Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतबार, असोज ७, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
जीवनमन्त्र
  • Home
  • जीवनमन्त्र
  • चाडपर्वमा स्वस्थ्यकर खानपान कसरी गर्ने ? 
चाडपर्वमा स्वस्थ्यकर खानपान कसरी गर्ने ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, असोज ११, २०७९

-डा डीबी सुनुवार

नेपाली परिवेशमा वर्षायामको अन्त्यसँगै उत्सवको समय सुरु हुन्छ । चाडपर्व तथा उत्सवले विशेषगरी खेतिपातीको काम सकेर थकित भएका किसानको थकान मेटाउन सहयोग गर्छ । उत्सवको समयमा व्यक्तिको मन खुसी हुन्छ । उत्सवको समय सँगसँगै खेतबारीमा लगाइएको बालिनाली भित्र्याइन्छ ।

उत्सव मनाउने विभिन्न संस्कार, संस्कृति तथा तरिका छन् ।  संस्कार अनुसार चाडपर्वमा मिठोमसिनो खाइन्छ । त्यस्तै दशैँ–तिहारजस्ता पर्वमा माछामासुलगायतका परिकार खाइन्छ । सामान्यतः दशैँमा प्रशस्त माछामासु खाइन्छ । 

माछामासुलगायतका परिकार बनाएर खाँदै आफन्तसँग भेटघाट गर्दै रमाइलो गरेर उत्सवका साथ चाडपर्व मनाइन्छ । जसले व्यक्तिलाई खुसी दिन्छ ।

Pay_ru Remit

तर स्वास्थ्यका लागि स्वस्थ खानपान गर्नु अति आवश्यक छ । स्वस्थ मासु खानका लागि मासुको स्रोत नै स्वस्थ हुन आवश्यक छ । विशेषगरी सहर–बजारमा बसोबास गर्ने व्यक्तिले जथाभावी काटेको मासु खानु हुन्न । रोगी जनावर तथा पशुपक्षीको मासु हुन सक्छ । मरेको र बासी तथा सडेगलेका हुन सक्छन् । मासु नै अस्वस्थ भए व्यक्तिको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पुग्न सक्ने भएकाले कस्तो मासु हो । कस्तो ठाउँमा काटेको छ विचार गरेर मात्रै मासु लिनु पर्छ । स्वस्थ मासु मात्रै व्यवस्था गर्नुपर्छ । खानु पर्छ ।

भान्छासम्म ल्याएको मासुलाई कसरी स्वस्थकर रुपमा भण्डारण गर्न सकिन्छ भन्ने जान्न अति जरुरी छ । यसका लागि विशेषगरी शहर–बजार तथा गर्मी ठाउँमा त एक दिनलाई मात्रै पुग्ने मासु लिनु उचित हुन्छ । गाउँहोस् वा सहरमा मासुको सुकुटी बनाएर राख्न सकिन्छ । फ्रिजमा राख्न सकिन्छ । फ्रिजमा राख्दा जति खाने हो, त्यति मात्रै झिक्नु पर्छ । फ्रिजमा राख्दा नै मासुका टुक्रा–टुक्रा बनाएर राख्नु उचित हुन्छ । फ्रिजबाट झिक्दै, पुन फ्रिजमै राख्दा मासुमा भएको पोषणतत्व नस्ट भएर जाने हुनाले त्यसरी झिक्दै फ्रिजम राख्नु हुन्न ।

यस्तै हामीले बनाउने मासुका परिकार स्वस्थकर हुन पनि जरुरी छ । मासुका परिकार स्वस्थ्यकर बनाउने उपाय छन् । दशैँजस्तो पर्वमा मासुका परिकार धेरै खाइने हुँदा स्वस्थकर रुपमा बनाएर नखाए अस्वस्थ हुने जोखिम हुन्छ ।

पोलेर, सेकुवा बनाएर, तास बनाएर, धेरै तारेर, धेरै भुटेर सकेसम्म मासु खानु हुन्न । यसरी मासु खाँदा क्यान्सरलगायतका रोगको जोखिम हुन्छ । पोलेको मासुमा कार्बन उत्सर्जन हुन्छ । कार्बनकै कारण मासु स्वादिलो हुन्छ । मासुको बाहिरी भाग पाके पनि भित्री भाग तथा रगत पाकेको हुन्न । जसले मासु स्वादिलो हुन्छ । तर स्वास्थ्यको हिसाबले पोलेको मासु घातक हुने जोखिम हुन्छ ।

मासु उसिनेर खानु स्वास्थ्यका हिसाबले लाभदायक हुन्छ । तेलमा पकाएर खाँदा तेल स्वस्थकर हुनु पर्छ । कम तेलमा पकाउनु उचित हुन्छ । धेरैबेर नभुटेकै राम्रो । एउटै तेलमा पटक–पटक तार्नु हुन्न । एक पटक मासु पकाउँदा तेल सक्नु पर्छ । पुनः पहिले मासु पकाएको तेल प्रयोग गर्नु हुन्न ।

एकपटक तताएको तेल पुनः पटक–पटक तताएर मासु पकाउँदा तेलमा भएको पोषण तत्व नस्ट भएर जान्छ । त्यस्तो तेल विषाक्त बन्ने भएकाले विषाक्त तेलमा पकाएको मासु खानाले व्यक्ति अस्वस्थ हुने जोखिम अत्यधिक हुन्छ । ताजा मासु, ताजा तेल, ताजा मसला खानु पर्छ ।
 
मासु र रक्सी सँगै खानु–पिउनु हानिकारक

सामान्यतः रक्सीसँग मासु खाने चलन छ । त्यो गलत हो । रक्सी र मासु अन्तरसम्बन्धित छन् । रक्सीले मासुको माग गर्छ । रक्सी धेरै पिउँदा मासु पनि धेरै खान सकिन्छ । अल्कोहलले शरीरका अंगलाई नै नकारात्मक असर गर्छ । रक्सी पिउनै परे पनि एक प्याक वाइन पिउन सकिन्छ । मासुसँग हैन छुट्टाछुट्टै खानु–पिउनु पर्छ ।

मासुसँग रक्सी पिउँदा एक त मासुमा भएको बोसो तत्वको कारण व्यक्तिलाई हृदयाघातलगायतको जोखिम हुन्छ । अर्कोतर्फ रक्सी र मासु खाँदा–पिउँदा अझै खाउँखाउँ लाग्छ । जसले स्वास्थ्यमा असर गर्ने नै भयो । रक्सी पिउनै परे फलफूल तथा सलादसँग पिउनु उपयुक्त हुन्छ । शारीरिक तथा मानसिक समस्या भएका व्यक्तिले त रक्सी नपिएकै बेस ।

मासुसँग सागसब्जी तथा फलफूल खानु पर्छ । मासुमा चिल्लो, प्रोटिनजस्तो तत्व पाइन्छ । विशेष गरी रातो मासु हाम्रो पाचन प्रणालीले पचाउन मुस्किल पर्छ । अझ धेरै मसला हालेर तारेको, भुटेको र पोलेको मासु त हाम्रो शरीरका लागि अभिषापै हुने जोखिम हुन्छ । त्यसैले मासु मात्रै धेरै खानु हुन्न । मासुसँग फाइबरयुक्त सागसब्जी तथा फलफूल खानु पर्छ । 

सिमी, साग, घिरौँला लौकाजस्ता सागसब्जी खानाले पाचन प्रक्रियामा सहज हुन्छ । जसले पायल्स, फिस्टुला, फिसर हुनबाट बच्न सकिन्छ । आवश्यकताभन्दा बढी मासु खाँदा पाचन प्रक्रियामै अवरोध हुन्छ, पच्दैन । जसले यी समस्याको जोखिम मात्रै हैन स्वास्थ्यसम्बधी अन्य समस्या निम्तिन सक्छ ।

मासुभन्दा बढी साकाहारी खाना खानु उपयुक्त हुन्छ । सकेसम्म अग्र्यानिक सागसब्जी खानु पर्छ । सागसब्जीमा प्रशस्त पोषण तत्व हुन्छ । सागशब्जी खाँदा शुद्धतामा भने ध्यानु दिनु पर्छ ।

व्यक्तिले दैनिक करिब ३०० ग्राम मासु खानु उपयुक्त हुन्छ । दसैं जस्तो पर्वमा भने शरीरलाई आवश्यकता भन्दा १० औँ गुणा बढी मासु खाएको पाइन्छ । जसले झाडा पखाला हुने, बान्ता हुनेजस्ता समस्याको जोखिम हुन्छ ।

विशेषगरी सुँगुर–बंगुरको मासु बढी बोसोयुक्त हुन्छ । यस्तो बोसोयुक्त मासु बढी मसला हालेर खाँदा झाडापखाला तथा बान्ता हुने जोखिम अत्यधिक हुन्छ । त्यसैले सुँगुर–बंगुरको मासु उसिनेर अत्यन्तै कम मसला हालेर खानाले झाडापखाला तथा बान्ता हुनेजस्ता समस्या बाट बच्न सकिन्छ ।

सुँगुर–बंगुरको मात्रै हैन खसी, राँगालगायतको मासु पनि कम मसला हालेर उसिनेर खानु उपयुक्त हुन्छ । माटोको भाँडोमा सानो आगोमा बिस्तारै पकाएर खानु उपयुक्त हुन्छ । मासु उसिनेर खानाले मासुमा भएको पोषण तत्व पनि नस्ट भएर जाँदैन । शरीरलाई बेफाइदा भन्दा फाइदा धेरै गर्छ । पक्कु बनाएको मासु लामो समय राखेर खानु हुन्न । पक्कु २र३ दिनभन्दा बढी राख्दा ढुसी परेर संक्रमित हुन सक्छ । संक्रमित मासुले स्वास्थ्यमा असर गर्ने नै भयो ।

मासुका परिकार बनाउँदा एकपटक मासुलाई उमालेर परिकार बनाउनु उपयुक्त हुन्छ ।

हुन त सामान्यतः हाम्रो नेपाली समाजमा खसी, राँगालगायतको रातो मासुमा धेरै मसला हालेर पकाउने चलन छ । तर मसला कम हाल्नु उचित हुन्छ । धेरै मसला हालेको मासु जिब्रोको लागि स्वादिलो हुने भए पनि पेटका लागि भने विषसरह हुन सक्छ । आवश्यकताअनुसार नुन, लसुन, अदुवाजस्ता मसला हालेर मासु पकाउनु उचित हुन्छ ।

साकाहारी खानपान कसरी गर्ने ? 

साकाहारी खानपान गर्नेले पनि सागसब्जी उसिनेर हल्का मरमसला हालेर खानु उपयुक्त हुन्छ । साग पात पकाउँदा मासु पकाएजस्तै भुट्नु उचित हुन्न । झ्वाइँया पारेर साग भुट्दा सागमा भएको पोषण तत्व नस्ट भएर जान्छ ।  यसरी साग भुटेर पकाउनु उचित हुन्न । साग पकाउँदा पानी उमाल्नु पर्छ । उम्लिएको पानीमा साग हालेर हल्का उमाल्नु पर्छ । थोरै तेल वा घिउ हाल्न सकिन्छ । यसरी पकाएको सागको पोषणतत्व नस्ट भएर जाँदैन । सागसब्जीमा भएका किटाणु मर्छन् र शरीरलाई आवश्यक पोषण तत्व पनि रहन्छ । यसरी उसिनेर पकाएको सागसब्जी स्वास्थकर हुन्छ ।

अचार मन पराउनेले ताजा अचार खानु पर्छ । साँदेर लामो समय राखेको अचारले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । बट्टामा लामो समय साँदेर राखेको अचारमा  अम्लियपन (एसिड) बढी हुन्छ । त्यस्तो अचार खाँदा पाचन प्रणालीले पचाउन नसक्ने हुनाले ग्याष्ट्रिकलगायतको जोखिम हुन्छ । त्यसैले ताजा भर्खरै बनाएको अचार खानुपर्छ ।

धेरै मसलेदार अचार खानु उपयुक्त हुन्न । रातो खुर्सानीमा बढी अम्लियपन हुने भएकाले अचारमा हरियो खुर्सानी नै खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । हरियो खुर्सानी हालेको हचार खान उचित हुन्छ । खाना पचाउनका लागि कागती, निबुवा, सुन्तला खान सकिन्छ ।

अन्त्यमा,

माछा–मासु, अमिलो चिल्लो पिरो खाँदा मुखले फरक स्वाद लिएको हुन्छ । मुख बिग्रिएको हुन सक्छ । यस्ता परिकार खाइसकेपछि दहीसँग गुलियो खाँदा केही मात्रामा खाना पच्न सहायता गर्छ ।

त्यसैले माछा–मासुलगायतका परिकार खाइसकेपछि मिठाई, दहीजस्ता दूधबाट बनेका परिकार तथा गुलियो खान सकिन्छ । तर मिठाइलगायत गुलियो पदार्थ धेरै खानु हुन्न । ५०/६० ग्राम खानु उचित हुन्छ । मिठाइमा धेरै क्यालोरी हुने भएकाले मिठाइ बढी खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । दहीमा जेरी, लड्डुजस्ता गुलियो पदार्थ मिसाएर खानु उपयुक्त हुन्छ ।

तर बिहानी पखको दही मात्र स्वास्थ्यका लागि लाभदायक हुन्छ ।  बेलुका हुँदै जाँदा दहीमा हुने ब्याक्टेरिया सक्रिय हुँदै जान्छन् । यसर्थ बिहानको तुलनामा ब्याक्टेरियाको सक्रियताका कारण बेलुकीको दही बढी अमिलो हुन पुग्छ । बेलुकीपखको दही विशाक्त हुँदै जान्छ । त्यसैले बिहान दही खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । बेलुकी भने नखाएकै राम्रो ।

सन्तुलित रुपमा खानपान गर्नाले व्यक्ति स्वस्थ हुन सकिन्छ । यसरी स्वस्थकर खानपान गरेर चाडपर्वजस्ता उत्सवलाई स्वस्थकर बनाउन सकिन्छ ।


प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ०९:३९
प्रतिक्रिया दिनुहोस्
थप जीवनमन्त्र
बाथ रोगमा भुलेर पनि गर्न नहुने पाँच गल्तीहरु
बाथ रोगमा भुलेर पनि गर्न नहुने पाँच गल्तीहरु शनिबार, पुस १६, २०७९
जाडो महिनामा हृदयघातबाट बच्न खानुहोस् ओमेगा ३ युक्त यी खानेकुरा
जाडो महिनामा हृदयघातबाट बच्न खानुहोस् ओमेगा ३ युक्त यी खानेकुरा शनिबार, पुस १६, २०७९
कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने चिनियाँ विशेषज्ञको चेतावनी
कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने चिनियाँ विशेषज्ञको चेतावनी सोमबार, पुस ४, २०७९
१८ देखि २५ वर्षका व्यक्तिलाई निःशुल्क कण्डम
१८ देखि २५ वर्षका व्यक्तिलाई निःशुल्क कण्डम शनिबार, मंसिर २४, २०७९
यसरी घरमै बनाउन सकिन्छ मुखै रसाउने तातो यःमरी 
यसरी घरमै बनाउन सकिन्छ मुखै रसाउने तातो यःमरी  बिहीबार, मंसिर २२, २०७९
यस्ताे छ तपाइँकाे आजको राशिफल
यस्ताे छ तपाइँकाे आजको राशिफल शनिबार, कात्तिक १९, २०७९
स्वास्थ्य रहन बडादशैंमा के खाने, के नखाने ? 
स्वास्थ्य रहन बडादशैंमा के खाने, के नखाने ?  आइतबार, असोज ९, २०७९
दैनिक धेरै मसलाको प्रयोग हानिकारक
दैनिक धेरै मसलाको प्रयोग हानिकारक मंगलबार, असोज ४, २०७९
डेङ्गुबारेको चार आम जिज्ञासा र जवाफ 
डेङ्गुबारेको चार आम जिज्ञासा र जवाफ  शनिबार, असोज १, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्