Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, फागुन ९, २०८०
81F96835-1956-4738-A289-023505783929.jpeg

काठमाडौं । चावहिल चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तिर्ण विद्यार्थीलाई अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक भव्य समारोहका बीच कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँती रहनु भएको थियो । कार्यक्रममा कलेजका फाइनान्स डिरेक्टर कुमार मोक्तान, स्कुल एकेडेमिक डिरेक्टर शशिकला खड्का, बोर्ड सदस्य राजकुमार लामिछाने, कृष्ण श्रेष्ठ, सहदेव तिमल्सिना, जयराज श्रेष्ठ, सोभित केसी, सुनिल परियार, एकेडेमिक डिरेक्टर शशी केसी कलेजका सहायक प्रधानाध्यापक गोपाल श्रेष्ठ लगाएत विभिन्न कलेजका प्रिन्सिपल, कोर्डिनेटर, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम पुर्व मिस नेपाल माल्भिका सुब्बाले संचालन गर्नु भएको थियो ।

काठमाडौमा छुट्टै पहिचान बोकेको र हरेक कार्यक्रमलाई फरक ढंगबाट सञ्चालन गर्दै आएको मनास्लुले विद्यार्थी स्वागत तथा अभिनन्दन कार्यक्रमसंगै ुमनास्लु सिङ्गिङ आइडलु, ुमिस्टर एण्ड मिस मनास्लुु, ुमनास्लु डान्सिङ स्टारु २०८० को ग्रान्ड फिनाले प्रतियोगिता समेत आयोजना गरेको थियो ।

उक्त प्रतियोगिता अन्तर्गत मनास्लु सिङ्गिङ आइडल २०८०को उपाधि अरुण लामाले हात पारेका छन्, भने मनास्लु डान्सिङ स्टार २०८०को उपाधि भने सुस्मिता सुनारले हात पारेकी छन् । यसैगरी, मिस्टर एण्ड मिस मनास्लु २०८० अन्तर्गत मिस मनास्लुको उपाधि सेरेन लामा वाइवाले हात पार्दा मिस्टर मनास्लुको उपाधि दावा छिरिङ भोटेले जितेका छन् ।

मिस्टर एण्ड मिस मनास्लु प्रतियोगितामा प्रतिस्पर्धीलाई विभिन्न सब टाइटलमा पनि प्रतिस्पर्धा गराइएको थियो । जसअन्तर्गत मिस पर्सनालिटी अवार्ड स्मृति तामाङ र मिस्टर पर्सनालिटीको उपाधि किशोर रोकाले जितेका छन् । त्यस्तै, मिस क्याट वाकको उपाधि सुप्रदा राई र वेष्ट वाकको उपाधि सुजन गिरीले हात पारेका छन् ।

यसैगरी, मिस फोटो जेनिक अवार्ड मिनु तामाङ र मिस्टर फोटो जेनिकको उपाधि मनोज विश्वकर्माले जितेका छन् । त्यस्तै, वेष्ट स्माइलको उपाधि जेशिका राज्यलक्ष्मी ठकुरी र पुरुषतर्फ प्रकाश डंगोलले हात पारेका छन् । यसैगरी, मिस फ्रेण्ड्लीको उपाधि समिक्षा अधिकारी मिस्र्टर फ्रेण्ड्ली अवार्ड दिपेशप्रसाद कुशुवाहले हात पारेका छन् ।

मिस पपुलर सेरेन लामा वाइवा, मिस्टर पपुलरको उपाधि दावा छिरिङ भोटेले हात पारेका छन् । त्यस्तै, मिस ट्यालेन्टको उपाधि शशिकला तामाङ, मिस्टर ट्यालेन्टको उपाधि शक्ति देवालीले हात पारेका छन् । त्यस्तै, मिस डिसिप्लिनको उपाधि आङ डोल्मा शेर्पा र मिस्टर डिसिप्लिन नवराज तामाङले हात पारेका छन् । त्यस्तै, मिस मल्टिमिडियाको उपाधि शशिकला तामाङ र मिस्टर मल्टिमिडियाको उपाधि दिपेशप्रसाद कुशुवाहले जितेका छन् ।

मनास्लु सिङ्गिङ आइडलको निर्णायकका रुपमा गायिका कुन्ती मोक्तान र शुवानी मोक्तान रहेका थिए । त्यस्तै, मिस्टर एण्ड मनास्लु २०८० को निर्णायक मण्डलका रुपमा सगुन पाण्डे, लभिन अन्सारी, ममता सापकोटा , अविविन खनियाँ, पुर्णिमा कार्की रहेका थिए । त्यस्तै, मनास्लु डान्सिङ स्टारलाई कोरियोग्राफर महेश गोदार, मोडल एवम् कोरियोग्राफर गजित विष्टले मूल्यांकन गरेका थिए ।

यी सबै प्रतियोगिताका फाइनालिष्टहरु अडिसनमार्फत छनोट भएको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिनुभयो। ‘हामीले सबै प्रतिस्पर्धीलाई अडिसनमार्फत नै प्रतिस्पर्धा गराएर फाइनल राउण्डसम्म ल्याएका हौँ,’ उहाँले भन्नुभयो, ‘यी तीनवटै प्रतियोगितामा सहभागि विद्यार्थीहरुले भविष्यमा आ–आफ्नो क्षेत्रमा बेग्लै पहिचान बनाउनु हुनेछ भन्ने विश्वास लिएका छौं ।’

औपचारिक कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा विद्यार्थीलाई कक्षा १२ मा अध्ययरत छात्रा ज्योति पुनले मन्तव्यमार्फत स्वागत गरेकी थिइन् । उनले कक्षा ११ का विद्यार्थीलाई लक्षित गर्दै आफूलाई पनि एसईई उत्तिर्ण भएपछि के पढ्ने कहाँ पढ्ने भन्ने कुरा सताइरहेको बेला मनास्लुजस्तो कलेज फेला परेर ठूलो सहयोग पुगेको बताइन् । ‘कक्षा ११ मा मनास्लुमा भर्ना भएर एकदमै सही निर्णय गरेछु भन्ने अहिले आएर लाग्न थालेको छ,’ उनले भनिन्, ‘मनास्लुमा आएर पढाइमात्र नभएर अतिरिक्त क्रियाकलपामार्फत आफ्ना प्रतिभासमेत पहिचान र प्रस्फुटन गर्न पाएकी छु ।’

कार्यक्रममा कलेजका प्रिन्सिपल राजन श्रेष्ठले मनास्लुले पढाइका साथै अतिरिक्त क्रियाकलापलाई समेत जोड दिएर अघि बढिरहेको बताए । ‘अबको विद्यार्थी पढाइमा मात्र भएर पुग्दैन भन्ने कुरालाई मध्यनजर गर्दै अतिरिक्त क्रियाकलापलाई समेत विशेष जोड दिँदै आएका छौँ,’ कार्यक्रममा बोल्दै श्रेष्ठले भने, ‘आज कार्यक्रममा प्रस्तुत भएका विद्यार्थीका प्रतिभाले नै त्यसलाई पुष्टि गर्छ भन्ने मैले विश्वास लिएको छु ।’

उक्त कार्यक्रमला प्रमुख अतिथि संस्कृति तथा पर्यटन उड्डयनमन्त्री सुदन किरातिले विद्यार्थीहरु केन्दृत अतिरिक्त क्रियाकलापले उनिहरुको बौद्धिक साथसाथै व्यावसायिक भविष्यको समेत सुनिश्चितता हुने बताउनुभयो। मन्त्री किरातिले आज देशको अवस्था कमजोर बनेको र हाम्रो युवाहरु पलायन हुने क्रममा रहेको भन्दै युवापुस्ताले यो देशलाई बनाउनुपर्ने जिम्मेवारी रहेको बताउनुभयो ।

देश तपाइहरुको यो देशको भविश्य तपाइहरुको किनकी तपाईं उदाउदो सुर्य हो, मन्त्री किरातिले भन्नुभयो ुतपाईहरुले यो देशलाई समाजलाई न्यानो दिनुहुन्छ, समाज र देशको कालिगर तपाईं हो भन्दौ युवा विद्यार्थीहरुलाइ उत्साहित बनाउनुभयो। साथै उहाँले नेशन मन्डेला २७ बर्स जेल बसेको, अब्राहम लिङ्कनले १३ पटक हारेको र गान्धीले चप्पल लाएर भागेको सन्दर्भलाई जोड्दै उदेश्य प्रप्त गर्न साहस र धैर्यता चाहिने बताउनुभयो।

मनास्लु स्वागत तथा अभिनन्दन कार्यक्रममा कलेजले सामाजिक रुपमा प्रतिष्ठित ५ जनालाई सम्मान समेत गरेको छ । जसमा मनास्लु शैक्षिकसेवा सम्मानबाट राष्ट्रिय परीक्षा बोर्ड, बागमती प्रदेश पमुख एवम् साहित्यकार जयन्ती सत्याल अधिकारी ‘स्पन्दन’ मनास्लु समाजसेवी सम्मानबाट लायन्स क्लव इन्टरनेशनल नेपालका निर्देशक बालकृष्ण बुर्लाकोटी, मनास्लु सञ्चारकर्मी सम्मानबाट जगदीश खरेल, मनास्लु खेलाडी सम्मान यरिका गुरुङ र मनास्लु संगीतकर्मी सम्मानबाट कुन्ती मोक्तान सम्मानित भएका हुन् ।

मनास्लु सञ्चारकर्मी सम्मानबाट सम्मानित भएका जगदीश खरेलले कलेजले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरे । साथै, मनास्लुले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनले विद्यार्थीमाझ उत्प्रेरणामूलक भनाई प्रस्तुत गरेका थिए ।

त्यस्तै, राष्ट्रिय परीक्षा बोर्ड बागमती प्रदेशकी अध्यक्ष जयन्ती सत्यालले आफूलाई प्रेरणापुञ्जको रुपमा कलेजले सम्मान गरेकोमा धन्यवाद व्यक्त गरिन् । ‘यो प्रेरणापुञ्ज मलाई भारी नपरोस्,’ उनले भनिन्, ‘यसले मलाई असल व्यवहार र कर्ममा लाग्न प्रेरणा भरिरहोस् भन्ने कामना गर्दछु ।’

कार्यक्रमका सभापति एवम् मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनमा आयोजना हुने कार्यक्रममा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभयो ।


प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्