Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • कम्फोर्टेबल वामपन्थी सरकार बनाउने गृहकार्य : राष्ट्रपति ओली र प्रचण्ड प्रधानमन्त्री, अध्यक्ष नेपाल 
सरल विशेष कम्फोर्टेबल वामपन्थी सरकार बनाउने गृहकार्य : राष्ट्रपति ओली र प्रचण्ड प्रधानमन्त्री, अध्यक्ष नेपाल 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, मंसिर १०, २०७९

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । सार्वजनिक मतपरिणामले कुनै दलले प्रष्ट जनादेश प्राप्त गर्न सकेको छैन । अर्थात जनादेश अनुसार आगामी सरकार दलहरुले गठबन्धन बनाएर मात्र गठन हुने अवस्था छ । प्रत्यक्षतर्फ काँग्रेसले ५१ स्थानमा जितेको छ भने ३९ स्थानमा प्रत्यक्ष निर्वाचित भएको नेकपा एमाले समानुपातिक तर्फ पहिलो पार्टी बनेको छ ।

ठूलो हैसियतसहितको जनादेश पाएको दुवै दल गठबन्धन सरकार बनाउने गृहकार्यमा जुटिसकेको छ । नेपाली काँग्रेस अहिलेकै गठबन्धन सरकारले निरन्तरता पाउने विश्वासमा छ । उता नेकपा एमाले अहिलेको गठबन्धन फुटाएर वाम गठबन्धन बनाउने दाउमा छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा विचार गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अनौपचारिक प्रस्ताव समेत राखेका समाचार सार्वजनिक भएको छ । माओवादी अध्यक्ष दाहाल पनि प्राप्त मत परिणामबाट सन्तुष्ट नभएको उनको पछिल्लो अभिव्यक्तिरुबाट प्रष्ट हुन्छ । शुक्रवार गोरखामा निर्वाचित प्रमाणपत्र ग्रहण गर्दै उनले मतपरिणाम अपेक्षाकृत नआएकोले गठबन्धनभित्र गम्भीर समीक्षा गरिने बताएका थिए । यद्यपि उनले आगामी सरकारबारे भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

जनादेशले माओवादी तेस्रो दल भए पनि सरकार गठनमा भने दाहाल निर्णायक भूमिकामा छन् । नेकपा एकीकृत समाजवादी पुषभित्रै एमालेमा विलय हुने यसअघिको भद्र सहमति कार्यान्वयन भए माओवादी थप बलियो हुनेछ । 

राजनीतिक विश्लेषकहरुका अनुसार एमाले अध्यक्ष ओली वामपन्थी सरकार बनाउने कसरतमा हुनेछ । शुरुवाती सरकार नेतृत्व गर्दा राष्ट्रपतिदेखि सभामुखसम्म तजविज हुने भएकोले पनि जुनसुकै मूल्यमा वामपन्थी सरकार बनाउन ओली तयार हुने अनुमान गरिएको छ । तर यसका लागि उनले माओवादी अध्यक्ष दाहाललाई विश्वासमा लिनुपर्ने हुन्छ । राजनीतिक विश्लेषक तथा प्राध्यापक डा कपिल श्रेष्ठ भन्छन्–'हुन त वामपन्थी सरकार गठनमा लाग्न दाहाल समक्ष नैतिक दबाब छ । भर्खरै एउटा गठबन्धनसँग मिलेर चुनाव लडेको माओवादीलाई सरकार गठन गर्न एमालेसँग मिलिहाल्न नैतिक दबाबले रोक्छ । तर दाहालको लागि नैतिकतालाई गौण मानेर एमालेसँग मिल्नु राजनीतिक रुपमा फाइदाजनक हुन्छ ।' 

चुनावी परिणामले एमाले र अध्यक्ष ओली समेत साइजमा आइसकेकोले विगतको तितोपनलाई विर्सेर जानु दाहालका लागि फाइदाजनक हुने विश्लेषक श्रेष्ठको भनाइ छ । उनी भन्छन् ,'अहिलेको अवस्थामा प्रचण्डका हरेक शर्त ओलीका लागि स्वीकार्य हुनसक्छ । अहिलेको अवस्थामा वामपन्थी शक्तिहरु पुनः एक हुनुलाई जनादेशको म्यान्डेट हो भन्ने अर्थ लाग्ने भएकोले स्वभाविक समेत देखिन्छ ।'

अबको वामपन्थी गठबन्धनको स्वरुप

अब साँच्चिकै वामपन्थी गठबन्धनको सरकार बन्न ओली, दाहाल र माधव नेपालले आफूहरुबीच कम्फोर्ट फिल गर्नुपर्छ । यसका लागि ओलीले आफूलाई राष्ट्रपतिमा चित्त बुझाएर प्रधानमन्त्रीको साँचो प्रचण्डलाई सुम्पनसक्ने विश्लेषकहरुको अनुमान छ । यस्तो बेला पार्टी अध्यक्ष माधवकुमार नेपाल भयो भने कुनै आश्चर्य हुने छैन । किनभने त्यो विनविनको अवस्था हुनेछ । एमालेको वाग्डोर जुनसुकै मूल्यमा माओवादीको हातमा नसुम्पने ओलीको अडानको पनि सम्मान हुनेछ । कार्यकारी भूमिकामा आउने प्रचण्डको लालसा र पार्टीमा ओलीको दबदबा मुक्त भएपछि माधव नेपालको पनि इगोको जित हुनेछ । सबैभन्दा ठूलो कुरा फेरि वामपन्थी शक्तिहरु एकीकृत हुँदा नेपाली राजनीतिमा अहिले देखिएको विचलनको पनि अन्त्य हुने विश्लेषकहरु बताउँछन् । काँग्रेसलाई पनि बलियो वाम शक्तिसँग मुकाबिला गर्नसक्ने पार्टी बन्न सुधारको बाटोमा जान बाध्य बनाउनेछ । 

तर विश्लेषक श्रेष्ठका अनुसार वामपन्थी सरकार बनाउन सोचेजति सहज भने छैन ।  किनभने यसपटक वाह्य शक्तिको दबाब ठूलै पर्ने उनको अनुमान छ । यसमा भारतको दबाब विशेष हुने उनको भनाइ छ । श्रेष्ठको भनाइलाई पुष्टि गर्दै भारतीय राजदूत नवीन श्रीवास्तवले शनिवार अपरान्ह प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर आगामी सरकार गठनबारे सार्वजनिक रुपमै चासो व्यक्त गरेका छन् ।   

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो । भेटमा भारतीय राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्