Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • प्रमुख दलहरुबीच सरकार गठनको रस्साकसी, पाँचदलीय गठबन्धन कि काँग्रेस–एमालेको सरकार ? 
प्रमुख दलहरुबीच सरकार गठनको रस्साकसी, पाँचदलीय गठबन्धन कि काँग्रेस–एमालेको सरकार ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, मंसिर ११, २०७९

काठमाडौँ  । चुनावी परिणाम समापन चरणमा पुगेसँगै शीर्ष नेताहरु पाँचदलीय गठबन्धनकै सरकार बनाउने तयारीमा लागेका छन् । 

प्रत्यक्ष सिट तथा समानुपातिक रुझानबीच सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच पाँच दलको बैठक बोलाउने समझदारी भएको छ । आगामी सरकारको समिकरणबारे विभिन्न अड्कलबाजी चलिरहेको बेला दुई शीर्ष नेताहरुबीच शनिवार संवाद भएको हो । प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले शनिबारको छलफलपछि आशंका हटेको दाबी गर्नुभयो । विद्यमान गठबन्धनलाई निरन्तरता दिने र सरकार निर्माणको गृहकार्यमा लाग्न नेताहरू स्पष्ट देखिएको उहाँले बताउनुभयो । 

गठबन्धन भए पनि उनीहरूले ‘सोचेजस्तो’ मत आदानप्रदान नभएको भन्दै एकीकृत समाजवादी र माओवादीका केही नेताले असन्तुष्टि व्यक्त गरिरहेका छन् । त्यस्तै लामो संवादहीनता तोड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष दाहाललाई सम्पर्क गरी सहकार्यको प्रस्ताव राखेपछि सम्भावित समीकरणका विषयमा आम चासोसँगै आशंका बढेको छ । यस्तो आशंकाबीच सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच संवाद शुरु भएको हो । 

प्रधानमन्त्री देउवाले गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि शुक्रबार नै टेलिफोन संवाद भएको प्रमुख स्वकीय सचिव भानु देउवाले बताउनुभयो । दुई नेताबीच पनि यही छलफल भएको उहाँले जानकारी दिनुभयो

पछिल्लो मतपरिणामअनुसार प्रत्यक्षमा कम्तीमा ५७ र समानुपातिकमा ३४ सहित ९१ सिट जित्ने कांग्रेसको हिसाब छ । त्यस्तै १७ सिट जितेको माओवादीले एक सिटमा अग्रता लिइरहेको छ । मतगणना हुन बाँकी दोलखामा पनि जित्ने उसको दाबी छ । प्रत्यक्षमा १९ र समानुपातिकबाट १५ सहित ३४ सिट आफ्नो हुने माओवादी हिसाब छ ।

गठबन्धनको तेस्रो दल एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जितेको छ, समानुपातिकमा उसको प्रतिनिधित्व यकिन छैन । शनिबार मध्यरातसम्म एकीकृत समाजवादी २.५७ प्रतिशतमा छ । उसले ३ प्रतिशत पुर्‍याए कांग्रेस र माओवादीसहित एमालेले पनि एक एक सिट गुमाउनेछन् । त्यस्तै गठबन्धनको अर्को सहयोगी लोसपाले प्रत्यक्षमा चार सिट जितेको छ भने जनमोर्चाले एक सिट निश्चित गरेको छ ।

बालुवाटार बैठकले निकालेको हिसाबमा गठबन्धनको मात्रै एक सय ४० मत पुग्छ । यो उसका लागि सहज बहुमत हो । त्यसैले सरकार निर्माणकै लागि अन्य दल जोडजाड गर्नुपर्ने अवस्था नआउने कांग्रेस प्रवक्ता प्रकाशशरण महतको दाबी छ । 

त्यस्तै गठबन्धनको सहयोगीका रूपमा उठेका प्रभु साह समूहको दुई सिट छ भने चार सिट भएको नागरिक उन्मुक्ति पार्टी पनि यही गठबन्धनसँग संवादमा छ । त्यतिमात्र होइन, उपेन्द्र यादवको पराजयपछि जसपाका ६ जनालाई पनि गठबन्धनमा मिसाउने कसरत छ ।

गठबन्धनको बहुमत हुनेमा ढुक्क कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष दाहालको मुख्य चासो भने पहिलो चरणमा को प्रधानमन्त्री बन्ने र राज्यशक्तिका मुख्य पदहरूको बाँडफाँट कसरी गर्ने भन्नेमा केन्द्रित रहेको नेताहरू बताउँछन् । देउवा र दाहाल दुवै प्रधानमन्त्रीका दाबेदार हुन् । आलोपालो गर्ने विषयमा उनीहरू लचिलो भए पनि पहिलो पालो कस्को भन्नेमा भित्रभित्रै रस्साकसी चलिरहेको छ । यही पृष्ठभूमिमा बाह्य चासोसमेत देखिन थालेको छ । देउवासँग करिब एक घण्टा छलफल गरेर माओवादी अध्यक्ष दाहाल निस्किएलगत्तै भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

स्रोतका अनुसार राजदूत श्रीवास्तवले गठबन्धनको बहुमत पुग्ने नपुग्ने र सरकार निर्माण कसरी हुन्छ भन्नेमा देउवासँग जिज्ञासा राखेका थिए । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीले भेटवार्ता पुष्टि गर्दै समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रतिक्रिया दिनुभयो ।

यता, एमाले अध्यक्ष ओली पनि पर्ख र हेरको स्थितिमा हुनुहुन्छ । मतगणनाको मध्यान्तरमा गठबन्धनको बहुमत नपुग्ने र एमाले पहिलो दल हुने सम्भावना देखिएपछि वाम गठबन्धनको अनौपचारिक गृहकार्यमा लाग्नुभएका ओली पछिल्लो समय भने अन्तिम चुनावी परिणामको पर्खाइमा हुनुहुन्छ । 

साँघुरो भए पनि सत्ता गठबन्धन बहुमतमा पुग्ने सम्भावना बढेपछि एमालेको सक्रियतामा तत्कालका लागि ब्रेक लागेको छ । 

वर्तमान गठबन्धन कायम रहेसम्म सरकार निर्माणमा एमालेले अग्रसरता नराख्ने उपमहासचिव विष्णु रिमालले बताउनुभयो । बरु, आगामी सरकारलाई स्थिर बनाउन सहकार्यका लागि कांग्रेस तयार हुनुपर्ने एमालेको सन्देश छ । 

झिनो बहुमतमा सरकार बनाएर अस्थिरतातिर मुलुकलाई लैजानुभन्दा एमालेसँग मिलेर सरकार बनाउनुपर्ने मत पनि कांग्रेसमा छ । संस्थापन इतरपक्षमा रहेका केही नेताले यसका लागि कसरत गरिरहे पनि प्रधानमन्त्री देउवा भने माओवादीलाई ‘धोका दिनु नहुने र ओलीसँग सहयकार्य गर्न कठिन हुने’ तर्क गरिरहनुभएको छ । 

तर कांग्रेस प्रवक्ता महत भने कमजोर बहुमतमा सरकार बन्दैमा अस्थिरता नआउने दाबी गर्नुहुन्छ । झिनो बहुमतको सरकार बन्दा झन् सतर्कता बढ्छ, नराम्रो काम गरियो भने सरकार ढल्छ कि भन्ने चिन्ता हुन्छ, त्यसैले अहिलेकै गठबन्धनको सरकार बन्ने उहाँले बताउनुभयो । 
 


प्रकाशित मिति: आइतबार, मंसिर ११, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्