काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत परिणाम आउने क्रम जारी छ ।
अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ५८ प्रतिनिधिसभाको मत परिणाम सार्वजनिक भइसकेको छ ।
२५ प्रतिनिधिसभामा जित हासिल गरेर कांग्रेसले अग्रता लिइरहेको छ ।
काठमाडौंका पाँच क्षेत्रमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेस अहिले पनि ३२ निर्वाचन क्षेत्रमा अघि रहेको छ ।
एमालेले अहिलेसम्म १५ स्थानमा जित हासिल गरेर दोस्रो स्थानमा रहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका १३ नेता अहिलेसम्म जित हासिल गरेका छन् । एमाले पनि ३२ स्थानमै अघि रहेको छ ।
नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालसहित पाँच क्षेत्रमा निर्वाचन जितेको छ । १० स्थानमा अहिले पनि माओवादी केन्द्र अघि रहेको छ ।
अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले पनि ६ स्थानमा जित हासिल गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंकै चारवटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।
राप्रपाले २ र नागरिक उन्मुक्ति पार्टीले १ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीकै नेताले स्वतन्त्र उमेदवारी दिएर बर्दियामा जित हासिल गरेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले पनि एक एक स्थानमा जितेका छन् ।