काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ ।
अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ८१ क्षेत्रको प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक भइसकेको छ ।
३० प्रतिनिधिसभामा जित हासिल गरेर कांग्रेसले अग्रता लिइरहेको छ ।
काठमाडौंका पाँच क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ ।
एमालेले अहिलेसम्म १८ स्थानमा जित हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।
नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालसहित ९ क्षेत्रमा निर्वाचन जितेको छ ।
अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले पनि ७ स्थानमा जित हासिल गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंकै ६ वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।
राप्रपाले ३ र नागरिक उन्मुक्ति पार्टीले २ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीकै नेताले स्वतन्त्र उमेदवारी दिएर बर्दियामा जित हासिल गरेका छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी २, राष्ट्रिय जनमोर्चा १, जनमत पार्टी र नेमकिपाले पनि एक स्थानमा जितेका छन् ।