Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • सर्वार्थसिद्धियोगमा वसन्त पञ्चमी, सबै प्रकारका कार्यहरुमा सफलताको योग
सर्वार्थसिद्धियोगमा वसन्त पञ्चमी, सबै प्रकारका कार्यहरुमा सफलताको योग
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, माघ १२, २०७९

काठमाडौं । आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजाआराधना गरि मनाइँदै छ । 

यसवर्ष माघ १२ गते बिहीबारका दिन मीन राशिमा चन्द्रमा शुभयोगमा रहेको समयमा परेकाले शुभ फलदायी तथा सिद्धियोगका रुपमा हेरिरहेको छ। यस्ता समयमा मांगलिक कार्यहरु गर्दा कार्य सफलताको योग सुरु गरिएका कार्य सफल हुने मूहुर्त योगमा उल्लेख गरिएको छ ।   

देवगुरु बृहस्पति ग्रहको बार र मीन राशिमा चन्द्रमा बसेको अवस्थामा  वसन्त पञ्चमी पर्वको संयोग जुर्नुलाई  अत्याधिक पवित्र दिनका  रुपमा शास्त्रमा ब्याख्या गरिएको छ। विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गर्नुपर्ने नियम रहिआएको छ। काठमाडौंको बसन्तपुरमा राष्ट्र प्रमुखले वसन्त पाठ श्रवणगर्नुपर्ने परम्परा पनि रहेको छ । वसन्त पञ्चमीमा ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीको रुपमा पूजा तथा आरधना गर्ने शास्त्रीय नियम रहिआएको छ ।

विशेषगरी शुक्लपक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले विद्या तथा विभिन्न कला साधनाका लागि विशेष फलदायी र पूर्णरुपमा सफल हुने भएकाले आजको दिनलाई विशेष रुपमा व्यख्या गरिएको छ ।

पहिलोपटक विद्या आरम्भ गर्ने बालबालिकाले आजका दिनदेखि अक्षर शुभारम्भ गरेमा विद्या पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । नाक, कान छेडेर मुन्द्रा, फुली लगाएमा अटल सौभाग्य रहिरहने र सरस्वतीको पूर्ण कृपा रहने शास्त्रमा व्याख्या गरिएको छ ।

 बुद्ध परम्परामा पनि यस पर्वलाई विशेष महत्वका साथ मनाउने प्रचलन छ । हिन्दू र बौद्ध परम्परामा रही आएको अहिंसाको सिद्धान्तलाई जीवजन्तु, रुखबिरुवा तथा समष्टिगत जगतसहित  मानव जातिलाई नै ज्ञानकारुपमा धार्मिक पर्वहरुले एक(अर्कामा जोड्नेकाम गरेको छ ।

 ज्ञानकारक ग्रह वृहस्पति तथा भगवान विष्णुको अवतारका रुपमा बुद्ध भगवानको पूजा गर्ने शास्त्रीय नियम रहिआएको छ । हाम्रा सबै सनातन पर्व आध्यात्मिक भावनाले ओतप्रोत छन् । व्रत, पर्व र अनुष्ठानहरु, लौकिक र आध्यात्मिक उन्नतिका सशक्त साधन हुन र यिनीहरुबाट आनन्दको उल्लासका साथै उदात्त जीवन जीउने प्रेरणा मिल्दछ । वास्तवमा सम्पूर्ण सृष्टिको उद्भव आनन्दबाट नै हुन्छ । दुःख, भय, शोक, मोह र अखण्ड आनन्दको प्राप्ति नै सबै व्रत–पर्वहरुको परम् लक्ष्य हो ।

देवी भागवत एवं ब्रह्मवैवर्तपुराणमा वर्णित कथाहरुको आधारमा सबैभन्दा पहिले भगवान् नारायणले वाल्मीकिलाई सरस्वतीको मन्त्र बताएको शास्त्रमा उल्लेख छ ।  त्यसैको जपले गर्दा उनमा कवित्व शक्ति आएकोे थियो भन्ने कथन छ । जुन मन्त्र यस प्रकार छ– श्रीं ह्रीं सरस्वत्यै स्वाहा। यस मन्त्रको चार लाख जप गर्नाले मन्त्र सिद्धि हुन्छ ।

महर्षि वाल्मीकि, व्यास, वसिष्ठ, विश्वामित्र, शौनक आदि ऋषिहरु वहाँकै साधनाबाट कृतार्थ भए । व्यासजीको सानो व्रतको प्रभावले प्रसन्न भएर सरस्वतीले भन्नुभयो– व्यास, तिमीले मेरो प्रेरणाद्वारा रचिएको वाल्मीकि रामायण पढ । त्यो मेरो शक्तिले गर्दा सम्पूर्ण काव्यहरुको सनातन बीज बनेको छ । त्यसमा श्रीरामको चरित्रको रुपमा म साक्षात् मूर्तिमती भएर रहेकी छु । आफूले चाहेको वर प्राप्त गर्नका लागि विश्वविजय नामक सरस्वती कवचको पनि विशेष व्याख्या गरिएको छ ।

सरस्वतीको यस अद्भूत विश्वविजय मन्त्र तथा कवचलाई धारण गरेर नै व्यास, ऋष्यशृंग, भरद्वाज, देवल, जैगीषव्य आदि ऋषिहरुले सिद्धि पाएका थिए । यस कवचलाई सर्वप्रथम भगवान् श्रीकृष्णले वृन्दावनमा रासलीलाको समयमा ब्रह्माजीलाई सुनाउनुभएको थियो । त्यसपछि ब्रह्माजीले गन्धमादन पर्वतमा भृगुऋषिलाई उपदेश दिनुभयो । सरस्वतीको उपासना कालीको रुपमा गरेर नै कालिदासले ख्याती पाए । गोस्वामी तुलसीदास भन्नुहुन्छ– पापनाश गर्ने भएकीले गंगा र अज्ञान नाश गर्ने भएकीले सरस्वती दुवै समान रुपमा पवित्रताका कारक हुन् ।

विद्या र सद्बुद्धि प्रदान गर्ने भएकाले सरस्वतीका उपासकहरु यस दिन विद्या प्राप्तिको उद्देश्य लिएर निष्कपट एवं शुद्ध भावनाले दिव्यता र भव्यताका साथ भगवती सरस्वतीको आराधना गर्दछन् । हरेक कार्यहरु गर्दा भावना अर्थात् विचारको ठूलो महत्त्व हुन्छ । यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी अर्थात् जसले जस्तो भावना लिएर कार्य गर्दछ, फल पनि अवश्य नै तदनुरुप मिल्दछ । त्यसैले हामी सबैले सद्बुद्धि प्राप्त होस् भन्ने भावना लिएर सरस्वती पूजा गर्दा अवश्य राम्रो हुन्छ । 
९लेखक सुरेशचन्द्र रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् ०


प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्