Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • आमाको माया
आमाको माया
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, चैत १८, २०७८

-दीपेन्द्र दोङ तामाङ

इन्चोन एयरपोर्टबाट उडेको जहाजभन्दा तीव्र गतिमा रोजी श्रेष्ठको मन उडिरहेको थियो । यसो त उनको मन पहिले नै उडेर नेपाल पुगिसकेको थियो । आमा न परिन् आफ्नो मुटुको टुक्राजस्ती छोरीका लागि पाँच वर्षसम्म हृदयमा जमाएर राखेको वात्सल्यप्रेमको बाँध फुटाउन उनी आतुर थिइन् । उनले छोरी रोहिमालाई दुई वर्ष एक महिनाकी हुँदा नै छोडेर गएकी थिइन् । विदेशमा हुँदा फोटो र कहिलेकाहीँ मेसेन्जरमा लाइभ कलमा देखे पनि छोरीलाई अँगालोमा बेरेर चुम्न आमा मन व्यग्र थियो । 

‘अब हाम्रा दुःखका दिन गए छोरी । तिम्री आमाले पाँच वर्षमा अनेक हन्डर खाएर भए पनि कम्तीमा काठमाडौंमा सन्तोषप्रद जिन्दगी बिताउन सक्ने भएर फर्किंदै छे’ रोजीले आफ्नो काखमा लुटपुटिन आएकी छोरीलाई सुम्सुम्याउँदै भनिन् ।

छोरीले आमाको आँखामा आँखा जुधाउँदै सोधिन्, ‘आमा धन ठूलो कि मन ?’

छोरीको यो अप्रत्यासित र बेप्रसंगको प्रश्नले रोजी अलमलमा परिन् । के उत्तर दिने भन्ने सोंचमा डुब्दै थिइन् उनी । त्यहीबेला उनलाई कसैले आवाज दिएर घच्घच्यायो । उनी झसंग भइन् । एयर होस्टेजले लन्च कन्फर्म गर्न उठाएकी रहिछन् । आफूसँगैको सीटमा बसेका नेपाली यात्रुले मोबाइलमा अशोक दर्जीको ‘धनविनाको मन ठूलो कि मनविनाको धन’ भन्ने गीत सुनिरहेका रहेछन् । एयरपोड कानमा लगाएको भए पनि ‘भोलुम’ ठूलो भएकाले बाहिरै सुनिएको थियो । 

आफ्नो तर्कना थाहा पाएर रोजी आफैं मुसुक्क हाँसिन् । एयर होस्टेजलाई भेज खानाको अर्डर गरिन् । विमान गन्तव्यतर्फ अघि बढिरहेको थियो । रोजी भने फेरि अतीततर्फ फर्किन् । 

रोजी त्यसदिन निकै कठोर निर्णय गर्न बाध्य भएकी थिइन् । उनले करिब तीन रातको तर्क–वितर्कपछि श्रीमान् हिमाल बस्नेतसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरेकी थिइन् । दुई वर्ष अफेयर्स अनि झन्डै एक वर्ष लिभिङ टुगेदर बसेर हिमालसँग विवाह गरेकी रोजीले अन्तर्जातीय विवाहका कारण यसै पनि ठूलो संघर्ष गर्नुपरेको थियो । त्यसमाथि हिमालको आफ्नै साथी नीलिमासँग अफेयर्स छ भन्ने थाहा पाएपछि 

रोजीले अब भने सम्झौता भन्ने शब्द नै बिर्सिन् । जीवनभरलाई मनले रोजेको साथीले नै धोका दिएपछि रोजीलाई उसको सम्पत्ति माटोसरह थियो । त्यसैले स्वाभिमानी उनले छोरी आफैंसँग राख्ने तर श्रीमान्बाट कुनै अंश या सम्पत्ति दाबी नगर्ने सहमतिमा नै ल्याप्चे लगाएकी थिइन् । 

आफ्नो यस निर्णयमा उनी निकै खुसी थिइन् । नहोऊन् पनि कसरी ? आफ्नो कलेजोको टुक्रा छोरी उनीसँगै रहने भएपछि । 

विस्तारै दिन बित्दै गए । रोजीलाई अब आफ्नोभन्दा पनि छोरीको भविष्यको चिन्ता बढी लाग्न थाल्यो । छोरी ठूली भएपछि उनको पालनपोषणलाई लिएर भोलि आफूमाथि प्रश्न नगरून् भन्नेमा सचेत थिइन् रोजी । तर बोर्डिङ स्कुलको प्राइमरी टिचरको जागिरले उनलाई कहाँ विश्वस्त बनाउन सक्थ्यो र ?

‘ओइ, रोजी ! ‘कोरियाले इपिएस भिसामा नेपाली कामदार लैजाने भएछ नि । अलिअलि खेती गर्न जाने पुग्छ रे । तलब न्यूनतम डेढ लाख रुपैयाँ हुन्छ रे । तँ त ट्यालेन्ट छेस्, ट्राइ गर्ने कि ?’

एकदिन छेमाले सुनाइदिएको यही खबर पछ्याउँदै दक्षिण कोरिया पुगेकी 

रोजीले त्यहाँ पाँच वर्ष कसरी बिताइन् ? छोरीको भविष्यका लागि दुःख गर्छु भनेर त्यहाँ गएकी उनले दुःख भए पनि मन लगाएरै आफ्नो काम गरिन् । 

रोजीले कोरियामा भोगेको तीतो अनुभव उतै छोडेर आएकी थिइन् । साथमा थियो त केवल उनले गरेको अनुभव र उनले पसिनालाई रूपान्तरण गरेर आर्जन गरेको केही लाख रुपैयाँ । 

होइन यो प्लेन पनि आज किन ढिला उडेझैं लाग्दैछ मलाई ? रोजीले फेरि आफैंसँग प्रश्न गरिन् । 

‘विचरी छोरी अघि नै छेमासँग एयरपोर्ट आएर मेरो प्लेन कुरिरहेकी होली । आमा भएर मैले छोरीलाई कुराइबाहेक आजसम्म केही दिन सकेकी छैन । मलाई माफ गर सानी । अब म तँलाई मेरो काख र आँखाबाट एकपल पनि ओझेल हुन दिन्न ।’

उनले दुवै आँखामा टिल्पिलाएको आँसु टिस्यु पेपरले पुछिन् । अनि गह्रुंगो भएर भरिएको छातीभित्रको सास बाहिर निकालिन् । वरिपरि कसैले हेरिरहेको छ कि भनेर नजर डुलाइन् उनले । तर सबैजना आ–आफ्नै सुरमा थिए । 

अपरान्ह ३ : १५ बजे रोजी सवार थाई एयरवेजले त्रिभुवन विमानस्थलको ग्राउन्ड छोयो । रोजीले भने पाँच वर्षपछि बल्ल आफू जन्मिएको जमिनमा पाइला टेक्दै थिइन् । असनमा जन्मिएर नक्सालमा हुर्केकी रोजीलाई खै किन हो किन काठमाडौं बेग्लै लागिरहेको थियो, पहिले भन्दा अझ सुन्दर र आफ्नो लागिरहेको थियो । 

अद्यागमनका सबै प्रोसेसहरू पूरा गरेर बाहिर निस्कन रोजीलाई ४५ मिनेट लाग्यो । लगेज ब्याग राखेको ह्वील ट्रे गुडाउँदै बाहिर निस्कदा उनको नजर भने बाहिर उभिएका मान्छेहरूको भीडमा डुलिरहेको थियो । बाहिर विमानका यात्रुहरूका आफन्तहरूको लाम थियो । त्यही भीडमा रोजीको नजर टक्क अडियो । उनले बहिनी निशालाई ठम्याइहालिन्, सँगै ठूला दाजु शंकर पनि । उनीहरूको बीचमा गोरी र हिस्सी परेकी सानी रोहिमा आइसक्रिम खाँदै थिइन् । वर्षौंपछि छोरीलाई देख्न पाउँदा रोजीको वात्सल्य आइसक्रिमझैं पग्लियो । भरिएका आँखा नपुछेरै उनी दौडिएर छोरी भएको ठाउँमा पुगिन् । उनी छोरीलाई अँगालोमा बेरेर पाँच वर्षदेखि साँचेर राखेको माया चुम्बनको माध्यमबाट पोखाउन चाहन्थिन् । तर....

तर एक्कासि नौलो मान्छेले आफूलाई अंगालोमा बेर्दै काखमा बोकेर चुम्बन दिन खोज्दा रोहिमाले असहज महसुस गरिन् । उनी तत्काल छेमाकै काखमा गइन् र मुन्टो बटारेर अर्कै दिशामा हेर्न थालिन् । छोरी आफूसँग आउन नमानेको देखेर रोजीलाई अलिकति अनौठो र अलि बढी दुःख लाग्यो । धेरै प्रयास गर्दा पनि छोरी उनीसँग आउन मानिनन् । 

‘किन के भयो रोहिमा ? ममीसँग जान किन नमानेको ? जाऊ ममीसँग, ममीले नानुका लागि के के ल्याइदिनुभएको छ’ छेमा निशाले रोहिमालाई सम्झाउँदै भनिन् । 

रोहिमाले छेमालाई अझ कसिलोसँग समातिन् र भनिन्– ‘नाइँ...ऊ मेरो ममी होइन । भिडियोमा बोल्ने कोरिया दिदी हो ।’

छोरी रोहिमाको जवाफ सुनेर रोजीले टेकिरहेको जमिन अचानक बेस्सरी हल्लियो । 


प्रकाशित मिति: शनिबार, चैत १९, २०७८  १४:१४
#कथा
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्