Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • अष्ट्रेलियामा अझैपनि नेपाली युवाहरु हुण्डीबाट ठगिने डर: कसरी सुरक्षित रहने?
अष्ट्रेलियामा अझैपनि नेपाली युवाहरु हुण्डीबाट ठगिने डर: कसरी सुरक्षित रहने?
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, वैशाख ११, २०७९
hundi.jpg

हामी नेपालीहरुमा 'हुण्डी' शब्द साधारण बनिसकेको छ। विदेशमा सदस्य भएका परिवारका लागि त यो एउटा परम्परा, बानी बनिसकेको छ। यसैबीचमा यो अवैधानिक हो भन्ने कतिलाई थाहा होला ? अष्ट्रेलिया विकसित, आधुनिक प्रविधियुक्त देश हो र यहाँ नेपालीहरु अधिकांश उच्च शिक्षाका लागि आएका हुन्छौं। तर यहाँ बस्ने कति व्यक्ति चाहिं हुण्डी अवैधानिक हो, गैरकानुनी हो, यो प्रयोग तथा संचालन गर्नुहुन्न भन्ने कुरामा सचेत छौं होला ? हुण्डी हुने देशहरुमा सबैभन्दा पहिलो नम्बरमा आउँछ, अष्ट्रेलिया । 

अष्ट्रेलियापछि अमेरिका, दक्षिण कोरिया, युरोपेली मुलुक र त्यसपछि अन्य देशहरु रहेका छन् । अष्ट्रेलियामा बसिरहेको नेपाली समुदायमा यस सम्बन्धि सचेतना भएपनि केहीहदसम्म लापरवाही देखिन्छ। 

गत चैत्र महिनामा मात्र अष्ट्रेलियामा हुण्डीसंग जोडिएको एउटा समाचार सार्वजनिक भएको थियो। मेलबर्नमा बस्दै आएका एक नेपाली हुण्डी कारोबारमा संलग्न थिए। उनले संचालन गरिरहेको हुण्डी मार्फत पैसा पठाउँदा धेरै व्यक्ति ठगिए। ती ठगीका घटना कानुनी प्रक्रियासम्म पुगे र ती व्यक्ति जेल चलान भए। हुन्डी कारोबारमार्फत विभिन्न व्यक्तिहरुको २ लाख डलरभन्दा बढी ठगी गर्ने ती व्यक्तिलाई ४६ महिना जेल सजाय भएको छ । 

हुण्डीबाट हुने यस्ता खालका ठगीबाट बच्नका निम्ति हुण्डी भनेको के हो र यसलाई कसरी पहिचान गर्ने भन्ने बुझ्न जरुरी हुन्छ। 

वास्तवमा हुण्डी भनेको के हो ? 
हुण्डी रेमिट्यान्सको लागि प्रयोग हुंदै आएको गैरकानुनी माध्यम हो, जसमा पैसाको कारोवार वैंकिङ्ग माध्यमभन्दा बाहिरबाट हुन्छ । हुण्डी कारोवार नेपालमा गैरकानुनी हो । विदेशवाट पैसा पठाउने माध्यमको रुपमा नेपाल राष्ट्र वैंकले हुण्डीलाई स्वीकार्दैन । हुण्डी कारोवारलाई नेपालको कानुन अनुसार दण्डनिय अपराध मानिन्छ । कोही यो कारोवारमा संलग्न रहेको पाईएमा कानुन बमोजिम सजाय हुन्छ ।

तर, अष्ट्रेलियामा हुण्डी कम्पनि कानुन बमोजिम नै दर्ता हुन्छ । नेपालमा गैर कानुनी भएकोले अष्ट्रेलियामा रहेका हुण्डी कम्पनिहरुले नेपाल पैसा पठाउन कानुनी तरिका अपनाउदैनन् । उनिहरुले वैंकिङ्ग प्रक्रियाको स्थानमा तेश्रो देशको व्यक्तीको सन्जाल हुंदै नेपालमा रहेको आफ्नो एजेन्टलाई पैसा पठाउछ्न् र नेपाल स्थित एजेन्टले बिभिन्न व्यक्तिको नामबाट तपाईंको आफन्तको बैंक एकाउन्टमा पैसा जम्मा गर्दिन्छन ​। त्यस्तै यसरी गएको पैसालाई नेपालका कतीपय बैंकहरुले गैर-कानुनी भनि कारोबार गर्दैनन् । तपाईले यहाँ राज्यलाई कर तिरेर कमाएर पठाएको पैसा नेपालमा आफन्तले प्राप्त गर्दा आम्दानीको आधिकारिक श्रोत बन्न नसकि कतिपय अवस्थामा कालोधन हुन जान्छ ।

नेपालमा हुण्डी कारोवार राष्ट्रिय अर्थतन्त्रको लागि एक गम्भिर चुनौती बनेको छ । यसरी गैरकानुनी ढंगवाट कारोवार भईरहेकोले राज्यलाई प्राप्त हुनुपर्ने अरबौको कर तथा वैदेशिक मुद्राको संचितीमा हुण्डीले नकारात्मक असर गरिरहेको छ । तथापी अष्ट्रेलियामा हुण्डी कारोवार नेपाली समाजमा व्याप्त छ । अझै पनि रेमिट्यान्सको एक ठूलो हिस्सा नेपालमा अष्ट्रेलियाबाट अवैध च्यानल (हुण्डी) को माध्यम बाट जाने गर्दछ ।

विगतका बर्षहरुमा अष्ट्रेलियाको नेपाली समाजमा हुण्डीवाट ठगीएका धेरै घटनाहरु सार्वजनिक भएका छन् । पिडितहरु धेरै जसो युवा र अध्ययनको लागि यहाँ आएका नेपाली विद्यार्थी छन, जसलाई उच्च विनिमयदर (रेट) र तुरुन्त पैसा पुग्ने बहानामा हुण्डी कारोवारीले ठगिरहेका छन् । उनीहरुले पैसा पठाइदिने भन्दै तपाईंसंग पैसा लिन्छन्, तर नेपालमा तपाईंका आफन्तलाई उक्त रकम दिंदैनन्। त्यस्तै, केहिले पैसा दिन्छन्, तर त्यो पैसा आफूले चलाएर लामो समयपछि मात्र दिन्छन्। 

हुण्डी कसरी पहिचान गर्ने ?
हुण्डी अष्ट्रेलियामा Australian Transaction Reports and Analysis Centre (AUSTRAC) मा दर्ता गरी तर नेपालमा नेपाल राष्ट्र वैंकमा दर्ता नगरी कारोवार गर्दछ । जुन नेपालको कानून अनुसार गैरकानूनी हो र प्राप्त हुने रकम कालोधन हो ।

हुण्डी कम्पनीको नेपालमा कुनै पनि बैंक, बित्तिय संस्था वा मनी ट्रान्सफर कम्पनी (रेमिट) आधिकारीक पार्टनर हुँदैन।
नेपालमा हुण्डी कारोबर गैरकानुनी भएकोले प्रहरीले वारम्वार छापा मार्ने हुँदा, उनिहरुको आफ्नो कुनै स्थायी भुक्तानी केन्द्र हुंदैन ।

हुण्डीको एक्स्चेन्ज रेट कुनै पनि कानुनी रेमिट भन्दा बढी हुने गर्दछ ।

धेरैजसो हुण्डीहरुले सामाजिक सन्जाल फेसवुक, ह्वाटस्एप, भाईबर आदि माध्यम प्रयोग गर्दछन् तर आजभोली केही हुण्डीले Website र App पनि प्रयोग गरिरहेका छन् जसमा तपाईहरु धेरै चनाखो हुन जरुरी छ, नत्र ठगिने सम्भावना अत्याधिक रहन्छ ।

हुण्डी कम्पनीले दैनिकजसो तपाईंहरुलाई आकर्षण गर्न सामाजिक सन्जाल वा ग्रुप च्याट मार्फत आफ्नो उच्च एक्स्चेन्ज रेट बताइ रहेका हुन्छन ।

हुण्डीहरुले तपाईले ठूलो रकम पठाउदा विशेष एक्स्चेन्ज रेट पनि दिन्छ्न् ।

AUSTRAC बाट आफ्नो वास्तबिक कारोबार लुकाउनका लागि हुण्डी कम्पनीहरुले बारम्बार आफ्नो बैंक खाता परिवर्तन गरीरहेका हुन्छन् ।

आफू ठगिएपछि सहयोगका लागि अरुसंग गुहार्नुभन्दा पहिले सजग रहनु सबैभन्दा उत्तम हुन्छ। व्यक्तिगत जीवन, देशको आर्थिक स्थितिलाई जोखिममा पार्ने कुरालाई हामीले नै साथ दिंदा त्यो अपराधको हिस्सेदार हामी पनि हुँदैनौं र ? थोरै रेट(रुपैयाँ)को लोभमा त्यो जोखिम किन लिने ? अरुलाई दोष दिनुभन्दा आफू होसियार रहनु बुद्धमानी हो। त्यसैले सधै वैधानिक माध्यमद्वारा मात्र पैसा पठाउने गरौँ। पछि आफूले प्रश्न गर्न सक्ने ठाउँ राखौं।

(Payरु रेमिटको सहयोगमा तयार पारिएको। ) 
 


प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  ००:०४
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्