Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • राष्ट्रपतिको निर्वाचन फागुनको तेस्रो साता गर्ने तयारी 
राष्ट्रपतिको निर्वाचन फागुनको तेस्रो साता गर्ने तयारी 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, माघ ७, २०७९

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ। 

नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ। आयोगका सचिव गोकर्णमणि दुवाडीले पदाधिकारी बैठकले निर्णय गरेको मितिमा राष्ट्रपतिको निर्वाचन हुने बताउनुभयो। 

राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझिएको छ। राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम पदावधि सकिनुभन्दा एक महिना अगावै दुवै पदको निर्वाचन हुनुपर्ने उल्लेख छ। ऐनअनुसार यही माघ २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसका लागि पुस महिनाभित्रै निर्वाचनको मिति घोषणा गरेर आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गर्नुपर्ने थियो। तर माघ पहिलो साता बित्दा पनि आयोगले निर्वाचनको मिति घोषणा गरेको छैन। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “संविधान र ऐनमा असामञ्जस्यता छ। सुरक्षित अवतरणका लागि आयोग छलफलमा छ। छिट्टै निर्णय हुनेछ।” आयोगले सरकारसँगको परामर्शमा राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ। 

राष्ट्रपतिको निर्वाचन सम्बन्धमा आयोग पदाधिकारीले पुस १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए। कानुनी जटिलतालाई निकास दिन दुवै पक्षले कानुनी परामर्शमा जुट्ने बताएका थिए तर सरकारले अझै राष्ट्रपतिको निर्वाचनको मिति सम्बन्धमा आयोगलाई सुझाव दिएको छैन। आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “सरकारको सुझावलाई पर्खिनैपर्ने बाध्यता छैन। यद्यपि सुरक्षालगायतको व्यवस्था सरकारले नै गर्ने भएकाले सहमति र सुझाव आवश्यक पर्छ।”

यसअघि स्थानीय तहको निर्वाचन स्थानीय तह निर्वाचन ऐनबमोजिम नै भएको थियो। संविधानले स्थानीय तहका पदाधिकारीको पदावधि पाँच वर्षको हुने सुनिश्चित गरे पनि मधेश प्रदेशअन्तर्गतका स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधि चार वर्ष छ महिना नपुग्दै सकिएको थियो। 

ऐनले बहालवाला राष्ट्रपतिको कार्यकाल सकिनुभन्दा एक महिना अगावै राष्ट्रपतिको निर्वाचन हुने व्यवस्था गरेको छ तर त्यसरी निर्वाचित राष्ट्रपतिको पदबहाली कहिलेदेखि हुने भन्ने सम्बन्धमा स्पष्ट गरेको छैन। आगामी फागुन तेस्रो सातापछि राष्ट्रपतिको निर्वाचन गर्नेगरी निर्वाचनको एक महिनाअघि मिति घोषणा गर्ने तयारी गरिएको आयोग स्रोतले जनाएको छ। राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको १५ दिनभित्र उपराष्ट्रपतिको निर्वाचन हुनेछ। 


प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०८:०१
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्