Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • सत्तारूढ गठबन्धन दलको उम्मेदवारी बाँडफाँट, कुन दललाई कति सिट ? 
सत्तारूढ गठबन्धन दलको उम्मेदवारी बाँडफाँट, कुन दललाई कति सिट ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, असोज २२, २०७९

काठमाडौँ । सत्तारूढ गठबन्धन दलले दुई महिनाको प्रयासपछि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी बाँडफाँट गरेका छन् । 

गठबन्धनबाट जसपा बाहिरिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट गरेका हुन् । मधेसको अर्को शक्ति लोसपालाई समेत गठबन्धनमा सामेल गर्ने गरी दलहरूले १३ सिटको टुंगो लगाउन बाँकी राखेका छन् । 

शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले गरेको सहमतिअनुसार कांग्रेसले ८४ सिट लिएको छ । त्यस्तै माओवादीले ४७, एकीकृत समाजवादीले १९ र जनमोर्चाले २ सिट पाउने भएका छन् । सप्तरी १ र २, सिरहा ४, धनुषा २ र ३, महोत्तरी ३ र ४, सर्लाही १, बारा २ र ३, पर्सा १ र ३ तथा बाँके १ मा सिट बाँडफाँट गरिएको छैन ।

त्यस्तै, प्रदेशसभातर्फ प्रदेश १ मा कांग्रेस २८, माओवादी १६ र एकीकृत समाजवादीले ११ सिट लिने सहमति बनेको छ । मधेसमा २४ सिटको बाँडफाँट भएको छैन भने कांग्रेसले १७, माओवादीले १२ र एकीकृत समाजवादीले ११ सिटमा उम्मेदवारी दिने सहमति भएको छ । वाग्मतीमा कांग्रेसले ३५, माओवादीले २० र एकीकृत समाजवादीले ९ सिटमा उम्मेदवारी दिने तयारी छ ।

गण्डकीमा कांग्रेसले २३, माओवादीले ११ र एकीकृत समाजवादीले २ सिटमा उम्मेदवारी दिने भएका छन् । त्यस्तै, लुम्बिनीमा कांग्रेसले २८, माओवादीले १८, कर्णालीमा कांग्रेसले ११, माओवादीले ९ र एकीकृत समाजवादीले ३ तथा सुदूरपश्चिममा कांग्रेसले १३ र माओवादीले १३ सिटमा उम्मेदवारी दिने सहमति बनेको छ । शनिबार बस्ने गठबन्धन बैठकले सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको नेताहरूले जनाएका छन् ।

लोसपासँग समझदारी बनाउन माओवादी र एसले प्रधानमन्त्री शेरबहादुर देउवालाई अख्तियारी दिएको माओवादी नेता देव गुरुङले बताउनुभयो

देउवाले लोसपालाई प्रतिनिधिसभामा १० र प्रदेशसभामा १९ सिट दिने प्रस्ताव गरेका छन् । लोसपा नेता शरतसिंह भण्डारीले प्रधानमन्त्रीको प्रस्तावमा आफूहरू सकारात्मक भएको बताउनुभयो । ‘केन्द्रीयस्तरकै नेता विशेषको हकमा गठबन्धन लचिलो हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ,’ उहाँको भनाइ थियो । 

लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताले भने जसपा बाहिरिइसकेपछि आफ्नो पार्टीलाई मधेस प्रदेशमा यसअघि जितेको निर्वाचन क्षेत्रसहित १५ र प्रदेशमा ३० सिट दिनुपर्ने प्रस्ताव गरेका थिए ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिट संख्यामा समझदारी बनेको बताउनुभयो ।  सत्ता गठबन्धन दलबीच सिट संख्याका बारेमा समझदारी बनेको छ, लोसपासँग कुरा मिलेपछि संख्या र निर्वाचन क्षेत्रमा भएको सहमतिलाई औपचारिकता दिइने उहाँले जानकारी दिनुभयो । सिट संख्या र निर्वाचन क्षेत्रको विषय नमिल्दा जसपा शुक्रबारदेखि नै सत्ता गठबन्धनबाट बाहिरिएको थियो । सरकारमा रहने कि नरहने भन्ने नैतिक संकट उत्पन्न भएकाले गठबन्धनमा नरहने औपचारिक घोषणा भने गरिनसकेको जसपा नेताहरू बताउँछन् । यसअघि सत्ता गठबन्धनमा स्थान नपाएपछि लोसपाले एमालेसँगको समीकरणका लागि राजेन्द्र महतोको नेतृत्वमा कार्यदल बनाएरै गृहकार्य गरिरहेको थियो ।

सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपाको बहिर्गमनसँगै आफ्नो पार्टीका लागि केही सिट संख्या बढाउन सफल हुनुभएको छ । यसअघि एकीकृत समाजवादीलाई १७ सिट दिन लागिएको थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादव शुक्रबारको बैठकमा आफ्नो पार्टी गठबन्धनमा नरहने जनाउ दिएर बाहिरिनुभएको थियो । 


प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्