Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • गृहमन्त्री खाँण आफैं बहुविवाहमा संलग्न रहेको खुलासा : रुपन्देहीमा दिलमाया, काठमाडौंमा मञ्जु खाँण  
गृहमन्त्री खाँण आफैं बहुविवाहमा संलग्न रहेको खुलासा : रुपन्देहीमा दिलमाया, काठमाडौंमा मञ्जु खाँण  
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, कात्तिक २८, २०७९

भैरहवा । नेपालको कानूनले विवाहित पुरुष वा महिलाले पहिलो विवाह कायम रहँदारहँदै दोस्रो विवाह अर्थात् बहुविवाह गर्न वर्जित गरेको छ। तर बहुविवाहलाई वर्जित गरेको कानूनी व्यवस्था मात्र होइन, मुलुकले विधिको शासन बलियो पार्न अभ्यासमा ल्याएका धेरैजसो कानून कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी बोकेका गृहमन्त्री नै बहुविवाहमा संलग्न रहेको खुलासा भएको छ । 

वर्तमान गृहमन्त्री बालकृष्ण खाँणले सरकारी प्रयोजनका लागि विभिन्न निकायमा पेश गरेका कागजातले उनका दुईजना श्रीमती रहेको खुलेको हो । 

खाँण अहिले नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। उनलाई सत्तागठबन्धनका दलहरूको समर्थन छ। खाँणले रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी मनोनयनका क्रममा रुपन्देही–३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेको विवरणमा दिलमाया खाँण श्रीमती भएको उल्लेख गरेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा बालकृष्ण खाँणको श्रीमतीका रुपमा दिलमाया खाँणको नाम लिपिबद्ध छ। त्यसमै उनको ठेगाना रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ उल्लेख छ।

तिलोत्तमा–८ गृहमन्त्री खाँणको घर भएको ठाउँ हो। दिलमाया त्यही घरमा बस्छिन्। यो ठाउँ भने रुपन्देही क्षेत्र नम्बर १ अन्तर्गत पर्छ। खाँण यसपालि आफ्नो गृहक्षेत्रमा नभई क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन्।

निर्वाचन आयोगको वेबसाइटमा रहेको अद्यावधिक पछिल्लो मतदाता नामावलीमा पनि गृहमन्त्री खाँण र दिलमायाको सम्बन्ध श्रीमान–श्रीमतीकै रुपमा देखिन्छ। त्यसमा गृहमन्त्री खाँण तिलोत्तमा नगरपालिका वडा नम्बर ८ स्थित ज्योति माध्यमिक विद्यालय मतदान केन्द्रका मतदाताका रुपमा सूचीकृत छन्। खाँणको मतदाता परिचयपत्रमा श्रीमतीको नाम दिलमाया खाँण उल्लेख गरिएको छ। त्यस्तै, दिलमाया खाँण ठकुरीको मतदाता परिचयपत्रमा श्रीमानको नाम बालकृष्ण खाँण उल्लेख छ। 

गृहमन्त्री खाँणको मतदाता नामावली र उनले रुपन्देही जिल्लामा पेस गरेका कागजातमा दिलमायालाई श्रीमतीका रुपमा उल्लेख गरेको देखिन्छ। त्यसबाहेक अरु निकायमा पेस गरेका कागजातमा भने उनले श्रीमतीका रुपमा मञ्जु खाँणको नाम लेखेका छन्। उनका प्रायः सार्वजनिक कागजातमा श्रीमती भनेर मञ्जु खाँणकै नाम भेटिन्छ। सार्वजनिक वृत्तमा पनि मञ्जु खाँण नै उनको श्रीमतीका रुपमा चिनिन्छिन्। यसपालि नेपाली कांग्रेसको समानुपातिक सूचीमा श्रीमती मञ्जु खाँणलाई प्राथमिकता सूचीमा राखेको भनेर उनको चर्को आलोचना भएको थियो।

गृहमन्त्री खाँण भर्खरै पदावधि सकिएको प्रतिनिधि सभाका सदस्य हुन्। संघीय संसद सचिवालयले प्रकाशन गरेको ‘संघीय संसद सदस्य २०७४’ परिचयात्मक पुस्तिकामा उनले श्रीमतीका रुपमा मञ्जु खाँणको नाम उल्लेख गरेका छन्। त्यो पुस्तिकामा स्थायी ठेगाना रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ उल्लेख गरेका खाँणले अस्थायी ठेगाना काठमाडौंको हाँडीगाउँ लेखेका छन्। 

मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले मञ्जु खाँणलाई समानुपातिकतर्फको बन्द सूचीमा समेटेको छ। त्यो सूचीका निम्ति निर्वाचन आयोगमा बुझाएको विवरणमा मञ्जुले बालकृष्ण खाँणलाई आफ्नो श्रीमान् उल्लेख गरेकी छन्। निर्वाचन आयोगले प्रकाशन गरेको नेपाली कांग्रेसका उम्मेदवारको बन्द सूचीको अन्तिम नामावलीमा मञ्जुको नाम बन्दसूचीको क्रमअनुसार २३औं नम्बरमा र प्राथमिकताक्रमअनुसार महिलातर्फको छैटौं नम्बरमा छ। सूचीमा उल्लेख भएअनुसार मञ्जु मतदाता भएको जिल्ला सिरहा हो।  

दिलमायाका अनुसार बालकृष्ण खाँणसँग २०४३ सालमा उनको मागी विवाह भएको थियो। उनी रुपन्देहीको तिलोत्तमा–८ स्थित एक आधारभूत विद्यालयको स्थायी शिक्षिका हुन्। दिलमायाबाट गृहमन्त्री खाँणका दुई छोरी छन्। एक छोरी बाङ्लादेशमा डेन्टिस्टका रुपमा कार्यरत छिन् भने अर्की छोरी काठमाडौंको एक अस्पतालमा नर्सिङ अधिकृत छन्। 

दिलमाया तिलोत्तमा नगरपालिका–८ स्थित घरमा बस्छिन्। त्यो गृहमन्त्री खाँणको आफ्नै घर हो। बालकृष्णकी ९० वर्षीया आमा त्यहीँ बस्छिन्। उनको हेरचाह दिलमायाले नै गर्छिन्। 

बालकृष्ण रुपन्देही आउँदा धेरैजसो तिलोत्तमा–८ स्थित घरमै बस्ने गर्छन्। यसपालि अर्कै क्षेत्रबाट उम्मेदवार बनेकाले उनको धेरैजसो बसाइ भने भैरहवामा हुन्छ। दिलमाया स्कूल छुट्टी भएको दिन आफू श्रीमानका चुनावी कार्यक्रममा पनि सहभागी भइरहेको बताउँछिन्।

उकालो अनलाइनमा प्रकाशित समाचार अनुसार खाँण परिवारका सदस्यहरूका अनुसार मञ्जुसँग बालकृष्णको बिहे २०५२ सालमा भएको हो। दुवै जना राजनीतिमा रहेकाले त्यहीक्रममा नजिकिएर बिहे भएको खाँणको परिवारका एक सदस्यले भने। मञ्जुतर्फबाट बालकृष्णका एक छोरा र एक छोरी रहेको उनले बताए। 

ती सदस्यका अनुसार बालकृष्णको मञ्जुसँग बिहे भएको २७ वर्ष भयो। तर, दिलमाया र मञ्जुको अहिलेसम्म देखभेटसम्म भएको छैन। रुपन्देही आए पनि मञ्जु अहिलेसम्म तिलोत्तमास्थित घरमा आएकी छैनन्। आफू काठमाडौं जाँदा श्रीमानको घरमा नजाने गरेको दिलमायाले बताइन् । जेठाजु, जेठानी र अरु आफन्तकोमा जाने गरेको उनले सुनाइन् । 

साउन २०७५ सम्म प्रचलनमा रहेको साविकको मुलुकी ऐन, २०२० मा बहुविवाह दण्डनीय कसुर थियो। ‘कुनै पनि पुरुषले आफ्नो पत्नी जीवित छँदै वा कानून बमोजिम सम्बन्ध विच्छेद नहुँदै अर्की श्रीमती राख्ने कार्य’लाई ऐनले रोक लगाएको थियो। त्यस्तो कार्य गर्नेलाई एक बर्षदेखि तीन बर्षसम्म कैद सजाय, पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था पनि गरेको थियो। त्यस्तै, ऐनमा विवाहित पुरुष हो भन्ने जानीजानी विवाहित पुरुषसँग विवाह गर्ने महिलालाई समेत सोही बमोजिमको सजायको भागीदार बनाइएको थियो। 

२०७५ भदौ १ गतेदेखि मुलुकी ऐन खारेज भएर मुलुकी अपराध संहिता, २०७४ लागू भयो। नयाँ कानूनले विवाहलाई ‘कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा वा अन्य कुनै कार्यबाट एक अर्कोलाई पति वा पत्नीको रुपमा स्वीकार गरेको कार्य’ भनेर परिभाषित गरेको छ। मुलुकी ऐनमा जस्तै बहुविवाहलाई दण्डनीय अपराध मानेको अपराध संहिताले यो कसुरमा मुलुकी ऐन भन्दा थप कडा सजायको व्यवस्था गरेको छ। 

संहिताको दफा १७५ मा बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक बर्षदेखि पाँच बर्षसम्म कैद र दश हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ। त्यस्तै, मुलुकी देवानी संहिता २०७४ को दफा ७२ ले यस्तो विवाह स्वतः बदर हुने व्यवस्था गरेको छ। 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ मा कस्तो अवस्थामा निर्वाचनमा उम्मेदवार बन्न अयोग्य मानिन्छ भन्ने व्यवस्था गरिएका छन्। ऐनको दफा १३ (च) मा ‘जातिय भेदभाव तथा छुवाछुत, बोक्सा, बोक्सी वा बहुविवाह सम्वन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उम्मेदवारको लागि अयोग्य’ हुने व्यवस्था छ। 

यो व्यवस्थाअनुसार गृहमन्त्री खाँण तत्काल कानूनी समस्यामा देखिँदैनन्। बहुविवाहलाई लिएर कुनै उजुरी पनि परेको छैन। 

नेपाल बार एसोसियनका पूर्वमहासचिव, वरिष्ठ अधिवक्ता सुनिल पोखरेल अपराध संहिता लागू हुनुअघि बहुविवाहमा उजुरीको हदम्याद रहेको, संहिता लागू भएपछि भने बहुविवाह स्वतः बदर हुने व्यवस्था कार्यान्वयनमा आएकाले हदम्यादको अर्थ नहुने बताउँछन्। “पहिल्यै भएका बहुविवाहको कानूनी अर्थ अहिले नहोला, तर निर्वाचनबाट चुनिनेले पार्टीमात्र होइन, समाज र देशलाई नेतृत्व गर्ने हो। यसकारण बहुविवाह लोकतन्त्रकै कोर भ्याल्यूको विरुद्धमा छ”, पोखरेलले भने, “त्यस्ता उम्मेदवारलाई निर्वाचन आयोगले केही गर्न नमिल्ला, तर मतदाताले त गर्न सक्छन्। कानून बनाउने ठाउँमै त्यस्ता मान्छे जान भएन।” 


प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्