्ठ, शाइला अधिकारी, शारोन भण्डारी, इशानी अधिकारीलाई विजेताका रुपमा प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रममा आ-आफ्ना प्रस्तुतिका लागि सम्पूर्ण विद्यार्थीलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो। विद्यार्थी भाइबहिनीहरु निकै उत्साहित तथा खुसी देखिन्थे। हौसला स्वरुप प्रदान गरिएका प्रमाणपत्र प्राप्त गर्न पाउँदा उनीहरु निकै रमाएका थिए। 

viber_image_2022-06-26_17-37-46-1391656294492.jpg

कार्यक्रममा सिडेनह्याम नेवरहुड हाउसका कम्युनिटी लर्निङ्ग याण्ड पार्टिसिपेसन बिभागका बिजिनेस डेभलप अफिसर आइरिन कोमिटि, नेपाली एसोसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष प्रेम राज उप्रेती, एमएनसी वेस्टका अध्यक्ष शंकर थापा, रोयल वेस्टर्न्स क्लबका उपाध्यक्ष रोशन दाहाल, एनआरएनए भिक्टोरियाका सब-कोर्डिनेटर नारायण कुमार कटुवाल, विद्यालयका स्वयंसेवक लगायत विद्यालय कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो। 

viber_image_2022-06-26_17-34-48-0581656294543.jpg

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सिडेनह्याम नेवरहुड हाउसका कम्युनिटी लर्निङ्ग याण्ड पार्टिसिपेसन बिभागका बिजिनेस डेभलप अफिसर आइरिन कोमिटिले कार्यक्रममा विद्यार्थीहरुको प्रस्तुतिबाट आफू निकै प्रभावित भएको बताउनुभयो।

viber_image_2022-06-26_17-37-12-2891656294882.jpg

आगामी दिनमा विद्यालयकोअझै प्रगतिको कामना गर्दै उहाँले आफ्नो तर्फबाट विद्यालयका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ त्यसको बारेमा विद्यालय परिवारसंग बसेर छलफल गर्ने बताउनुभयो । 

viber_image_2022-06-26_17-39-18-7221656294593.jpg

विद्यालयका भूतपूर्व संयोजक उगेन्द्र रेग्मीले न्याभ बालचौतारी वेस्ट विद्यालय आजको यो अवस्थमा ल्याइपुर्याउन आफूले गरेका प्रयासहरुका बारेमा बताउँदै आगामी दिनमा अझै आफ्नो तर्फबाट निरन्तर रुपमा सल्लाह, सुझाव र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले  विद्यालय व्यवस्थित  रुपमा संचालन भइरहेको देख्न पाउँदा खुसी लागेको बताउनुभएको थियो । 

viber_image_2022-06-26_17-34-53-8651656294629.jpg

धन्यबाद ज्ञापनका क्रममा विद्यालयका वर्तमान संयोजक सुशील चालिसेले यहाँ हुर्किरहेको दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई आफ्नो भाषा, संस्कृति, कला, चाडपर्व बारेमा जानकारी गराउनका लागि विद्यालयको स्थापनाकालदेखि भइरहेका प्रयासहरुको प्रशंसा गर्नुभएको थियो। साथै यस्ता कार्यक्रमले विद्यालयको उद्देश्य प्राप्ति तथा विद्यार्थीहरुको हौसला वृद्धिमा सहयोग पुग्ने उहाँले बताउनुभयो। 

viber_image_2022-06-26_17-36-08-5611656294698.jpg

संयोजक चालिसे तथा विद्यालय परिवारले विद्यालय व्यवस्थापन तथा कार्यक्रमको सफलताका लागि सहयोग गर्नुहुने अभिभावक, स्वयंसेवक लगायत सम्पूर्ण व्यक्तित्वहरुप्रति आभार व्यक्त गर्नुभयो। उक्त रमझम कार्यक्रमको संचालन बिद्यालयका कार्यसमिति सचिव बिनिता श्रेष्ठले गर्नुभएको थियो। 

viber_image_2022-06-26_17-39-27-3451656294748.jpg

विद्यालय हरेक शनिबार बिहान ९ देखि ११ बजेसम्म संचालन हुने गर्दछ। नयाँ पुस्तालाई नेपाली भाषा, कला, संस्कृति र पहिचान सिकाउनका निम्ति स्थापित यस विद्यालयले सहभागितामूलक र विद्यार्थीहरुका लागि मनोरन्जनात्मक सिकाई गराउनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। 

viber_image_2022-06-26_17-36-24-5411656294788.jpgviber_image_2022-06-26_17-36-16-8261656294789.jpgviber_image_2022-06-26_17-36-34-3761656294791.jpgviber_image_2022-06-26_17-36-57-0271656294882.jpg


प्रकाशित मिति: सोमबार, असार १३, २०७९  ०७:१९
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्