Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, माघ १९, २०८०
52EDDF36-612C-4ED1-BEA7-4CFD42A46123.jpeg

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्काउट माथि राजनीति गरेको भन्दै आपत्ति जनाएका छन् ।
अदालतको आदेश विपरीत नेपाल स्काउटको अधिवेशन रोक्न प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै ओलीले आपत्ति जनाएका हुन् । स्काउटमा गठबन्धनले हार्छ भनेरै प्रधानमन्त्री अधिवेशन स्थगित गराएको ओलीले बताए ।

नेकपा एमाले निकट बैङ्क, बिमा तथा वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्रिय समितिको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्काउटको अधिवेशन रोक्ने प्रधानमन्त्रीको आदेश स्वतन्त्र सामाजिक संस्था माथिको ठाडो हस्तक्षेप भएको बताए ।
स्काउटको संरक्षकको नाताले उनले निर्देशन दिन सक्ने भए पनि सो निर्देशन भताभुङ्ग पार्ने नभई सकारात्मक काम गर्नको लागि भएको ओलीले स्पष्ट पारे । ‘हस्तक्षेप गर्नेलाई निर्देशन भनिँदैन, विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयारी भइसक्यो, गठबन्धनले नजित्ला जस्तो भयो भनेर रोक्न पाइन्छ ?’, उनले प्रश्न गरे ।

अधिवेशनका लागि स्काउटका अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई समेत बोलाइसकेको अवस्थामा अधिवेशन रोक्नु देशकै लज्जाको विषय भएको ओलीले बताए । पहिला पनि स्काउट भङ्ग गर्दा अदालतले कामकाज यथावत् गर्न आदेश दिएको स्मरण गराउँदै ओलीले अदालतले दिएको आदेश विपरीत प्रधानमन्त्रीले गरेको निर्देशन स्वेच्छाचारी भएको बताए ।

अदालतको कामकाज यथावत् गर्न दिनु भन्ने आदेशको विपरीत सरकार सम्मेलन स्थगित गर्न आदेश दिएको भन्दै उनले आलोचना गर्नुभयो । ‘इज्जत वेइज्जतको केही ख्याल छैन, कांग्रेसले स्काउटको सम्पत्ति लुटेर हडपेर अहिले पनि खाइरहेको छ’, ओलीले भने । ओलीले सरकारले स्काउट मात्रै नभएर रेडक्रस पनि चलाउन नदिएको बताए । एनआरएनएमा समेत प्रधानमन्त्रीले हस्तक्षेप गरेको उनको भनाइ छ ।


प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्