Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • जनमतको सन्देश : काँग्रेस र एमालेको सरकार, होला त साकार ?  
सरल विशेष जनमतको सन्देश : काँग्रेस र एमालेको सरकार, होला त साकार ?  
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, मंसिर १४, २०७९

काठमाडौं । मंसीर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ १६१ स्थानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा काँग्रेसले ५५ र एमालेले ४५ सिट जितेका छन् । समानुपातिकतर्फको मतगणनामा पनि एमाले पहिलो र काँग्रेस दोस्रो दल बन्ने देखिएको छ । सरकार बनाउन आवश्यक म्याजिक नम्बर१३८ कसैको नपुग्ने निश्चित भइसकेको छ। यसको अर्थ, अबको संसद् त्रिशंकु हुने भएको छ। 

सारमा भन्नुपर्दा निर्वाचन मार्फत मतदाताले विकास र समृद्धिका लागि कांग्रेस र एमालेलाई सहकार्य गरेर अघि बढ्नुपर्ने सन्देश दिएका छन्। 

एउटै दलले बहुमत ल्याउन नसकेको अवस्थामा सरकार गठन गर्ने संविधानको धारा ७६ ले दिएको पहिलो विकल्प भनेको दुई वा दुईभन्दा बढी दलको समर्थन लिनु हो। सरकार बनाउन चाहिने न्यूनतम १३८ सांसद संख्या पुर्‍याउन दलको समर्थन थप्दै जान नपाइने पनि होइन। तर, सरकारमा जति धेरै दल भयो उति नै कलह र स्वार्थ बाझिंदै जान्छ। अन्ततः त्यही नै अस्थिरताको कारक बन्न पुग्छ। हरेक ६–६ महिनामा सरकार परिवर्तन जनचाहना होइन, जनमतको अपमान हुने हिमालखबर अनलाइनका सम्पादक सन्त गाहामगरको ठम्याइ छ । उनी लेख्छन्–संसद्को तेस्रो र चौथो शक्तिलाई सरकारको नेतृत्व सुम्पन कति घातक हुँदो रहेछ भन्ने हाम्रो विगतको अनुभवले देखाउँछ। २०५१ को मध्यावधि निर्वाचनमा ८८ सीट सहित एमाले पहिलो र ८३ सीट ल्याएर कांग्रेस दोस्रो ठूलो दल बनेका थिए। कसैको बहुमत नआएपछि एमालेले २०५३ फागुनमा लोकेन्द्रबहादुर चन्द र कांग्रेसले २०५४ असोजमा सूर्यबहादुर थापालाई सरकारको नेतृत्व गर्न दियो। दुई पूर्व पञ्चलाई प्रधानमन्त्री बनाउने यो निर्णय अस्थिरताको कारक मात्रै बनेन, २०४६ सालको राजनीतिक परवर्तनको नेतृत्व गरेर आएका दलहरूको वैचारिक पतनको आधार र फोहोरी संसदीय खेलको शुरूआत बिन्दु बन्यो। 

यो दृष्टान्तले देखाउँछ( प्रधानमन्त्री बनाउने वाचा गरेर तेस्रो, चौथो, पाँचौं वा छैटौं दलको समर्थन लिनु हुँदैन। यसो गर्नु जनमतको अपमान पनि हो। जनमत प्राप्त नगरी सरकारको नेतृत्व गर्न पाउने हो भने कोही किन पहिलो वा दोस्रो दल बन्ने प्रयास गर्ने ? आवधिक निर्वाचनमा बहुमत पुर्‍याउन किन प्रयत्न गर्ने ?  

निर्वाचनपछिको अप्ठ्यारो जनादेशपछि अबको सरकारको नेतृत्व र मोडालिटीबारे आम जनताको चासो बढ्नु स्वभाविकै हो । अहिले काँग्रेस र एमाले वाहेकका दलहरुले समेत सरकारको नेतृत्व गर्ने अघोषित चाहना अभिव्यक्त गरेपछि सत्ताको राजनीति थप पेचिलो हुने देखिन्छ । यहीबीच भारतीय राजदूत नवीन श्रीवास्तवको दौडधुपले सन्देह जन्माइदिएको छ । तर जुन दल र जसको नेतृत्वमा सरकार बनेपनि जनमतको कदर हुनुपर्छ । 

पत्रकार मगर थप्छन्–प्रतिनिधि सभा विघटनपछि एक वर्षअघि एमाले विरुद्ध बनेको सत्ता गठबन्धन जोगाउने नाममा निर्वाचनबाट पराजित दलका नेतालाई प्रधानमन्त्री बनाउनु भनेको जनमतको सरासर अपमान गर्नु हो। जस्तो निर्वाचनअघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका थिए। गोरखा २ का जनताले उनलाई सांसदका रूपमा स्विकारे पनि देशभरका मतदाताले भने उनको प्रधानमन्त्री बन्ने प्रस्तावलाई अस्वीकार गरे। प्रत्यक्षतर्फ सबैभन्दा बढी सीट जितेको कांग्रेस, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको समर्थन लिएर चुनावमा जाँदा पनि दाहाललाई मतदाताले प्रधानमन्त्री बन्ने ‘म्यान्डेट’ दिएनन्।

माओवादीको प्रत्यक्षतर्फ आधा सीट संख्या घट्यो भने समानुपातिकतर्फको मत पनि घट्ने निश्चित जस्तै छ। २०६४ मा १२० सीट जितेको माओवादी १७ सीटमा झर्नुको अर्थ हो–दाहाल अब मुलुक मात्रै होइन माओवादी पार्टी हाँक्न समेत पूर्ण रूपमा अक्षम भइसकेका छन्। त्यति हुँदाहुँदै कसैले उनैलाई प्रधानमन्त्रीका रूपमा देख्न चाहनु भनेको आवधिक निर्वाचन र लोकतन्त्रको धज्जी उडाउनु हो। संसदीय गणितकै हिसाबले पनि दाहाल र माओवादी दुवै अब संघीय सरकारमा ‘किङ मेकर’ रहेनन्।

यसपटकको निर्वाचनमा समानुपातिकतर्फको ९४ लाख मतगणना हुँदा एमाले र कांग्रेसले ५० लाखभन्दा बढी मत प्राप्त गरेका छन्। अर्थात बहुमत मतदाता अझै पनि यी दुई पार्टीसँगै छन्। जनादेश शिरोधार्य गर्दै मुलुकलाई आगामी पाँच वर्ष नेतृत्व लिने जिम्मा मतदाताले कांग्रेस र एमालेलाई नै दिएका छन्। स्थिर सरकार बनाएर मुलुकलाई विकास र समृद्धिको दिशामा लैजाने हो भने विगतका तिक्तता बिर्सेर कांग्रेस(एमालेले सहकार्य गर्नुको विकल्प छैन। निर्वाचनमार्फत जनताले यी दुई दललाई मिलेर जान स्पष्ट जनादेश दिएका छन् । 


प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्