Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा, कसको पक्षमा कति मतभार ?
राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा, कसको पक्षमा कति मतभार ?
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, फागुन १४, २०७९

काठमाडौं । शुक्रवार बनेको नयाँ राजनीतिक समीकरणमा फागुन २५ सम्म फेरबदल नभए नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बन्ने निश्चितप्रायः छ । तर उनीसँग नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिस्पर्धा गर्नेछन् । जसले जिते पनि मुलुकले अनुभवी, मध्यमार्गी र तुलनात्मक रुपमा नैतिक मूल्यमा उभिने राजनीतिकर्मी पौडेल र नेम्बाङलाई उम्मेदवारका रुपमा पाउने छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि पौडेल र नेम्वाङले शनिवार उम्मेदवारी दर्ता गराएका हुन् । यो सँगै पूर्व सभामुखलाई मुलुकले तेस्रो राष्ट्रपतिका रुपमा पाउने भएको छ । राष्ट्रपतिका उम्मेदवार पौडेल प्रतिनिधिसभाका र नेम्वाङ संविधानसभाका पूर्वसभामुख हुन् । पौडेल २०५१ साल पुस ३ गतेदेखि २०५५ साल चैत ९ गतेसम्म प्रतिनिधिसभाको सभामुखको भूमिकामा थिए । 

नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म संविधानसभाको पहिलो कार्यकाल र २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकाल सभामुखको जिम्मेवारी सम्हालेका थिए । 

पौडेल र नेम्वाङले शनिवार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि चर्चामा रहेका पौडेल र नेम्बाङ नै भावी राष्ट्रपतिका लागि आमनेसामने भएका हुन् । शुक्रवार मात्र बनेको आठ दलीय समीकरणबाट सर्वसम्मत उम्मेदवार बनेका पौडेलको उम्मेदवारी ‘संविधानको रक्षाका लागि’ भएको दाबी गरिएको छ । 

उता पुस १० मा माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन पाँचदलबीच भएको सहमति अनुसार नै उम्मेदवारी दिएका एमाले उपाध्यक्ष नेम्वाङको उम्मेदवारी ‘कम्युनिष्ट एकताका लागि’ भएको जिकिर गरिएको छ । 

वरिष्ठ नेता पौडेललाई शनिबार बिहान सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र उपाध्यक्ष नेम्वाङलाई च्यासलमा बसेको एमाले सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको हो ।   

कांग्रेसमा वरिष्ठ नेता पौडेलसँगै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ र मानबहादुर विश्वकर्मा आकांक्षीका रुपमा रहेका थिए । तर शनिवारको कार्यसम्पादन समिति बैठकमा सभापति देउवाले पौडेलको नाम प्रस्ताव गरे र उनकै नाममा सहमति जुट्यो । पौडेललाई उम्मेदवार बनाउने देउवाको प्रस्तावमा कसैले विरोध नगरेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए । ‘सभापतिले रामचन्द्रको नाम प्रस्ताव गर्नुभयो । रामचन्द्रले धन्यवाद दिएपछि बैठक सकियो । अरु नेताले राष्ट्रपतिको उम्मेदवारमा दाबी नै गरेनन्, उनले भने । 

कांग्रेस उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ । पुस १० मा बनेको एमालेसहितको पाँच दलको गठबन्धन भंग गर्दै प्रचण्डको संयोजनमा १२ फागुनमा बनेको ८ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसले तय गर्ने उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो । 

एमाले उम्मेदवार नेम्वाङको समर्थनमा भने अहिलेसम्म अरु कुनै दल खुलेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पौडेल नेम्वाङ कसैको पक्षमा खुलेका छैनन् । 

शनिवार उम्मेदवारी दर्ता गराए लगत्तै पौडेल र नेम्बाङ दुवैले आफूले जित्ने दाबी गरेका छन् । ८ दलको समर्थनमा उम्मेदवारी दिएका कांग्रेस वरिष्ठ नेता पौडेलले नेकपा एमालेले पनि आफूलाई सघाउने विश्वास व्यक्त गर्दै आफूले सर्वसम्मत निर्वाचन जित्ने जिकिर गरेका छन् । शुक्रबार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानो साथी भएको र आफूलाई सर्वसम्मत बनाउन उनको योगदान रहने विश्वास व्यक्त गरे । 

‘मैले अपेक्षा गरेको सर्वसम्मत हुनु हो । सम्भवत् त्यो पनि चुनावको दिनसम्म हुन्छ कि । त्यसमा म कोशिस गर्दैछु । एमाले अध्यक्ष पनि मसँग जेलमा बस्नुभएको हो धेरै समय’ उनले अघि भने, ‘पुरानो साथी हो । उहाँले पनि यो राष्ट्रमा सबैको साझा पद बनाउनलाई उहाँले योगदान गर्नुहोला भन्ने मैले विश्वास गरेको छु ।’ पौडेलले भने । उनले गणतन्त्रलाई संस्थागत गर्दै नेपाली जनतामा आएको सार्वभौमसत्तालाई बलियो र सुरक्षित राख्नुपर्ने अवस्था आएको भन्दै त्यसका निम्ति आफ्नो भूमिका हुने बताए । 

उता राष्ट्रपतिका अर्का उम्मेदवार नेम्बाङले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि जनताको राष्ट्रपति भएको अनुभूति हुने गरी काम गर्ने बताएका छन् । उम्मेदवारी दर्तापछि उनले भने ‘ जनताको राष्ट्रपति बनेर व्यवहारमा अनुभूत हुने गरी काम गर्ने मेरो प्रयास हुनेछ ।’

पौडेलको पक्षमा मतभार

८ दलको समर्थन रहेकाले पौडेलको पक्षमा मतभार छ । संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ । संघीय सांसद (प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य) ले दिएको एक भोटको ७९ र प्रदेश सभा सदस्यले दिएको एक भोटको ४८ मतभार हुन्छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकबाट निर्वाचित ११० गरी २७५ सांसद हुन्छन् । राष्ट्रिय सभामा ७ प्रदेशबाट निर्वाचित ८÷८ जना र मनोनित ३ जना गरी ५९ सदस्य हुन्छन् । यी ८ जनामध्ये ३ जना महिला, एक जना दलित र ४ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित भएका हुन्छन् ।

यसरी संघीय संसदका ३३४ जनाले राष्ट्रपति र उपराष्ट्रपतिका लागि भोट हाल्छन् । जसको मतभार २६ हजार ३ सय ८६ हुन आउँछ । सातवटै प्रदेश सभामा ५५० सदस्य छन् । उनीहरुको कूल मतभार २६ हजार चार सय हुन आउँछ ।

राष्ट्रपति निर्वाचनमा कुल ८८४ जनाले मतदान गर्नेछन् । उनीहरूको जम्मा मतभार ५२ हजार ७ सय ८६ हुन्छ । समग्रमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा रहेका दलहरुको मतभारका दृष्टिमा कांग्रेस र एमाले हाराहारीमा देखिन्छन् । माओवादी केन्द्र तेस्रोमा छ । तेस्रो रहेको माओवादी सहित ८ दलको समर्थन पौडेललाई छ । 

राष्ट्रिय सभामा १० र प्रतिनिधिसभामा ८९ सांसद रहेको कांग्रेसको मतभार ७,८२१ छ । प्रदेश सभातर्फ १७५ सदस्य जितेको कांग्रेसको मतभार ८४०० हुन्छ । संघ र प्रदेश दुवैतर्फ जोड्दा कांग्रेसको कूल मतभार १६ हजार २२१ पुग्छ ।

नेकपा एमाले पनि कांग्रेसकै हाराहारीमा छ । दुवै सभातर्फ जोड्दा १५ हजार २८१ मतभार रहेको एमालेको प्रतिनिधिसभामा ७८ र राष्ट्रिय सभामा अध्यक्ष सहित १७ सांसद छन् । जसको मतभार ७,५०५ हुन्छ । प्रदेश सभातर्फ देशभर १६२ सिट जितेको एमालेको मतभार ७७७६ छ ।

राष्ट्रिय सभामा १६ सांसद रहेको माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सिट छ । प्रदेश सभातर्फ उसले देशभर ८२ सिट जितेको छ । संघमा ३७९२ मतभार रहेको माओवादी केन्द्रको प्रदेशसभा तर्फ ३९३६ मतभार पुग्छ । दुवैतिर जोड्दा माओवादीको कूल मतभार ७,७२८ हुन आउँछ ।

तीनवटै सभाको कूल मतभार जोड्दा एकीकृत समाजवादीको दुई हजार ४७८, जनता समाजवादी पार्टी (जसपा) को दुई हजार ९७ मतभार छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा १९ सिट छ । गत चुनावमा रास्वपाले २० सिट जितेको भए पनि रास्वपा सभापति रवि लामिछानेको पद नागरिकता विवादमा रिक्त भएकाले हाल रास्वपासँग १९ सांसद छन् । जसको मतभार १५०१ हुन आउँछ ।  यो दलले प्रदेश सभाको चुनावमा भाग लिएको थिएन । उसको राष्ट्रिय सभामा प्रतिनिधित्व छैन ।

प्रदेश सभा र प्रतिनिधिसभा समेत जोड्दा जनमत पार्टीको १२४२, लोसपाको ८२७, नागरिक उन्मुक्ति पार्टीको ७६५, नेमकिपाको २२३, राष्ट्रिय जनमोर्चाको १५८, हाम्रो नेपाली पार्टीको ९६ र स्वतन्त्र मतभार १२८७ छ । 

संविधानको धारा ६२ (३) अनुसार राष्ट्रपति निर्वाचनमा विजयी हुन ५१ प्रतिशत अर्थात, कम्तीमा २६ हजार ३ सय ९४ मत ल्याउनुपर्ने हुन्छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राजमोले गठबन्धन नै पौडेललाई समर्थन गर्ने निर्णय गरेका छन् । राप्रपा र रास्वपाले भने कुनै निर्णय लिइसकेको छैन् । 

तर, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘काँग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका कारण चुनाव जितिनेमा ढुक्क रहेको’ बताउँछन् । 

रणनीतिक खेलमा नेम्वाङ 

राष्ट्रपतिको उम्मेदवारी दर्ता भएसँगै शनिवारबाटै दुवै पक्षले मत माग्ने क्रम शुरु गरेका छन् । एमाले अध्यक्ष ओलीले शनिवार राष्ट्रपति पदमा नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पत्र लेखेका छन् । पत्रमा नेम्बाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवम् उपयुक्त उम्मेदवार भएको उल्लेख गरिएको छ ।

‘राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका माननीय सदस्यहरु मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट मा. सुवासचन्द्र नेम्बाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अनुरोध गर्दछु’ ओलीले नेपाललाई लेखेको पत्रमा भनिएको छ । राष्ट्रपति निर्वाचनको लागि एकीकृत समाजवादीसँग २५७४ मतभार छ ।

त्यसैगरी राष्ट्रपतिका उम्मेदवार पौडेलले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटेर राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गरेका छन् । 

पौडेलले रविको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् । दुई नेताबीच २१ मिनेट कुराकानी भएको र भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न सभापति लामिछानेलाई आग्रह गरेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । तर रास्वपाले भने कसलाई समर्थन गर्ने भन्नेबारे केही निर्णय गरेको छैन ।

अर्थात, पछिल्लो समीकरण यथावत रहे कांग्रेस उम्मेदवार पौडेल विजयी हुने सम्भावना छ । तर, गोप्य मतदान भएकाले रणनीतिक रुपमा चुनाव जितिने एमाले नेताहरुको दाबी छ । एमाले सचिव योगेश भट्टराई भन्छन्, ‘चुनाव जितिन्छ । त्यसका आधार जितेपछि खुलाउँला ।’ 


प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०८:१४
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्