Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • तास्मानियामा टिएनसीए टी-ट्वान्टी लिग सम्पन्न, गोर्खा लेजेन्ड्सले जित्यो उपाधि 
तास्मानियामा टिएनसीए टी-ट्वान्टी लिग सम्पन्न, गोर्खा लेजेन्ड्सले जित्यो उपाधि 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, वैशाख २०, २०७९

होबार्ट । अष्ट्रेलियाको तास्मानियामा टिएनसीए टी-ट्वान्टी लिग २०२२ सम्पन्न भएको छ। तास्मानिया नेपलिज क्रिकेट एशोसियसनले आयोजना गरेको क्रिकेट लिग गत आइतबार आयोजित पुरस्कार वितरण कार्यक्रमसंगै सम्पन्न भएको हो। लिगको उपाधि गोर्खा लेजेन्ड्सले जितेको छ भने  एक्स्पर्ट क्रिकेट क्लब उपविजेता बन्न सफल भएको छ। लिगलाई ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन गरेको हो। 

279144977_5428332693843986_455835852079883072_n (1)1651568727.jpg

टिएनसीए टी-ट्वान्टी लिग २०२२ का खेलहरु दुई सप्ताहान्तसम्म चलेका थिए। गत २३ अप्रिलदेखि सुरु लिगका खेलहरु लन्चेष्टन र होबार्टमा सम्पन्न भएका थिए। लिगमा ६ टिम सहभागी थिए। ती मध्ये समूह एमा लन्चेष्टन नेपाली क्रिकेट क्लब, नयाँ क्रिकेट क्लब, काठमाडौं वारियर्स  थिए भने समूह बीमा गोर्खाली लेजेन्ड्स, एक्सपर्ट क्रिकेट क्लब, यति क्रिकेट क्लब रहेका थिए ।

279285681_5428332403844015_2346155863172318919_n1651568685.jpg

लिगका खेलहरुबाट गोर्खा लेजेन्ड्स, एक्स्पर्ट क्रिकेट क्लब, लन्चेष्टन नेप्लीज क्रिकेट क्लब र काठमाडौं वारियार्स क्रिकेट क्लब सेमी फाइनलमा प्रवेश गरेका थिए। अप्रिल ३०, शनिबार सम्पन्न सेमिफाइनल खेलमा एक्स्पर्ट क्रिकेट क्लबले काठमाडौं वारियर्सलाई र गोर्खा लेजेन्ड्सले लन्चेष्टन नेप्लीज क्रिकेट क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरे। फाइनल खेल मे १ आइतबारका दिन आयोजना गरिएको थियो। 

279606200_5428335690510353_3426112070440104315_n1651568848.jpg

उक्त फाइनल खेलमा एक्स्पर्टले टस जितेर ब्याटिङ्ग रोज्यो। भगेश गोयल र कप्तान मिलन महर्जनको उत्कृष्ट ब्याटिंगको सहयोगमा एक्स्पर्ट १३४ रन बनाउन सफल भयो। यता बलिङ्ग गरिरहेको गोर्खा लेजेन्ड्सले एक्स्पर्टलाई सिमित रनमा समेट्नका लागि उत्कृष्ट प्रदर्शन गरेको थियो। जसमा, रमेश सिंह क्षेत्रीले ४ विकेट, सुब्रत भट्टाराईले २ विकेट र गोविन्द कार्कीले १ विकेट लिएका थिए। 

279698589_5428335480510374_227516634864815936_n1651568791.jpg

जवाफी ब्याटिंगमा उत्रिएको गोर्खाले निकै धैर्यतापूर्वक राम्रो प्रदर्शन गरेको थियो। नतिजास्वरुप, उसले ९ विकेटमा सजिलै एक्स्पर्टलाई पछाडी पार्यो। गोर्खाको यो शानदार जितका लागि गोविन्द कार्कीले अर्धशतक बनाएका थिए भने सागर क्षेत्री ४९ रनमा नटआउट रहेका थिए। अर्धशतक बनाएका र त्यस अघिका १ विकेट समेत लिएका गोविन्द कार्की म्यान अफ द म्याच घोषित भए। 

279270600_5428332603843995_2527705291422857888_n (1)1651568634.jpg

टुर्नामेन्ट अवधिभर बलिङ्ग र ब्याटिंग दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरेका एक्स्पर्टका भगेश गोयलले 'म्यान अफ द टुर्नामेन्ट' र 'बेस्ट बलर अफ द टुर्नामेन्ट'को अवार्ड हात पारे। त्यसैगरी, गोर्खा लेजेन्ड्सका किरण पाण्डे 'बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट' घोषित भए। 

279547907_5428342000509722_5788286042663341527_n1651568969.jpg

विजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई फाइनल खेल पश्चात पुरस्कार वितरण गरिएको थियो। पुरस्कार वितरणका लागि आयोजित औपचारिक कार्यक्रममा माननीय एलिस आर्चर, माननीय जोश विल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, फेन्काका कोषाध्यक्ष राजन कोइराला, ग्रेस इन्टरनेशनलका सीईओ रामचन्द्र पौडेल, ग्रेस तास्मानियाका डाइरेक्टर बिकेन्द्र सापकोटा अतिथिको रुपमा सहभागी हुनुभएको थियो। 

279842378_5428342377176351_7243968427302292982_n (1)1651569258.jpg

अतिथिहरुले तास्मानियामा नेपालीहरुको संख्या बढ्दै गइरहेको अवस्थामा तास्मानिया नेपलिज क्रिकेट एशोसियसनको यो प्रयास सह्रानीय रहेको बताउनुभयो। उहाँहरुले यस्ता कार्यक्रमले निश्चित ठाउँको मात्र नभई सिंगो अष्ट्रेलियाभरको नेपाली समुदायलाई सहयोग पुग्ने उल्लेख गर्दै संस्थालाई आगामी कार्यक्रमका लागि शुभकामना सहित आफूहरुको सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो। 

279194002_5428333037177285_3334257296210250135_n1651569094.jpg

आयोजक संस्था नेपलिज क्रिकेट एशोसियसनकी अध्यक्ष पुनम पन्तले संस्था स्थापनाको छोटो समयमै ६ टिमको सहभागिता सहित कार्यक्रम सम्पन्न गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। सहभागीहरुमाझ उहाँले एसोसिएसनमा मुनलाइट क्रिकेट क्लब र क्यापिटल क्लब गरी दुई नयाँ क्लब जोडिएको जानकारी समेत गराउनुभएको थियो। अध्यक्ष पन्तले आगामी दिनमा यस्तै सहभागिता र साथको अपेक्षा राख्दै टुर्नामेन्ट सफल बनाउन सहयोग गर्ने प्रायोजक संस्थाहरु, सहभागी क्लब, खेलाडी, सहयोगी संस्था तथा व्यक्तित्वहरु, स्वयंसेवक लगायत सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। 

279560287_5428337117176877_1384354370228579256_n (1)1651569402.jpg

तास्मानिया नेपलिज क्रिकेट एशोसियसन (टिएनसीए) २०१९ मा स्थापना भएको थियो। प्रकाश उप्रेती संस्थापक अध्यक्ष रहनुभएको संस्थाले सुरुवातमै कोभिड महामारीको सामना गर्नुपरेका कारण खेल सम्बन्धि कार्यक्रमहरु गर्न सकेन। यद्दपी संस्थाले कोभिड महामारीको सामना गर्नका लागि विद्यार्थी लगायत नेपाली समुदायका निम्ति ठूलो भूमिका खेलेको तत्कालिन पब्लिक अफिसर तथा वर्तमान अध्यक्ष पुनम पन्त बताउनुहुन्छ। उहाँका अनुसार, त्यतिबेला नेपाली युवाहरुलाई खाद्यान्न वितरण गर्नका लागि संस्थाले राज्य सरकारबाट १० हजार डलर सहयोग समेत प्राप्त गरेको थियो। 
 


प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १४:४७
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्