Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • गोकर्णेश्वरमा अवैध बालुवा उत्खननमा मेयर,उपमेयर र वडाध्यक्षकै संलग्नता, करोडौंको चलखेल
गोकर्णेश्वरमा अवैध बालुवा उत्खननमा मेयर,उपमेयर र वडाध्यक्षकै संलग्नता, करोडौंको चलखेल
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, चैत २४, २०७८

काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा मेयर,उपमेयर र वडाध्यक्षकै संलग्नतामा अवैध रुपमा बालुवा उत्खनन् भैरहेको पाइएको छ । 

नगरपालिकाको वडा नम्बर १ को खड्का गाउँमा घर बनाउन जग्गा सम्म्याउने बहानामा नगरपालिकाबाट अनुमति लिएरनै अवैध रूपमा बालुवा निकाल्ने र नजिकै अबैध प्रशोधन केन्द्र खोलेर बालुवा बेच्ने गरेको खुलेको हो । यसबारेमा स्थानीय निकाय र प्रहरीलाई समेत जानकारी भए पनि केही थाहा नभए झैँ गर्ने गरेको स्थानीयको गुनासो छ । 
केही दिन अघि विद्यालय गइरहेका चार र आठ वर्षका २ बालिकालाई किचेर मार्न संलग्न देखिएको टिपर सञ्चालक कम्पनी र बालुवा खानी अवैध रहेको पुष्टि भएको छ ।

करिब ६ रोपनी जग्गा त्यहीका स्थानीय श्याम बहादुर खड्का, दीपा थापा र शान्ता कार्कीको नाममा रहेको खुलासा भएको छ । चार कित्ताको जग्गा १३ आना २ पैसा, दुई रोपनी ३ आना २ पैसा, ९ आना २ पैसा र २ रोपनी ११ आना १ पैसा १ दाम रहेको देखिन्छ ।

२०७५ मा गोकर्णेश्वर नगरपालिकामा उनीहरूले घर निमार्ण गर्न जग्गा सम्माई माटो व्यवस्थापन गर्न पाउन गोकर्णेश्वर नगरपालिकामा निवेदन दिएको देखिन्छ । निवेदन अनुरूप नगरपालिकाले जग्गा सम्याउने अनुमति दिएको थियो । २०७५ मा जग्गा सम्याउने अनुमति लिएर त्यहाँ तीन वर्षदेखि निरन्तर उत्खनन् भइरहे पनि न जनप्रतिनिधिले नै देखे न त सुरक्षाकर्मीले नै देखे । 

चैत १६ गते बुबाको साथमा मोटरसाइकलमा विद्यालय हिँडेका २ जना बालिकालाई त्यही खानीबाट बालुवा बोकेर निस्किएको टिपरले किचेर मा¥यो । घटनाबारे मिलापत्र गराउन सोही वडाका वडाध्यक्ष र नगरपालिकाका प्रतिनिधिहरू नै सक्रिय देखिएपछि खानी कतै अवैध त हैन भन्ने शङ्का बढाएपछि गरेको खोजका क्रममा प्राप्त प्रमाणले प्रारम्भमा बालुवा उत्खननका लागि अनुमति नै नलिई तीन वर्षसम्म बालुवा दोहन भइरहेको पुष्टि भएको हो । उनीहरूले बालुवा निकालेर नजिकैको अर्को प्रशोधन केन्द्रलाई विक्री समेत गरेको पाइएको छ । उक्त जय सुन्दरीमाई बालुवा प्रशोधन उद्योग प्रालि समेत अवैध रहेको खुलेको छ । २०७२ देखि सञ्चालनमा रहेको यस प्रशोधन प्रालिका सञ्चालक पहिले मिठाराम दाहाल थिए । दाहाल तिनै व्यक्ति हुन् जसले केही वर्ष अघि पशुपति क्षेत्र विकास कोषका केही पदाधिकारीसँग मिलेर अवैध रूपमा खानी चलाएका थिए । उनले ६–७ महिना अघि मात्रै प्रशोधन केन्द्र राजेश रेग्मीलाई बेचेको खुलेको छ । 

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय दाहाल भर्खरै सम्पन्न कांग्रेसको १४ औँ महाधिवेशनमा कागेश्वरी मनोहरा नगरपालिकाको नगरप्रमुखको प्रत्याशी थिए । तर उनी पराजित भए । गोकर्णेश्वर नगरपालिकाका मेयर चालिसे काङ्ग्रेसका हुनुहुन्छ । त्यसैगरि अवैध उत्खनन र प्रशोधन केन्द्र चलेको वडाको वडाध्यक्ष पनि काङ्ग्रेसकै हुनुहुन्छ । 

उकेरा अनलाइनमा प्रकाशित समाचार अनुसार नगरपालिकाले उपलब्ध गराएको कागजात अनुसार गोकर्णेश्वर नगरपालिकामा जम्मा २ वटा प्रशोधन केन्द्रले अनुमति पाएका छन् । अनुमति पाएका प्रशोधन केन्द्रमा यसको नाम छैन । अवैध रूपमा उत्खनन गर्ने र प्रशोधन केन्द्र चलाउन स्थानीय पदाधिकारीदेखि लिएर सो क्षेत्रको सुरक्षाको जिम्मेवारी लिएको महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी प्रमुखको समेत संरक्षण प्रस्टै देखिन्छ । यसबारे जिज्ञासा राख्दा बौद्ध प्रहरीले बालुवा खानी र प्रशोधन केन्द्रबारे केही जानकारी नै नभएको बताए । 

अवैध खानी र प्रशोधन केन्द्रबारे गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सुरुवातमा घर बनाउने भनेर समाउन मात्रै स्वीकृति दिएको दाबी गर्नुभएको छ ।  तर नगरपालिकाले दिएको अनुमति पत्रमा भने माटो व्यवस्थापन र जग्गा समाउन भनेर प्रष्ट लेखिएको छ ।

‘सुरुमा खड्का परिवारले घर बनाउने भनेर अनुमति माग्नु भएको हो। हामीले सरकारी जग्गा पर्छ की पर्दैन भनेर हेरविचार गरेर दिएका हौँ,’ मेयर चालिसेले भन्नुभयो ‘सम्याउँदा माटो निस्कन्छ । माटो निस्किएपछि व्यवस्थापन गर्नै प¥यो । दोहन नै गरे जस्तो हामीलाई लाग्दैन ।’

बालुवा निकालिएको क्षेत्रमा खड्का गाउँ रहेको छ । वरपर केही तामाङ जातिको बसोबास छ । लगातार पानी परे उनीहरूको घर नै पहिरोमा जाने जोखिममा रहेको देखिन्छ । नजिकै घर हुने एक स्थानीयले भने, ‘हाम्रो घर मुनी डोजर ल्याएर खार्छन् । लगातार पानी पर्दा हाम्रो घर पहिरोले लान्छ कि भनेर डर लाग्छ ।’

एक जानकारका अनुसार प्रारम्भमा जग्गा सम्याएर प्लटिङ गर्ने  रणनीति अनुसार नै जग्गा समाउन थालिएको थियो । जग्गा सम्याउँदै गएपछि बालुवा निस्किएपछि बालुवा खानीको रूपमा चलाउन थाले । 

प्रशोधन केन्द्र ६ महिनादेखि नवीकरण विनै चलिरहेको पाइएको छ । मेयर चालिसेले नै यसको पुष्टि गर्नुभएको हो । कागजातले पनि त्यही देखाउँछ । प्रशोधन केन्द्र अवैध रहेको स्विकार्ने मेयर चालिसेले त्यसले अहिले पनि काम गरिरहेकोबारे भने जानकार नभए जस्तै गर्नुभयो । 

‘हामीले तोके अनुसारको मापदण्ड नपुगेकाले यो प्रालिलाई नवीकरण गरेका छैनौँ,’गोकर्णेश्वर नगरपालिका प्रमुख चालिसेले भन्नुभयोे, ‘यो नवीकरण नभईकन पालिकाको आँखा, कान छलेर चलेको होला ।’

मेयर चालिसेले आफूहरुलाई छलेर नवीकरण बिना चलाइएको हुनसक्ने भनिएको प्रशोधन केन्द्रले ७ वटा टिपर र ४ वटा मेसिन निरन्तर चलाउदै आएको छ । त्यसमाथि २२ जना कर्मचारीको चहलपहल पनि देखिएन भन्ने मेयर चालिसेको दाबीले खानीसँगै अवैध प्रशोधन केन्द्र सञ्चालनमा उनको संरक्षण प्रस्टै देखिन्छ ।

वडा नम्बर १ का अध्यक्ष राम मानन्धरले पनि नवीकरण भए–नभएकोबारे आफूलाई थाहा नभएको दाबी गर्नुभयो । खानीसँगै प्रशोधन केन्द्र चलिरहेको जाकनारी भने उहाँलाई रहेछ । शुरुमा थाहा नै नभएको बहाना गर्नुभएका उहाँले  आफैँ प्रशोधन केन्द्र हटाउन गएको तर नसकेको पनि स्वीकार गर्नुभयो । 

‘चल्न त चलेकै देखिन्छ। म पनि यही वडाको अध्यक्ष हुँ,’ उहाँले भन्नुभयोे, ‘वडा अध्यक्ष, पालिका प्रमुख उपप्रमुख, काठमाडौँ जिल्ला प्रशासन कार्यालयका प्रमुख भएर अनुगमनमा पनि गएका हौँ। केही गरी हटाउन नसकिएको हो।’
मानन्धरले हटाउन नसकेको बताए पनि हामीलाई प्राप्त तथ्य अनुसार गोकर्णेश्वर नगरपालिका प्रमुख चालिसे, उपप्रमुख शान्ता नेपाल, वडा नम्बर एकका अध्यक्ष मानन्धर  र वडा नम्बर एककै वडा सदस्य राजेन्द्रकुमार रोक्का समेतको संरक्षणमा प्रशोधन प्रालि चलिरहेको खुलेको छ ।  जानकार स्रोतका अनुसार खानीबाट अवैध रूपमा निकालिएको बालुवा प्रशोधन गरेर विक्री गर्दा आउने १५ हजारमध्ये प्रतिटिप ५ सय स्थानीय जनप्रतिनिधिका लागि छुट्टाउने गरिएको छ ।

यसबारे जिज्ञासा राख्दा उपप्रमुख शान्ता नेपालले भने आफूहरूले अवैध काममा कुनै सहयोग नगरेको दाबी गर्नुभएको छ ।  नगरपालिकाकै मिलेमतो भनेर लगाइएको आरोप कहीँ कतैबाट पुष्टि भए जस्तोसुकै कारबाही स्वीकार्य हुने उहाँले बताउनुभयो । 

महानगरीय प्रहरी वृत्तका प्रमुख ढुण्डी राज नेउपानेले पनि प्रशोधन केन्द्र अवैध रूपमा सञ्चालन भएको–नभएकोबारे आफूलाई थाहा नभएको दाबी गर्नुभयो । नगरपालिकाले नवीकरण ग¥यो वा गरेन आफूलाई थाहा नहुने उहाँको भनाइ छ । पालिकाले प्रहरीलाई हटाइदिनुप¥यो भनेर पत्र नदिएको उहाँले प्रष्ट पार्नुभयो । तर प्रशोधन केन्द्रमा प्रशोधित बालुवा बोकेका टिपरहरू ओहोरदोहोर गर्ने क्षेत्र नेउपानेकै कार्यक्षेत्रमा पर्छ । बालुवा बोक्ने हरेक टिपरसँग प्रहरीले कहाँबाट ल्याएको हो सोबारे कागजात माग्छ नै । त्यसैले थाहै भएन भन्ने नेउपानेको दाबी पनि विश्वसनीय छैन । 
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले समेत अवैध रूपमा बालुवा खानी र बालुवा प्रशोधन केन्द्र चलेकोबारे जानकारी नभएको दाबी गर्नुभयो । 

नवीकरण नभएको जानकारी भर्खर पाएको भन्दै उहाँले यसबारे अब अनुसन्धान शुरु गर्ने बताउनुभयो । 


प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्