Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतबार, असोज ७, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • प्रचण्डलाई प्रधानमन्त्री बनाउने देउवासँगको त्यो ' जेन्टल एग्रिमेन्ट ! '
प्रचण्डलाई प्रधानमन्त्री बनाउने देउवासँगको त्यो ' जेन्टल एग्रिमेन्ट ! '
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । आगामी सरकार गठनका लागि दलहरु आ आफ्नै कसरतमा व्यस्त रहन थालेका छन् । 

मतपरिणामपछि ठूलो दलको हैसियत पाएको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने गृहकार्यमा लाग्नुभएको छ । यसका लागि उहाँले हिंसात्मक राजनीतिमा लागेको अभियोगमा जेल परेका विभिन्न दलका नेता कार्यकर्ताविरुद्ध राज्यका तर्फबाट लगाइएका मुद्दा जुनसुकै तहको अदालतमा भए पनि फिर्ता हुनेगरी अध्यादेश जारी गर्नुभएको छ । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा ल्याउने बाटो खुला गर्न देउवा सरकारले यस्तो निर्णय गरेको हो । 

यता प्रतिनिधिसभामा ३२ सिट मात्र भएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री बन्ने कसरत गरिरहनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई अघिल्लोपटक प्रधानमन्त्री बनाउँदा चुनावपछिको पहिलो सरकार प्रचण्डको नेतृत्वमा बनाउने ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ समेत भएको थियो । त्यसैको आधारमा माओवादी केन्द्रले अहिले अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन हुनुपर्ने आवाज उठाइरहेको छ । 

तर त्यसलाई वर्तमान प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति देउवाले अस्वीकार गर्नुभएपछि गठबन्धनमा खटपट शुरु भएको स्रोतको भनाइ छ । देउवाले पार्टीको हैसियतका आधारमा शेखर–गगन समूहले त्यो कुरा स्वीकार नगर्ने भन्दै शेखरलाई मनाउन प्रचण्डलाई सुझाव दिनुभएको स्रोतको भनाइ छ । 

Pay_ru Remit

देउवाको सुझावपछि प्रचण्डका तर्फबाट महासचिव देव गुरुङले डा शेखर कोइरालालाई प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेका छन् । तर, शेखरले गुरुङको प्रस्ताव ठाडै अस्वीकार गरिदिनुभएको छ । 

८९ सिट भएको पार्टीले ३२ सिट भएको पार्टीलाई समर्थन गरेर सरकार बनाउने कुरा स्वभाविक नहुने भन्दै स्वीकार्य नहुने शेखरले जवाफ दिनुभएको शेखर निकट स्रोतको भनाइ छ । कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु पर्ने पक्षमा शेखर रहेको ती नेताको भनाई छ । त्यसैले अहिले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउन माओवादीले गठबन्धनको विकल्प खोज्नुपर्ने अवस्था छ ।  माओवादी केन्द्रका महासचिव देव गुरुङ भने सरकार गठनका लागि वैधानिक ‘ग्राउन्ड’ नै तयार नभइसकेको भन्दै आफूले प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको दाबी गर्नुभएको छ । 

महासचिव गुरुङले नेताहरुकाबीचमा को प्रधानमन्त्री बन्ने भन्ने विषयमा अनौपचारिक कुराकानी भइरहेको भए पनि वैधानिक ग्राउन्ड नै नबनिसकेकाले कसैलाई  प्रधानमन्त्री बनाउने भनेर पहल नगरेको उहाँको दाबी छ । 

वैकल्पिक सरकारबारे एमालेका तर्फबाट अनौपचारिक प्रस्ताव आए पनि औपचारिक रुपमा भने कुनै प्रस्ताव नआएको उहाँले प्रष्ट पार्नुभयो । 

सार्वजनिक भएको निर्वाचन परिणामअनुसार कांग्रेस प्रत्यक्षमा ५७ सिट र समानुपातिकमा ३२ सिट गरी ८९ सिटसहितको पहिलो दल बनेको छ भने नेकपा एमाले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सहित ७८ सिटको दल बनेको छ । 

नेकपा माओवादी केन्द्र प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सहित ३२ सिटको पार्टी बनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षमा सात सिट र समानुपातिकमा १३ सिट सहित २० सिट पाएर चौथो दल बनेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रत्यक्षमा ७ र समानुपातिकमा सात सिटसहित १४ सिटको पार्टी बनेको छ भने जनता समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा ५ सिट सहित १२ सिटको पार्टी बनेको छ । 

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एकीकृत समाजवादी पार्टी प्रत्यक्षमा जितेको १० सिटमा सीमित छ भने प्रत्यक्षमा एक सिटमात्र जितेको जनमत पार्टी समानुपातिकमा ४ सिट पाउँदा संसदमा पाँच सिट भएको पार्टी बनेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी पनि समानुपातिकमा थ्रेस होल्ड पार गर्न नसक्दा प्रत्यक्षमा जितेका ४ सिटमा सीमित भएको छ । 

नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेको छ भने पाँच जना स्वतन्त्र उमेदवारले चुनाव जितेका छन् । 

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक हुन्छ । यो सिट संख्याका आधारमा सरकार बनाउन सबैभन्दा बलियो अवस्थामा वर्तमान सत्ता गठबन्धन नै देखिएको छ । 

वर्तमान सत्ता गठबन्धनसँग कांग्रेसको ८९, माओवादी केन्द्रको ३२ सिट, नेकपा एकीकृत समावजवादीको १०, लोकतान्त्रिक समाजवादी पार्टीको ४ र राष्ट्रिय जनमोर्चाको एकसहित १३६ सिट छ । 

तर, थप दुई सिट नलिँदासम्म गठबन्धनको पनि सरकार बन्ने अवस्था छैन । 
 


प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य शनिबार, फागुन २७, २०७९
सी चिनफिङ चीनको तेस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन 
सी चिनफिङ चीनको तेस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन  शुक्रबार, फागुन २६, २०७९
स्ववियु निर्वाचनका लागि शुक्रबार उम्मेदवारलाई मनोनयनपत्र वितरण 
स्ववियु निर्वाचनका लागि शुक्रबार उम्मेदवारलाई मनोनयनपत्र वितरण  शुक्रबार, फागुन २६, २०७९
मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित 
मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित  बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति चयनका लागि मतदान सकियो, अपरान्ह ४ बजेपछि मतगणना 
राष्ट्रपति चयनका लागि मतदान सकियो, अपरान्ह ४ बजेपछि मतगणना  बिहीबार, फागुन २५, २०७९
तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा
तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ओली र नेपालबीच अनौपचारिक भेटवार्ता 
राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ओली र नेपालबीच अनौपचारिक भेटवार्ता  बुधबार, फागुन २४, २०७९
राष्ट्रपति निर्वाचन : मतदानको चार घण्टापछि नै नतिजा सार्वजनिक गर्ने तयारी 
राष्ट्रपति निर्वाचन : मतदानको चार घण्टापछि नै नतिजा सार्वजनिक गर्ने तयारी  बुधबार, फागुन २४, २०७९
दुर्गा प्रसाईंको युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ 
दुर्गा प्रसाईंको युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ  बुधबार, फागुन २४, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्